Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

त्रिशूली नदीमा कार खस्यो : खोजी कार्य सुरु

८ आश्विन काठमाडौं – चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा कार खस्दा एक जना घाइते भएका छन् । अन्य तीन जना बेपत्ता छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको थियो । गए राति करिब […]

दशैंका लागि अनलाइनबाट पनि अग्रिम टिकट बुकिङ गर्न सकिने

 ८ आश्विन काठमाडौं – यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ । गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बिहीबारको बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुन्यप्रसाद सिटौला (सरोज)ले असोज […]

म्याद सकिएका औषधि र खाद्यान्न बेचे कडा कारबाही गर्ने : गृहमन्त्री खाण

८ आश्विन काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले म्याद सकिएका औषधि र खाद्यान्नलगायत विक्री वितरण गरिएको पाइएमा कडा कारबाही गरिने बताउनुभएको छ । बजार अनुगमनसम्बन्धी गृह मन्त्रालयमा बिहीबार बसेको बैठकमा उनले म्याद गुर्जेका औषधि र खाद्यान्नलगायत सामग्री विक्री वितरण गरेको भेटिएमा कडा कारबाही गर्न निर्देशन दिनुभएको हो । ‘नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु […]

राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ

८ आश्विन काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गर्नुभएको छ। बिहीबारको राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएपछि उहाँले रुलिङ गर्नुभएको हो। एमालेले संसद्को अधिवेशन प्रारम्भ भएदेखि नै प्रतिनिधि सभासँगै राष्ट्रिय सभामा पनि अवरोध गर्दै आएको छ । एमालेले प्रतिनिधिसभाका […]

“त्यो बादल हिजोको साथी अहिले त सम्झिँदा पनि तैट ! एलर्जी हुन्छ” : प्रचण्ड

७ अश्विन, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू बिग्रिएकोले सच्चिन तयार रहेको बताउनुभएको छ । पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग ९वाईसीएल० नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले आफूलाई पहिले सच्याएमा रुपान्तरण हुने बताउनुभएको हो । म अरुलाई धेरै भन्दिनँ । बिग्रिएको मै हुँ । अब म सच्चिन्छु । अरु […]

बैंशाखभित्र सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप पुर्याउने : प्रधानमन्त्री

७ अश्विन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैंशाखभित्र सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । विहीबार काठमाडौंमा हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले सरकार सबै नागरिकलाई खोप प्रदान गर्न प्रतिवद्ध रहेको भन्दै बैंशाखभित्र सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने योजना रहेको बताउनुभएको छ । उहाँले नेपालको संविधानमा प्रत्याभूत […]

प्रहरीको नाममा रकम असूल्ने थापा पक्राउ

७ अश्विन, रौतहट – प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) उमेश रंजितकारको नाममा पैसा उठाएको आरोपमा रौतहट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ बस्ने शुसिला थापा रहेकी छिन् । थापाले रौतहटको गरुडा नगरपालिकाको विर्तामा रहेको प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिन भन्दै पर्सा मणिपुरका उदास […]

“ओली हिन्दू अतिवादी हुन्” : प्रचण्ड

७ अश्विन, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दू अतिवादी भएको आरोप लगाउनुभएको छ । बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको कार्यक्रममा उहाँले ओली मार्क्सवादी नभएको जिकिर गर्नुभयो । ओली प्रवृत्तिबारे आफूले तत्कालीन नेकपामा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेको भन्दै प्रचण्डले भन्नुभयो, ‘ओली प्रवृत्ति […]

राजधानीमा आइतबारदेखि विद्यालय खोल्न पाइने

७ अश्विन, काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ । आउँदो आइतबारदेखि काठमाडौंमा विद्यालयहरू खोल्न पाउने निर्णय भएको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो । बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो । आइतबारदेखि विद्यालयहरू खोल्न दिने निर्णय भएको छ, उहाँले भन्नुभयो त्यसको लागि २७ वटा मापदण्ड अनिवार्य […]

“ओलीजति बुद्धि नभएको नेता मैले कोही पनि देखेको छैन्” : प्रचण्ड

७ अश्विन, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पछिल्लो समय प्रतिक्रान्तिको डिजाईन गरिएको भएपनि आफहरुले त्यसलाई परास्त गरेको बताउनुभएको छ । वाईसिएल नेपालको दोस्रो पाँचखाल नगर सम्मेलन काभ्रेमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केपी ओलीलाई भगौडाको संज्ञा दिनुभयो। उहाँले भन्नुभयो ,‘हामीमाथि दमन गर्ने उद्देश्यले प्रतिक्रान्ति गर्न […]