Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

एमालेसँग वार्ताका लागि एसका दुई सर्त

१२ असार, काठमाडौँ – नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ। यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ। दस महिनाअघि एमालेबाट विभाजन भएको सो पार्टीले आफूहरूको अस्तित्व स्वीकार गर्नुपर्ने र संसद् विघटन बारेमा छलफल गर्न तयार हुनुपर्ने सर्त अघि सारेको हो। शनिबार बसेको […]

एसपीपी रद्द गर्नका लागि प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ : भीम रावल

५ असार, काठमाडौं – नेकपा ९एमाले०का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसदप्रति उत्तरदायी नभएको बताएका छन् । लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले प्रधानमन्त्री समितिमा नआउनु खेदजनक भएको टिप्पणी गरे । आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले भने, ‘आज प्रधानमन्त्री देउवा नआउनुको कारण संसदप्रति अनुत्तरदायी, आफैँले बनाएको संविधानका प्रश्तावनाहरुको […]

बिहे गर्ने उमेर घटाउने मन्त्रीको प्रस्तावमा सांसदहरुको असहमति

५ असार, काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर २० वर्षबाट घटाउने प्रस्तावमा सांसदहरुले असहमति जनाएका छन् । आइतबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा अधिकांश सांसदहरुले यथावत उमेर घटाउन नमिल्ने बताएका हुन् । एमाले सांसद् विमला विश्वकर्माले अपराधलाई कानुनी मान्यता दिनेतर्फ सरकार अग्रसर रहेको आरोप लगाइन् । उनले […]

एसपीपी फिर्ता लिने वा नलिने विषयमा सत्तारुढ गठबन्धनमा विस्तृतमा छलफल भएको छैन : माधव नेपाल

५ असार, काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको बताएका छन् । आइतबार विभिन्न सञ्चार माध्यमको सम्पादकसँगको छलफलमा उनले प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट […]

गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्छ : नेता पौडेल

५ असार, तनहुँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्ने बताएका छन्। तनहुँको व्यास नगरपालिकाले आइतबार आयोजना गरेको आगामी आर्थिक वर्ष २०७९र८० को बजेट, नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी अन्तक्रियामा उनले गाउँमा रोजगारी र गाउँमै आम्दानी हुने योजना बनाएर जनतालाई गाउँमै बसुँबसुँ लाग्ने वातावरण बनाउनेतर्फ स्थानीय तहको ध्यान जानुपर्ने […]

गठबन्धन बैठकमा प्रधानमन्त्रीले भने- एसपीपी सम्झौताको पक्षमा छैन

५ असार, काठमाडौं – आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० सम्झौताको विषयमा पनि छलफल भएको छ। बैठकमा एसपीपीको विषयमा व्यापक छलफल भएको र आफूहरुले सो सम्झौता नेपालको हितमा नभएकाले त्यसको विपक्षमा उभिनुपर्ने धारणा राखेको नेकपा एकीकृत समाजवादीका ुसम्मानित नेताु झलनाथ खनालले जानकारी दिए। प्रधानमन्त्री देउवाले पनि बैठकमा […]

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई बैठकमा नआउनुको कारण सोध्ने

५ असार, काठमाडौँ – प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ । आइतवार बसेको समितिको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको हो । समितिले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम९एसपीपी० र प्रधानमन्त्री देउवाको […]

एसपीपीबारे जवाफ दिन संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो

३ असार, काठमाडौं – स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे उठेका प्रश्नहरुको जवाफ दिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने भएको छ। शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय समितिले प्रधानमन्त्री देउवालाई जवाफका लागि बोलाउने निर्णय गरेको हो। आइतबारको बैठकमा उपस्थित हुन देउवालाई समितिले निर्देशन दिएको छ। शुक्रबारको बैठकमा प्रधान सेनापति प्रभुराम शर्मा, परराष्ट्रमन्त्री, रक्षा र परराष्ट्रसचिव […]

सन् २०१५ मा एसपीपीका लागि पत्र लेख्दा मलाई कुनै जानकारी दिइएन : अध्यक्ष ओली

३ असार, काठमाडौं – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पछिको विवाद स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विवादबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख खोलेका छन् । शुक्रबार स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले २०१५ मा एसपीपीका लागि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पत्र लेख्दा आफूलाई जानकारी नै नगराइएको बताए । ‘हामीलाई […]

एमाले जनप्रतिनिधिका २० बुँदे सङ्कल्प: ‘हामी सेवक हुन्छौँ’

३ असार, काठमाडौँ – नेकपा एमालेबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखको भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव पारित गरेको छ । एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको हिजो बिहीवार र आज शुक्रवार भएको प्रशिक्षणपछि २० बुँदे सङ्कल्प जारी गर्दै पारित गरिएको हो । सङ्कल्पमा ‘हामी शासक होइन जनताको सेवक हुनेछौँदेखि सरकारी गाडी, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढङ्गले […]