राजनीति
चुनावअघि नै सबैलाई खोप दिने प्रधानमन्त्रीको दाबी
९ जेठ, काठमाडौं– कोरोनाको खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघि सबैलाई पु¥याउने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले जनतालाई भावनामा बगाएर खोप ल्याएर लगाउनुपर्ने बेला भोट मागे भन्नु जनमत प्रयोग गर्न नदिने सेन्टिमेन्टल ब्ल्याकमेलिङ रहेको बताउनुभयो । उहाँले चुनावभन्दा अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने प्रयासमा सरकार रहेको स्पष्ट पार्नुभयो । […]
दिपक मनाङेले लिए मन्त्रीको सपथ
९ जेठ, काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले सपथ लिनुभएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा आइतबार नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री गुरुङले दिपक मनाङेसहित ५ मन्त्रीलाई जेठ ५ गते नियुक्त गर्नुभएको थियो । सोही दिन […]
चुनावअघि नै सबै नेपालीलाई खोप पुर्याउछौं : प्रधानमन्त्री ओली
९ जेठ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने प्रयासमा आफ्नो सरकार रहेको बताउनु भएको छ। ६५ वर्षमाथिका नागरिकले कोभिसिल्डको खोपको दोस्रो डोज कहिले लगाउन पाउँछन् भन्ने टुंगो नभएका बेला प्रधानमन्त्री ओलीले आफूले घोषणा गरेको कात्तिक-मंसिरको मध्यावधि चुनावअघि नै सबै नेपालीलाई खोप दिने प्रयास भइरहेको बताउनु भयो। त्यसका लागिमा मित्र […]
जेठ १५ मा नै अध्यादेशमार्फत बजेट आउँछः प्रधानमन्त्री ओली
९ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८÷०७९ का लागि अध्यादेश मार्फत बजेट ल्याउने बताउनुभएको छ । पत्रकारहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यही जेठ १५ गते नै बजेट आउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘१५ गते बजेट स्वाभाविक रुपमा अध्यादेशबाट नै आउने हो’ । बजेटमा पुराना र यसअघि घोषणा गरिएका कार्यक्रमहरुलाई नै प्राथमिकता दिइने […]
विपक्षी गठबन्धनले भोली बिहान १० बजे संसद विघटनविरुद्ध रिट दायर गर्ने
९ जेठ, काठमाडौं– राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध विपक्षी दलहरु भोली(सोमबार) सर्वोच्चमा रिट हाल्ने भएका छन् । अदालतमा भोलि १० देखि ११ बजेसम्ममा रिट दायर गर्नेृ विपक्षी गठबन्धनका एक नेताले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार मध्यरातमा संसद विघटन भएपछि राजनीति पुनः तातिएको छ । मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको […]
‘चुनावबाट पछि हट्न थर्काउने र फकाउनेको भ्वाइस रेकर्ड नै छ’: डा. खिमलाल देवकोटा
९ जेठ, काठमाडौं– राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई केही नेताले धम्की दिएको बताउनुभएको छ । केही दिन अघिमात्र रामबहादुर थापा गृहमन्त्री रामबहादुर थापालाई पराजित गर्दै राष्ट्रियसभा निर्वाचन जितेका देवकोटाले आफूलाई केही नेताले थर्काएको र केहीले फकाएको बताउनुभएको हो । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देवकोटाले फकाउने र थर्काउने केही नेताको भ्वाइस रेकर्ड […]
‘कार्वाही, प्रतिशोध र बदलाको राजनीति छोडौ, संवाद गरौं’ : योगेश भट्टराई
९ जेठ, काठमाडौं– नेकपा एमाले नेता योगेश भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिबाट निस्किएर अघि बढ्न पार्टीपंक्तिलाई इंगित गर्नुभएको छ । नेता भट्टराईले पार्टी विवाद चर्किएका बेला फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमा उहाँले , ‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक […]
राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्याप्ने नेविसंघ नेता पक्राउ
९ जेठ, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्ने नेविसंघका नेता पक्राउ परेका छन् । संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका हुन् । मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । त्रिपाठीले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्याप्दै […]
संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ताका लागि विपक्षी दलहरु कानुन व्यवसायीसँग छलफलमा
९ जेठ, काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नका लागि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । रिट दायरका लागि अहिले विपक्षी नेताहरु कांग्रेस संसदीय दलको कार्यालय सिहंदरबारमा कानुन व्यवसायीसँग परामर्शमा छन् । कानुन व्यवसायीहरुसँगको छलफलमा कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एमाले (नेपाल समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी रहेको कांग्रेसका एक नेताले […]
संसद विघटनविरुद्ध बहुमतका सांसदद्वारा सर्वोच्चमा सामूहिक रिट दिने तयारी
९ जेठ, काठमाडौँ – प्रतिनिधि सभा विघटनको विरुद्ध एक सय ४९ सांसदले सामूहिक रुपमा सर्वोच्च अदालतमा रिट दिने तयारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको र नयाँ सरकार बन्ने सम्भावना हुँदाहुँदै मनपरी निर्णय गरेको भन्दै एक सय ४९ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले सर्वोच्चमा रिट दर्ताको तयारी गरेको […]



