Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

बंगलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु

२० वैशाख, काठमाडौँ – बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार एउटा खचाखच यात्रुले भरिएको स्पिडबोट (तिब्र गतिमा दौडिने डुङ्गा)ले बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको थियो । स्थानीय समय अनुसार बिहान ७ बजे भएको यस दुर्घटनामा अरु पनि व्यक्ति बेपत्ता भएको […]

भारतमा एकै दिन चार लाखमा कोरोना संक्रमण

१९ बैशाख, काठमाडौँ – भारतमा कोरोनाभाइरसबाट थप झण्डै चार लाख मानिस संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४ सय ८८ जनालाई कोरोनाभाइरसको संक्रमण भएको हो । यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी संक्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो दिनको भन्दा […]

लता मंगेशकरले दिइन् कोरोना कोषलाई सात लाख

१९ वैशाख, काठमाडौँ – प्रसिद्ध भारतीय गायिका लता मंगेशकरले कोरोनाविरुद्धको ‘महाराष्ट्र सीएम रिलिफ फन्ड’लाई सात लाख भारु सहयोग गर्नुभएको छ । सरकारले लताले गरेको सहयोगबारे ट्विटरमा सेयर गरेको छ।अनियन्त्रित बन्दै गएको कोराना संक्रमणविरुद्धको लडाइँमा भारतलाई चौतर्फी सहयोग आउन थालेको छ। त्यहाँ अक्सिजन, अस्पताल तथा अन्य औषधि अभाव हुन नदिन थुप्रै मुलुकले सहयोगी हात अघि बढाएका […]

एक अस्पतालमा आगलागी, १८ व्यक्तिको मृत्यु

१७ बैशाख, काठमाडौँ – भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् । एशियाली यस मुलुकमा सङ्क्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो । स्थानीय समयअनुसार शनिबार बिहान १ः०० बजै […]

दक्षिण कोरियाका राष्ट्रपतिलाई दोस्रो खोप

१७ वैशाख, काठमाडौँ – दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले शुक्रबार कोरोनाभाइरस विरुद्धको दोस्रो खोप लगाउनु भएको छ । राष्ट्रपति कार्यालय ब्लु हाउसले दिएको जानकारी अनुसार उहाँले राजधानी सोलमा रहेको जनस्वास्थ्य केन्द्रमा गएर दोस्रो खोप लगाउनु भएको हो । उहाँले खोपको पहिलो मात्रा भने गत मार्च २३ तारिखमा लगाउनु भएको थियो । अमेरिकाको भ्रमणमा निस्कनु […]

बिहारमा कोरोनाको त्रासदी, शव जलाउन दुई घाट थपियो

१७ बैशाख,काठमाडौँ – कोरोना संक्रमणका कारण छिमेकी देश भारतबाट कहाली लाग्दा तस्बिरहरु सार्वजनिक भइरहेका छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेपछि अन्तिम संस्कार गर्नका लागि शव उठाउने वा संस्कारअनुरुप जलाउने वा गाड्नका लागि विकराल समस्या आएको एजेन्सीहरुमा उल्लेख गरिएको छ । नेपालको सीमाना रहेको बिहार राज्यमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। बिहारको गाउँ […]

मानिसलाई पहिलो पटक चन्द्रमामा पुर्याउने एपोलो मिसनका सदस्य कोलिन्सको निधन

१६ वैशाख, काठमाडौँ – मानव जातिलाई चन्द्रमामा पुर्‍याउने पहिलो अभियान एपोलो–११ को एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । उनी एपोलो–११ मिसनको क्रू–मेम्बर थिए । क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा २८ अप्रिलको दिन निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने […]

एकैदिन ३ लाख १६ हजार संक्रमित थपिने भारत विश्वकै पहिलो देश, मृत्यु कति ?

९ बैशाख कामाडौँ – छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको अवस्था भयावह बन्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै एकैदिन यति धेरै कोरोना भाइरस संक्रमित थपिने भारत संसारकै पहिलो देश बनेको छ । यसअघि संयुक्त राज्य अमेरिकामा एकैदिन ३ लाख संक्रमित थपिएका थिए […]

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया आउन पाउने

१५ चैत काठमाडौँ – दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन (एमटियु)का अध्यक्ष उदय राईले […]

प्रधानमन्त्री हसिनाको हत्या गर्न खोज्ने १४ जनालाई मृत्युदण्ड

१२ चैत काठमाडौँ – बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या प्रयास प्रकरणमा ढाका अदालतले १४ कट्टरपन्थी इस्लामी लडाकुलाई मृत्युदण्ड सुनाएको छ । प्रधानमन्त्री हसिनाको पहिलो कार्याकालमा दुई दशकअघि हत्या प्रयास भएको थियो । ढाकाको एक विशेष अदालतले ९ अभियुक्तको उपस्थितमा मंगलबार उक्त मुद्धाको फैसला सुनाएको हो । अन्य अभियुक्त फरार छन् । उनीहरु बंगलादेशमा प्रतिबन्धित लडाकु […]