Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

गगन थापाको आक्रोश : नेताले आदेश दिए पुग्छ,सजिलै सर्छ अधिवेशन ?

८ आश्विन काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसका नेता गगन थापाले काँग्रेस नेतृत्व प्रति आक्रोश पोख्नुभएको छ । काँग्रेस अधिवेशनको मिति सर्ने भन्ने विषयलाई लिएर सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उहाँले आक्रोश पोख्नुभएको को हो। उहाँले लेख्नुभएको छ, ‘बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने’ ! साथै नेता थापाले कहिल्यै विधिमा चल्नु नपर्ने ? […]

गरिबी र भोकमरीबाट जनताको जीवन जोगाउन नेपालको गरिबमुखी नीति छ : प्रधानमन्त्री देउवा

८ आश्विन काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरिबमुखी एवं समावेशी नीति अङ्गीकार गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा महासचिव एन्टोनियो गुटरेसले आज आयोजना गरेका खाद्य व्यवस्था सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका साथै कोरोना महामारीले […]

तेस्रो धारका नेताहरुले एमाले बैठक बहिस्कार गर्ने

८ आश्विन काठमाडौं – एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनीहरुले एकता प्रस्तावको अक्षरशस् पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् । विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्तावेजमाथि छलफल गर्न […]

नारायहिटीमा सिसा फुटाएर श्रीपेच चोर्न खोज्नेलाइ सेनाले लियो नियन्त्रणमा

८ आश्विन,काठमाडौं – नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न लागेका एकजनालाई नेपाली सेनाले पक्राउ गरेको छ । शुक्रवार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोरी गर्न खोजेका थिए । तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको थियो । सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको […]

प्रचण्ड र बादलको चुनावी भिडन्त हुनसक्ने

८ आश्विन, भरतपुर – कुनैबेला दश वर्ष लामो माओवादी ‘जनयुद्ध’ का सहकर्मी पुष्पकमल दाहालछैन प्रचण्ड र रामबहादुर थापा बादल एक अर्काका कटु आलोचक हुनुभएको छ । दुवै फरक दलमा मात्र हुनुहुन्न एक अर्कालाई राजनीतिक रुपमा परास्त गर्न लागिपरिरहनुभएको छ । प्रचण्डले हिजो एक कार्यक्रममा बादलको नामै सुन्न मन नलाग्ने बताउनुभयो। उहाँले केही महिना अघि बादललाई गद्दार भनेका […]

प्रचण्डसँग लड्न सक्छु : बादल

८ आश्विन,काठमाडौं – नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले आगामी चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफू चुनाव लड्न सक्ने बताउनुभएको छ । प्रेस चौतारी चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले पार्टीको निर्णय भए प्रचण्डविरूद्ध चुनाव लड्न सकिने उनले बताउनुभएको हो । चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्छ, त्यो […]

मकवानपुरबाट अफिमसहित एकजना पक्राउ

८ आश्विन,मकवानपुर  – प्रहरीले २ किलो १०० ग्राम लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका-२ भैसेका २१ वर्षीय राजन मुक्तान रहेका छन् । आज बिहान ९ बजेको समयमा प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २ किलो १०० ग्राम लागुऔषध अफिम बरामद […]

राष्ट्रियसमा अघि बढ्यो बजेटसँग सम्बन्धित दुई विधेयक

८ आश्विन,काठमाडौं – राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा एमालेको विरोधका बीच बजेटसँग सम्बन्धित दुई विधेयक अघि बढाएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमाले संसदीय दलका नेता खिमलाल देवकोटाले आफूहरुको विरोध कायमै रहेको बताए । सभाध्यक्ष गणेश तिमल्सिनाले आर्थिक विधेयक अगाडि नबढाउँदा सिंगो राष्ट्र ठप्प हुने स्थिति रहेको बताउनुभयो । एमालेकै अवरोधका बीच अगाडि बढाउन राम्रो […]

गैंडाको खागसहित एक जना पक्राउ

८ आश्विन,काठमाडौं – गैंडाको खागसहित प्रहरीले काठमाडौंको गौशालाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संरक्षित वन्यजन्तु गैंडाको खागसहित ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार पक्राउ गरेको हो । गौशालाको तिलगंगा क्षेत्रमा गैंडाको खाग तथा आखेटोपहारको अवैध ओसारपसार र बेचबिखन गर्न लागेको सूचनाको आधारमा उनलाई ४५ ग्रामको खागसहित […]

एमाले बैठक : विधान महाधिवेशनलाई मर्यादितरुपमा सम्पन्नगर्न अध्यक्ष ओलीको आग्रह

८ आश्विन,काठमाडौं – नेकपा (एमाले) को आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि तयार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकको आरम्भमा मन्तव्यसहित अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । बैठकमा साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको […]