Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

भारतीय विदेश सचिव २ दिने भ्रमणमा आज नेपाल आउँदै

११ मंसिर काठमाडौं – भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको औपचारिक निमन्त्रणामा श्रृंगला बिहीबार बिहान १० बजे विशेष विमानमार्फत नेपाल आउन थालगेका हुन् । नेपाल आएलगत्तै लागेका श्रृंगला उच्चस्तरीय भेटवार्तामा ब्यस्त हुनेछन् । परराष्ट्र अधिकारीका अनुसार श्रृंगालाले बिहीबार सचिव पौड्यालसँग औपचारिक वार्ता […]

लैंगिक समानता नीतिको मस्यौदा मन्त्रिपरिषद्‌बाट पारित गर्दैछौंः प्रधानमन्त्री

१० मंसिर काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय लैंगिक समानता नीतिको मस्यौदा मन्त्रिपरिषद्‌बाट पारित हुने क्रममा रहेको बताएका छन्। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बुधबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समानता र न्याय प्रतिवद्धता मात्र नभएर निष्ठा पनि भएको उल्लेख गरेका छन्। तेजाव आक्रमणबाट पीडितहरूलाई उपचार, क्षतिपूर्ति र जीविकोपार्जन तथा पीडकलाई […]

‘सरकार जसले चलाए पनि हुन्छ ?’

१० मंसिर काठमाडौंँ– सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गर्न थालेको निरन्तरको उठबस आफ्ना बिरोधी सहयात्रीहरुलाई तर्साउने राजनीतिक दाउपेचको सबैभन्दा खतरनाक गोटी मानिएको छ । त्यहि पृष्ठभूमिमा प्रधानमन्त्रीले देउवालाई ‘मिलेर जाऔं’ भनेका हुन् । पछिल्लो भेटमा भएको वार्तालाप र प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै […]

५० प्रतिशत नेपाली जनता भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री भ्रष्टाचारी !’

१० मंसिर काठमाडौँ– एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले उल्लेख गरेको छ । ५८ प्रतिशत नेपाली भन्छन्, ‘एक वर्षमा भ्रष्टाचार झन् बढेको छ ।’ त्यस्तै, २३ प्रतिशत जनताले भ्रष्टाचार घटबढ नभई उही स्तरमा रहेको विश्वास गर्ने पनि प्रतिवेदनले उल्लेख गरेको छ । […]

एकता भएका पार्टी फुट्नु कुनै नौलो कुरा होइन : नेता गौतम

६ मंसिर दाङ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले मिलेका पार्टी फुट्न सक्ने बताउनुभएको छ । दाङको तुलसीपुरमा शनिबार (आज) कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘प्रकृतिको नियम भएजस्तै मिलेका पार्टी फुट्नु कुनै नौलो कुरा होइन ।’ उहाँले पार्टीमा दुवै अध्यक्षको हैसियत बराबर भएपनि वरिष्ठताको आधारमा पहिले केपी शर्मा ओलीको नाम लेख्ने […]

अत्यावश्यक सेवा सञ्चालनमा हड्ताल गरे सरकारले कारवाही गर्ने : मन्त्री गुरुङ

५ मंसिर काठमाडौं – अत्यावश्यक सेवा सञ्चालनमा हडताल गरे सरकारले कारवाही गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को १ मा रहेको अत्यावश्यक सेवा सञ्चालनमा हडताल गर्न नपाइने व्यवस्थाको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।   मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले अव […]

देशैभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्‍याउछौं : मन्त्री अर्याल

५ मंसिर स्याङ्जा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गर्नुभएको छ । मन्त्रालयको देशैभरका मालपोत र नापी कार्यालय प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाउने अभियान अन्तर्गत आज ९शुक्रबार० मालपोत कार्यालय वालिङलाई नमुना घोषणा गर्नुभएको हो । त्यस क्रममा मालपोत कार्यालयलाई नमुना घोषणा गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयबाट […]

सचिवालय बैठकमा महासचिवको ‘सरप्राइज प्रस्ताव’ ‘सबैले राजीनामा दिऔं’

४ कात्तिक  काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० महासचिव विष्णु पौडेलले नेतृत्व असफल भएको भन्दै सचिवालयका सबै सदस्यले सामूहिक राजीना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सञ्चालनका क्रममा महासचिव पौडेलले यस्तो प्रस्ताव अघि सारेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। पार्टीभित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी […]

समीकरण ‘भत्काउने’ प्रधानमन्त्री ओलीको प्रयास कति सफल ?

३ मंसिर काठमाडौँ गम्भीर आरोप र अप्रत्यक्षरुपमा राजीनामाकै माग गरेर अध्यक्ष पुष्पकमल दाहालले छुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि दबाबमा आएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको पछिल्लो समीकरण भत्काउने कोसिस जारी राखेका छन् । मंगलबार साँझसम्म आन्तरिक समीकरण भत्काउने उनको प्रयास सफल भएको स्पष्ट संकेत भने आइसकेको छैन । बरु, पार्टीका दुई अध्यक्षबीच […]

अन्तत: प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालय बैठक

२७ कात्तिक काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउनुभएको छ । शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिनुभएको थियो । नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा […]