विश्व
तीन पत्रकारको हत्या
१९ फागुन काठमाडौँ – पूर्वी अफगानिस्तानको जलालाबादमा बन्दुकधारीले तीन महिला पत्रकारहरूलाई गोली हानी हत्या गरेको स्थानीय समाचार संस्थाहरुले जनाएका छन्। मंगलवार एनिकस रेडियो र टेलिभिजनका कार्यरत पत्रकार कार्यालयको कामपछि पैदल घर जाने क्रममा तीनजना पत्रकार दुई छुट्टाछुट्टै आक्रमणमा मारिएको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। लडाकू समूहको आक्रमणमा मारिनेहरुमा २५ वर्षीया मुरसन हाकिमी, २० वर्षीया […]
हत्कडीसहित पौडेर नयाँ कीर्तिमान
१९ फागुन काठमाडौँ – अमेरिकाको भर्जिनिया निवासी एक पुरूषले गिनिज वल्र्ड रेकर्ड तोड्ने उद्देश्यले हातमा हतकडी लगाएर एउटा पौडी पोखरीमा ५ दशमलव ३५ माइल दूरी पौडेको छ । ३२ वर्षीय बेन क्यात्जम्यानले किंग जर्ज वाइएमसिएको पौडी पोखरीमा ३ सय ४४ पटक पौडेर वारपार गरेको थियो । यसअघि, सन् २०१९ मा एल्ह्याम सादात आस्गारी नामक व्यक्तिले […]
आठ वर्षीय बालक बने कम्प्युटर गेमका सबैभन्दा कान्छा व्यावसायिक खेलाडी
१८ फागुन काठमाडौँ – अमेरिकामा एक बालाक कम्प्युटर गेममा सबैभन्दा कम उमेरका व्यावसायिक खेलाडी बनेका छन्।अमेरिकाका आठ वर्षीय बालक जोसेफ डिन ‘फोर्टनाइट’ नामक लोकप्रिय कम्प्युटर गेमुमा सबैभन्दा कम उमेरका व्यावसायिक खेलाडी बनेका हुन्। बालकलाई गत डिसेम्बरमा टिम ३३ मा अनुबन्ध गरिएको थियो । अनुबन्धपछि उनले हस्ताक्षर गरेबापत ३३,००० अमेरिकी डलर र एउटा तीव्र गतिको कम्प्युटर […]
अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन
१४ फागुन काठमाडौँ -अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सार्नु भएको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पु¥याउने प्रस्ताव गरिए पनि सिनेटले पारित गरेको प्रस्तावमा ज्यालाको विषय हटाइएको छ । अमेरिकी सिनेटका एक वरिष्ट अधिकारीले कोभिड–१९ को प्याकेजमा न्यूनतम ज्यालाको विषय समेट्न उपयुक्त नभएको प्रतिक्रिया दिनु भएको छ जसलाई डेमोक्रेटिक पार्टीले आफ्नो […]
७ सन्तान जन्माएका कारण तिर्नुपर्यो १ करोड
१४फागुन काठमाडौं – चीनमा एक दम्पतीले दुई सन्तान नीति उल्लंघन गर्दै ७ सन्तान जन्माए तर यसका लागि उनीहरुले धेरै जरिवाना तिर्नुपरेको थियो । ग्लोबल टाइम्सका अनुसार यो जोडीले ७ सन्तान जन्माएका कारण १ लाख ९ हजार ७ सय ८७ डलर ९१ करोड २७ लाख रुपैयाँ बढी जरिवाना बुझाउनु परेको छ । जाङको स्किनकेयर, गहना र […]
अब फेसबुक र गुगलले समाचार शेयर गरे बाफत रकम तिर्नुपर्ने
१३ फागुन काठमाडौं–नयाँ कानुन पारित भएसँगै अष्ट्रेलियामा फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने भएको छ । नयाँ कानुन अष्ट्रेलिया सरकारको माथिल्लो सदनबाट बिहीबार पारित भएको हो । अमेरिकी प्रविधि कम्पनीहरुले यो कदमको विरोध जनाएका छन् । फेसबुकले गत हप्ता अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध लगाएको थियो । तथापी यसै […]
भारत–चीन सीमामा तनाव तर व्यापार बढ्दै
१३ फागुन काठमाडौं-लद्दाखस्थित भारत–चीन सीमामा दुई मुलुकका सेना पहलमानी भिडन्त भयो, जसले दुई मुलुकको सम्बन्धमा गम्भीर तनाव ल्यायो । तथापि, त्यो तनावले दुई देशको व्यापारलाई कुनै असर गरेन । सन् २०२० मा चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बन्यो । अघिल्लो आर्थिक वर्षमा पनि चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार थियो । अघिल्लो वर्ष अमेरिका […]
हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
११ फागुन बेइजिङ – अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च ९२० सेमी० फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ । मेट एक्स२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप्स र गूगल […]
एक सैनिक विमान दुर्घटना सातजनाको मृत्यु
१० फागुन काठमाडौं – नाइजेरियामा एक सैनिक विमान दुर्घटनामा परेको छ । एयरपोर्टबाट उडान भरेको केही बेरमै दुर्घटनामा परेको हो । एयरपोर्टमा उपस्थित सयौँ यात्रुको सामु उक्त विमान झरेर नस्ट भएको थियो । यो दुर्घटनामा जहाजमा सवार सातजना यात्रु पनि मृत्यु भएका छन । रिपोर्ट अनुसार इन्जिन फेल भएपछि विमानमा विस्फोट भएको थियो। त्यसपछि आबुजा […]
एसिया कै महँगो अपार्टमेन्ट ७ अर्बमा बिक्री
१० फागुन काठमाडौं – घरजग्गाको भाउ संसारका सबैजसो देशमा उच्च छ भन्ने त सबैलाई थाहा छ । तर एउटै अपार्टमेन्टको भाउ ७ अर्ब रुपैयाँ पर्ने कुरा निकै दुर्लभ नै होला । हालै हङकङमा एउटा अपार्टमेन्ट झण्डै ७ अर्ब रुपैयाँमा बिक्री भएको छ । हङकङका धनाढ्य भिक्टर लीको कम्पनी सि के एसेट्स होल्डिंग्स लिमिटेडले उक्त अपार्टमेन्ट […]



