Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

नेपालसँगको सम्बन्धलाई थप सुधामय बनाउन चाहन्छौं : पाकिस्तानी प्रधानमन्त्री खान

६ आश्विन काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको बताउनुभएको छ । दुई पक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न पाकिस्तानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको उनले बताउनुभएको हो । बुधबार पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री खानले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना […]

प्रधानसेनापति शर्माले गरे चिनियाँ राजदूतसंग भेट

६ आश्विन काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मा र मित्रराष्ट्र चीनका राजदूत होउ यान्छिबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो। उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ।

बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

६ आश्विन काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा ‘विफ्रिङ’ गर्दै उहाँले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको जानकारी […]

राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्ने तयारी

६ आश्विन काठमाडौं – सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ। सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको बतानुभएको हो। सरकारले २० प्रतिशत केन्द्रीय सदस्य अथवा सांसदले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनमा अध्यादेशमार्फत् संशोधन गरेको थियो। […]

मुक्का हान्ने पंगेनीलाइ यति दिन हिरासतमा राख्ने

६ आश्विन काठमाडौं – बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का हान्ने ज्योतिनगरका गणेश पंगेनीविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धान सुरु गरेको छ । सोमबार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो अवलोकन गर्न गएका बेला मेयर सुवेदीमाथि पंगेनीले मुक्का हानेका थिए । त्यसै दिन साँझ पक्राउ परेका पंगेनीलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन […]

परिवर्तन भयो कांग्रेसको अधिवेशन तालिका

६ आश्विन काठमाडौं – नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गतका विभिन्न अधिवेशन तालिका फेरि परिवर्तन गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकले विभिन्न अधिववेशन सार्ने सहमती गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न अधिवेशन तालिका परिवर्तन भएको जानकारी दिएका छन् । उहाँले भन्नुभयो, ‘दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने […]

सरकारले ४० वर्ष नाघेका सबै नागरिकको पिसाब जाँच गर्ने

६ आश्विन काठमाडौं – सरकारले ४० वर्ष नाघेका सबै नागरिकको पिसाब जाँच गर्ने भएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले नागरिकहरुको मिर्गौलाको अवस्था के कस्तो छ रु भन्ने जानकारी लिनका लागि ४० वर्ष नाघेका सबै नागरिकको पिसाब जाँच गर्ने योजना रहेको बताउनुभएको हो । ‘स्वास्थ्य मन्त्रालयका साथीहरुले […]

तोकिएको समयमा वडाध्यक्ष उपस्थित नभएपछि जलाइयो कार्यालय

६ आश्विन,सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका९ १ को वडा कार्यालयमा आगलागी भएको छ। आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आगो लगाएको प्रहरीले जनाएको छ । आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ। कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष गंगाराम सुनारले जानकारी दिनुभयो […]

अपहरणका योजनाकार राजेन्द्र पण्डित पक्राउ

६ आश्विन,नुवाकोट – चितवन मेडिकल कलेजका निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गिरोहका एक जना सदस्य पक्राउ गरेका छन् । अपहरणका योजनाकार मध्येका एक भीमसेन पण्डितका काकाका छोरा राजेन्द्र पण्डित पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई नुवाकोटबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार राजेन्द्र अपहरितलाई राख्ने घरको व्यवस्थापन गर्ने कार्यमा संलग्न थिए […]

राष्ट्रपति भण्डारीद्वारा परराष्ट्रमन्त्रीमा खड्का नियुक्त

६ आश्विन,काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेका नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गनुभएको छ । बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । बुधबार दिउँसो १ बजे परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काले सपथ लिने कार्यक्रम तय गरिएको छ । पदभार ग्रहण गरेपछि […]