Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

युवा संघका उपाध्यक्षसहित २६ केन्द्रीय सदस्य माओवादीमा प्रवेश

२८ साउन, काठमाडौँ – नेकपा एमालेनिकट राष्ट्रिय युवा संघका उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । युवा संघका केन्द्रीय उपाध्यक्ष योगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्किएका हुन् । आज (बुधबार) उपाध्यक्ष साउदले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दै नेकपा एमाले परित्याग […]

लुम्बिनी प्रदेशको मुद्दा संवैधानिक इजलासमा, अन्तरिम आदेश भएन

२७ साउन, काठमाडौँ – लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट संवैधानिक इजलासमा सरेको छ । रिट निवेदकको मागअनुसार अदालतले अन्तरिम आदेश नदिएका कारण अब विशेष अधिवेशनको प्रक्रिया नरोकिने भएको छ । डा. आनन्दमोहन भट्टराईको इजलासले बुधबार यो रिटलाई ‘गम्भीर संवैधानिक विषय’ भन्दै संवैधानिक इजलासमा पठान आदेश दिएको हो । […]

लुम्बिनी प्रदेशमा बिहीबार ३ बजेभित्र नयाँ सरकार गठन गर्न आह्वान

२७ साउन, काठमाडौँ – मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गरेपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका हुन् । संविधानको धारा १६९ को उपधारा १ को खण्ड […]

ओली प्रवृति अन्तिम चरणमा पुगेको क्‍यान्सर जस्तै : बाबुराम भट्टराई

२७ साउन, काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रवृति अन्तिम चरणमा पुगेको क्‍यान्सर जस्तै भएको बताएका छन् । सामाजिक सञ्चार ट्वीटरमा डा. भट्टराईले ट्वीटरमा भनेका छन्, ‘ओलीप्रवृ्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो। यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण […]

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

२७ साउन, काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् । आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका थियो । सोही बीचमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले […]

अख्तियारले मलाई फसायो : उपसभापति गच्छदार

२७ साउन, काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई फसाएको दाबी गरेका छन् । विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका गच्छदार बुधबार विश्व आदिवासी दिवसको अवसर आयोजित कार्यक्रममा वक्ता थिए । सम्बोधनका क्रममा गच्छदारले आफ्नो राजनीतिक इतिहास मेटाउन भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लगाए । […]

प्रचण्ड ओलीको मायाजालमा नपरेको ओली प्रधानमन्त्री संभव थिएन : रामनारायण बिडारी

२७ साउन, काठमाडौँ – राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मायाजालमा पारेर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको आरोप लगाएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले प्रचण्डबिना ओलीले प्रधानमन्त्रीको यात्रा संभव नभएको उल्लेख गरे । सांसद विडारीले प्रतिनिधि सभामा प्रधानमन्त्री भइसकेको मान्छेको भाषण सुनेपछि दिक्क लागेर धिक्कार भन्न […]

देउवा निवासमा पौडेल, सिटौलासहितका सात नेताको बैठक बस्दै

२७ साउन, काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनका विषयमा धारणा बनाउन प्रमुख सात नेताको बैठक डाकेका छन् । सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, दुई महामन्त्रीहरु डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा। प्रकाशशरण महत र नेता मीनेन्द्र रिजाललाई बैठकमा डाकेका हुन् । बैठक आज देउवानिवास बूढानीलकण्ठमा बस्न […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

२७ साउन, बुटवल – केन्द्रको जस्तो अनेक राजनीतिक तिकडम गर्दै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभासमक्ष राजीनामा दिंदै आत्मसमर्पण गरेका छन् । उनले बुधबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा पेश गरेका हुन् । पोखरेलले राजीनामा गरेपछि नयाँं मुख्यमन्त्री चयनको प्रक्रिया बुधबारबाटै सुरु हुने भएको छ । अब लुम्बिनीमा तीनै प्रमुख पद प्रदेश […]

कुलमानको ‘कमब्याक बारे’ बाबुराम भट्टराईको टिप्पणी – ‘कस्ता दिन आए !’

२७ साउन, काठमाडौँ – सत्तारुढ जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिको विषयमा भएको प्रचारबारे प्रश्न उठाएका छन् । घिसिङको नियुक्ति स्वागतयोग्य नै भएता पनि नियुक्तिमा कसको प्रस्ताव, कसको समर्थन र कसको सहयोग र असहयोग थियो भन्न जरुरी नरहेको भट्टराईको भनाइ छ । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै डा। […]