राजनीति
कांग्रेसको अन्तर्राष्ट्रिय शाखाबाट कोरोना पीडितलाई २१ लाख सहयोग
१८ जेठ, काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ । कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ । ती जिल्लामा गरिने सामग्री तथा सहयोग तथा संरचनाको छिट्टै जानकारी गराइने शाखाका जापान संयोजक […]
युवा सङ्घको अध्यक्षमा पौडेल
१७ जेठ, काठमाडौं– नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन हुनुभएको छ । सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिनुभयो । सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको […]
संसदको स्वीकृति बेगर कर लगाउनु स्थापित मान्यता विपरित ः कांग्रेस
१७ जेठ, काठमाडौं– नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेट जनप्रतिनिधिको थलो संसदको स्वीकृति बेगर सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य पाइदैँन् भन्ने स्थापित लोकतान्त्रिक मूल्य र मान्यताविपरित भएको भनी टिप्पणी गरेको छ । सरकारद्वारा यही जेठ १५ गते सार्वजनिक आव २०७८÷८९ को बजेट वक्तव्यका सम्बन्धमा […]
नेपाल समूह विधि पद्धतिका नाममा अराजकता : प्रधानमन्त्री ओली
१७ जेठ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहले विधि पद्धतिका नाममा विरोधीसँग साँठगाँठ गरेको बताउनुभएको छ । युवा संघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल समूहले विधि पद्धतिका नाममा अराजकता निम्त्याएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अनावश्यक खालको अनुचित तानातान, खिचातानी, अस्वस्थ खालको गतिविधि, त्यो निरन्तर चलिरह्यो । निर्दलीय, अनुशासनहीन […]
युवासंघको भर्चुअल बैठकमा प्रधानमन्त्रीको सम्बोधनः सरकारमाथि भइरहेको आक्रमण रोक्न निर्देशन
१७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि भइरहेको आक्रमण रोक्न युवा संघलाई निर्देशन दिएका छन् । एमालेनिकट संगठन युवा संघको अन्तरक्रियात्मक कार्यक्रममा सोमबार जुममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट आक्रमण भएकाले रोक्न र छेक्न युवा संघका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको हो । सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीमाथि चारैतिरबाट सर वर्षा भइरहेको छ […]
पर्यटनमन्त्री ढकालको आरोप निराधार : नेता रिजाल
१७ जेठ, काठमाडौँ – नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले काँग्रेसले एमाले र जसपा विभाजन गराउन लागको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताउनुभएको छ । नेता रिजालले नेकपा९एमाले०भित्र झगडाको बिउ आफुहरुले लगाएको नभई प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृत्तिका कारण विवाद उत्पन्न भएको बताउनुभएको हो । सरकारका […]
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनः कांग्रेस उम्मेदवार दृगनारायण पाण्डे विजयी
१७ जेठ, काठमाडौं– लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन्। आज भएको लम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । उपनिर्वाचनका लागि निर्वाचन आयोगले दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाएको थियो । बिहान ९ देखि ३ बजेसम्मका लागि तोकिएको समयमा […]
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनः स्थानीय तहको मतगणना सकिँदासम्म कांग्रेस उम्मेदवारको अग्रता
१७ जेठ, काठमाडौं– लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतगणना सकिएको छ। स्थानीय तहको तर्फबाट उपनिर्वाचनमा जम्मा २१२ सदस्य रहेका थिए । २१२ सदस्यमध्ये १ मत बदर भएको थियो। सदर भएका २११ मतमध्ये नेपाली कांग्रेसका उम्मेदवार दृघनारायण पाण्डेले ११८ मत पाएका छन् । यस्तै बाँकी ९३ मत नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर […]
मोरङमा जेठ २४ गतेसम्मलाई निषेधाज्ञा लम्ब्याइयो
१७ जेठ, काठमाडौं– जिल्ला प्रशासन कार्यालय मोरङले जेठ २४ गतेसम्मका निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधि जेठ २४ गतेसम्मलाई लम्ब्याइएको बताएका हुन् । मोरङमा कोरोना संक्रमित हुनेहरुको संख्यामा अझै कमी नआएको अवस्थालाई ध्यानमा राखी निषेधाज्ञा थपिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो । मोरङ प्रशासनले यसअघि […]
लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा नेपालगञ्जका मेयरले मतदान नगर्ने
१७ जेठ, काठमाडौं– राष्ट्रिय सभा उपनिर्वाचनमा नेपालगञ्ज उपमाहानगरपालिकाका मेयर धवलशमशेर राणाले भोट नहाल्ने हुनुभएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज बिहान ९ बजेदेखि सुरु भएको उपनिर्वाचनमा मेयर राणाले भोट नहाल्ने हुनुभएको हो । आफ्नो प्राथामिकतामा निर्वाचन नभएकोले उपनिर्वाचनमा मतदान नगर्ने उहाँले बताउनुभयो । सामाजिक सञ्जालमार्फत मेयर राणाले, ‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय […]



