समाचार
कांग्रेसको तुलसीपुर नगर सभापतिमा हमाल र घोराहीमा रावत निर्वाचित
१० आश्विन, दाङ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तुलसीपुर नगरसभापतिमा सुरेश हमाल ३६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी अनिल कार्कीले २०८ मत प्राप्त गर्नुभयो । त्यस्तै उपसभापतिमा विनिल केसीले ३५९ र गौरव सुवेदीले २८५ मत प्राप्त गरी विजयी हुनुभयो । यसैगरी सचिवतर्फ विमल पौडेल ३२९ र सुशील वलीले २७५ मत […]
समय आएपछि बोल्छु : भीम रावल
१० आश्विन, काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू समय आएपछि बोल्ने भन्दै मौनताको अर्थ हुने बताउनुभएको छ । केन्द्रीय कमिटी बैठक चलिरहेको नेकपा (एमाले) का स्थायी कमिटी सदस्यबीच भएको अनौपचारिक छलफलमा नेता रावलले आफू पार्टीको पछिल्लो अवस्था र गतिविधिबारे तत्काल नबोल्ने भन्दै केही समय मौन बस्नेत बताउनुभएको हो। केन्द्रीय कमिटी बैठक भइरहेको च्यासलस्थित […]
उच्च अदालतको गेटै अगाडि इँटा व्यवसायी लामामाथि खुकुरी प्रहार
१० आश्विन, विराटनगर – काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि आइतबार विराटनगर उच्च अदालतको गेटैमा खुकुरी प्रहार भएको छ । उहाँमाथि विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्कीले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन । कार्कीलाइ आज मध्यान्ह उच्च अदालतको गेटै अगाडि लामालाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए । घाइते […]
दुर्गमको पीडा : स्टेचर सहारा
१० आश्विन, जाजरकोट – जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि स्टेचरमा राखेर चौरजहारीस्थित मिशन अस्पतालमा लगिँदै बिरामी । सदरमुकामस्थित रेडक्रसनजिक सडक भत्किएका कारण स्टेचरमा राखेर बिरामी बोकी लानु परेको हो ।
चीनको सिचुआनमा सयौँ बेपत्ता
१० आश्विन,एजेन्सी- दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरामा धेरै मानिसहरू बेपत्ता भएका छन्। आइतबार बिहान १० : २० बजेसम्म चार जनालाई उद्धार गरिएको छ। तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन्। त्यसै गरी अर्का […]
कपनको ढलमा खसेको बालक ५ दिनपछि बागमतीमा फेला
१० आश्विन, काठमाडौँ – कपनको ढलबाट खसेर वेपत्ता बालकको शव फेला परेको छ । उनको शव ललितपुरको घुसेलस्थित बागमती नदी किनारमा भेट्टिएको हो ।नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालकको चिनिन नसक्ने शवको पहिचान भएको हो । उनको शव पाटन अस्पताल ल्याएर पोष्टमार्टम गर्ने तयारी भएको छ । मंगलबार कपनको ढलबाट खसेर […]
बूढानीलकण्ठ नगरपालिकाको वडा कार्यालयमा एक पुरुषको शव फेला
१० आश्विन, काठमाडौँ – बूढानीलकण्ठ नगरपालिका– ८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ। निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले […]
सुरू भयो एमाले केन्द्रीय कमिटी बैठक
१० आश्विन, काठमाडौँ – केन्द्रीय कमिटी बैठक चलिरहेको नेकपा (एमाले) का स्थायी कमिटी सदस्यहरू अनौपचारिक छलफलमा जुट्नुभएको छ । केन्द्रीय कमिटी बैठक भइरहेको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा आइतबार दिउँसो स्थायी कमिटी सदस्य अनौपचारिक बैठक बस्नुभएको हो। दश बुँदे सहमतिअनुसार पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने कुरामा एमालेभित्र मतभेद छ। अन्तिम समयमा माधवकुमार नेपालको […]
बाँदर भगाउने यन्त्र निर्माणगर्ने लाई १० लाख पुरस्कार दिने महावीर पुनको घोषणा
१० आश्विन, काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बाँदर धपाउने प्रभावकारी यन्त्र बनाएमा अनुसन्धानकर्तालाई १० लाख पुरस्कार दिने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले यस्तो घोषणा गर्नुभएको हो । देशका विभिन्न स्थानमा बाँदरले किसानको बालीनालीमा क्षति पुर्याएको समाचारहरू आउने गरेका छन् । यस्तो समस्या समाधान गर्न कुनै उपाय निकाल्न केन्द्रलाई किसानहरूले आग्रह […]
मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने तयारी
१० आश्विन, काठमाडौँ – सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा छलफल गर्नुभएको छ । आज बिहान १० बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको को हो । छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललगायतको उपस्थिति रहेको […]



