Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

भारतमा कोभिड–१९ को संक्रमण दर घट्यो, मृत्यु दर घटेन

१२ जेठ, काठमाडौँ – कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ को संक्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने व्यक्तिको संख्या बढी छ । तर दैनिक […]

ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या चार लाख ५० हजार नाघ्यो

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७३ हजार ४५३ […]

भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामी फेला

१० जेठ, एजेन्सी – कोभिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रमितमा कालो र सेतो ढुसी ९फङ्गस०को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ । तर यस्ता व्यक्तिमा देखिएका जटिलताहरूमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेंलो ढुसीको सङ्क्रमण भेटिएको सोमबार, यहाँका नाक कान घाँटी ९इएनटी० विशेषज्ञ बीपी त्यागीले […]

भारत नेपालमा संवैधानिक शासनका पक्षमा उभिनु पर्छ : रञ्जित रे

१० जेठ, काठमाडौँ – नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा भारत संविधानका पक्षमा उभिउनु पर्ने बताउनु भएको छ। हिन्दुस्तान टाइम्समा प्रकाशित ‘इन काठमान्डु, अ थ्रेट अफ डेमोक्रेसी’ शीर्षकको रेको लेखमा उहाँले पछिल्लो समय भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही र अलोकप्रिय सरकारको समर्थन गरिरहेको भन्ने धेरैलाई लागेको उल्लेख गर्नुभएको छ। […]

विमान दुर्घटनामा परी सेना प्रमुखसहित ११ जनाको मृत्यु

९ जेठ, काठमाडौँ – नाइजेरियामा भएको विमान दुर्घटनामा परी सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अटाहिरुसहित ११ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा रहेको विमानस्थल नजिकै शुक्रबार उक्त विमान दुर्घटना भएको हो । मौसमको खराबीको कारण काडुना अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्डिङको क्रममा विमान दुर्घटना भएको नाइजेरियाको सेनाले जनाएको छ । हालसम्म […]

भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु

एजेन्सी- भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले […]

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

एजेन्सी– चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन । चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको […]

जापानको जिडिपी ४ दशमलव ६ प्रतिशतले खुम्चियो

४ जेठ, एजेन्सी– जापानको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२० मा ४ दशमलव ६ प्रतिशतले खुम्चिएको छ । सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जिडिपीमा कमी आएको पहिलो पटक रहेको जापानी तथ्याङ्क विभागले जनाएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका क्रममा जापानको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले संकुचित भएको थियो । […]

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

३० वैशाख, एजेन्सी – अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राख्नुभएको थियो । उहाँले नेपालको करिब तीन करोड जनसङ्ख्या कोरोना भाइरसको मारमा […]

विवाहको २७ वर्षपछि बिल गेट्सको डिभोर्स

२१ वैशाख, एजेन्सी – माइक्रोसफ्टका संस्थापक ६५ वर्षीय बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले डिभोर्स गर्ने घोषणा गरेका छन् । विवाहको २७ वर्षपछि उनीहरुले डिभोर्स घोषणा गरेका हुन् । जीवनको आगामी चरणमा अब एकसाथ अघि बढ्न नसक्ने उनीहरुले बताएका हुन् । बिल र मेलिन्डाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै सोच–विचार र आपसी छलफलपछि […]