समाचार
धामी घोरासैनीको हत्या आरोपमा ३ जना पक्राउ
११ आश्विन, रौतहट – रौतहटमा धामी हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । धामी झाँक्रीको काम गर्दै आएका चन्द्रपुर नगरपालिकाका ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शव २६ भदौमा गैंडाटारस्थित कालापानी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि नवलपरासी पूर्वका सूर्यबहादुर भण्डारी, गैंडाटारका प्रल्हाद फुयाँल र पर्साको […]
मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल गर्ने माओवादीको निर्णय
११ आश्विन, काठमाडौं – नेकपा माओवादी केन्द्रले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब समाधान गरी अघि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ । सोमबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिन छिटो पहल गर्ने निर्णय गरेको हो । बैठकमा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको […]
पशुपतिमा ‘साधु’माथि खुकुरी प्रहार
११ आश्विन, काठमाडौं – पशुपतिनाथ मन्दिर क्षेत्रमा साधुमाथि खुकुरी प्रहार गरिएको छ । सोमबार बिहान सन्तोष बाबालाई अज्ञात व्यक्तिले खुकुरीले हानेर भागेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले बताउनुभयो । विश्वरुपा मन्दिर नजिकै ३५ वर्षका सन्तोष बाबा शौचालयतर्फ जाँदै हुनुहुन्थ्यो । एकजना व्यक्ति आएर उहाँलाई भने–‘माल निकाल ।’ प्रहरीका अनुसार ती व्यक्तिले ‘माल निकाल’ भनेर […]
बाराको बरियारपुर बजारमा आगलागी
११ असोज, वीरगञ्ज – बाराको महागढीमाई नगरपालिका–१ बरियारपुर बजारमा आगलागी हुँदा २ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ । सोमबार बिहान १ः२० बजे उपेन्द्र कुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीबाट उपेन्द्र सहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]
दसैँमा सिनेमा हल खुल्ने
११ आश्विन, काठमाडौँ – चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ । नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण दसैँको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेका छौँ । ” नेपाल चलचित्र […]
आजबाट लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला
११ असोज, काठमाडौं – दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ । दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गरिएको देखिएको छ । यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक […]
मदिरा सेवन गरी स्कारपियो चलाउँदा दुर्घटना
१० आश्विन, बैतडी – बैतडीको दशरथचन्द नगरपालिका(२ कठपाते नजिकै स्कारपियो दुर्घटनामा परेको छ । गोठलापानीबाट मेलौलीतर्फ गइरहेको म१च ६२३ नम्बरको स्कारपियो आइतबार साँझ ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । चालक शिवनाथ-२ का २२ बर्षीय मीनराज ओझाले मदिरा सेवन गरेर स्कारपियो चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । […]
अनेरास्ववियु क्रान्तिकारी रामेछाप जिल्ला बस्नेतको नेतृत्वमा पुनर्गठन
११ आश्विन, काठमाडौँ – अनेरास्ववियू (क्रान्तिकारी) रामेछाप जिल्लाको विस्तारित बैठकले केशव बस्नेतको नेतृत्वमा पदाधिकारी पुनर्गठन गरेको छ । अध्यक्षमा केशव बस्नेत निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा प्रज्ज्वल श्रेष्ठ ,निरोज श्रेष्ठ र पुष्कर योगि निर्वाचित भएका छन । त्यस्तै सचिवमा सफल दाहाल हुनु भएको छ भने सह सचिवमा सिंह राज योञ्जन ,लालकाजी दर्लामी र अभिषेक […]
एमाले बैठकमा चर्काचर्की : अध्यक्ष ओलीलाई कारवाही गर्नुपर्ने माग
११ आश्विन, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९एमाले० केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुई र दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै नगरी दुईरदुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको हो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय […]
अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थप
१० आश्विन, काठमाडौं – काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो । प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले […]



