Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

पाकिस्तानमा विपक्षीहरुले गरे आन्दोलनको घोषणा

१६ जेठ, काठमाडौँ – विपक्षी११ राजनीतिकदलह गठबन्धन पाकिस्तान डेमोक्रेटिक पार्टी (पीडीपी)ले इमरान खानको सरकारविरुद्ध नयाँ चरणको आन्दोलन घोषणा गरेको छ ।  आन्दोलनको सुरुवात स्वात जिल्लाबाट ४ जुलाईमा हुनेछ । पीडिएम संयोजक फजलुर रहमानका अनुसार स्वातपछि कराची, इस्लामावाद र अन्य शहरहरुमा पनि प्रदर्शन हुनेछ ।  गठबन्धनका सबै पार्टीहरू समावेश बैठकले यस्तो निर्णय गरेको रहमानले बताए । […]

जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो

१४ जेठ, एजेन्सी – जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै मा जुन २० सम्मका लागि सङकटकाल बिस्तार गरेको हो । एसिया–प्रशान्त क्षेत्रमा कोभिड–१९ सङ्क्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि […]

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

एजेन्सी- कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ । बिहीबार भारतमा कोरोना संक्रमणको यो संख्या ४४ दिनयताको सब भन्दा कम हो । कोरोना शुरु भएयतम देशभर हालसम्म कूल संक्रमित […]

भारतमा अस्पतालमा भाजपा नेतालाई प्रहरीले लाठीले बजायो (भिडियोसहित)

एजेन्सी– भारतको महाराष्ट्रमा प्रहरीले भारतीय जनता पार्टीका युवा इकाइ सचिव शिवराज नारियलवालेलाई लट्ठीले कुटेकोे भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रहरीले नारियलवालेलाई थप्पड हानेको पनि देखिन्छ । अप्रिल ९ मा भएको यो घटनाको भिडियो बाहिर आएसँगै जालनाका एसपी विनायक देशामुखले भिडियोमा देखिएका प्रहरीमाथि अनुसन्धान सुरु गर्न निर्देशन दिएका छन् । यता प्रहरीले आक्रोशित युवाहरुको […]

चिनियाँ र ब्रिटिश विदेशमन्त्रीबीच फोनवार्ता

एजेन्सी– चिनियाँ विदेशमन्त्री वाङ यी र ब्रिटिश विदेशमन्त्री डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको छ । उहाँहरुबीच वार्ता भएको कुरा चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । उहाँहरुबीच द्धिपक्षीय हितका विभिन्न विषयवस्तुहरुका साथै अन्य चासोका बारेमा कुराकानी भएको थियो । चिनियाँ विदेश मन्त्री यीले गत वर्षमात्र पनि चिनिया राष्ट्रपति सि जिनपिङ र ब्रिटिश प्रधानमन्त्री बोरिस जोेन्सनबीच दुई पटकसम्म […]

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुने दरमा १७ प्रतिशतले कमी

१३ जेठ, एजेन्सी – अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट २३ हजार १६२ जना सङ्क्रमित भएका छन् । यसैगरी उक्त अवधिमा कोरोना भाइरसबाट ५२२ जनाको मृत्यु भएको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । कोरोनाबाट संक्रमण हुनेको सङ्ख्यामा बिगत दुई हप्तामा ३७ प्रतिसतले कमी आएको छ । अमेरिकामा हालसम्म कूल पाँच लाख ९१ हजार ५९३ जनाको […]

अमेजनले किन्यो हलिउडको एमजिएम सर्वाधिक चर्चित स्टुडियो, करिब ९ अर्ब डलर

१३ जेठ, काठमाडौँ –  इ कमर्श कम्पनी अमेजनले हलिउडको सर्वाधिक चर्चितमध्येको एक एमजिएम स्टुडियो खरीद गर्ने सहमति गरेको छ । सम लाइक इट हट तथा सिंगिङ इन रेन जस्ता विभिन्न क्लालिस फिल्महरु निर्माण गरेको ९७ वर्षअघि स्थापना भएको  एमजिएम स्टुडियो अमेजनले ८ अर्ब ४५ करोड डलरमा खरीद गर्ने भएको हो ।   सो खरीद पश्चात् […]

अमेरिकी-चिनियाँ व्यापार प्रतिनिधिबीच पाँच महिनापछि टेलिफोन वार्ता

एजेन्सी– संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच बिहीबार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ । दुई देशबीचका व्यापार अवरोध हटाउन निकै महत्वपूर्ण मानिएको यस टेलिफोन वार्तामा तत्काल खासै प्रगति नभए पनि वार्ता प्रक्रिया भने शुरु भएको छ । वार्तामा सहभागी दुबै पक्षले करका प्रावधानमा रहेका गतिरोध सुल्झाउने तर्फ कहिले […]

सानोफी र ग्लासोस्मिथक्लाइनले कोभिड–१९ विरुद्धको खोपको अन्तिम परिक्षण सुरु गर्ने

एजेन्सी– सानोफी र ग्लाक्सोस्मिथक्लाइनले बिकास गरेको कोभिड–१९ विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण शुरु गर्न लागेको कम्पनीले जनाएको छ । केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि संयुक्तराज्य अमेरिका, एसिया, अफ्रिका र दक्षिण अमेरिकाका ३५ हजार वयस्क व्यक्तिलाई छनौट गरिएको छ । कम्पनीका अनुसार यस अध्ययनमा खोपको प्रभावकारिता अध्ययन गरिने छ । साथै कोभिड–१९ […]

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोबले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुको आरोप

जोहानेसबर्ग, १३ जेठ एजेन्सी– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् । पूर्व राष्ट्रपति जुमा विरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमाथिको सुनुवाईका क्रममा अनुसन्धाताहरुले जुमाले फ्रान्सेली हतियार निर्माता कम्पनी थेल्सबाट नगद भुक्तानी लिएको समेत सयौं काण्डमा मुछिएको बताएका छन् । दक्षिण अफ्रिकाको सन् २००९ देखि […]