Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक

८ आश्विन,काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु भएको बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल हुनेछ । यद्यपि कतिपय नेताहरुले बैठक अघि मात्र दस्तावेजहरु पाएका छन् । साथै स्थायी कमिटीमा भएको छलफलका आधारमा प्रस्तावहरुमा संशोधन नभएकाले आजको […]

१३ जिल्लाको क्रियाशील विवाद आजै टुंग्याउने कांग्रेसको सहमति

८ आश्विन,काठमाडौं – नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यताको विवाद आजै टुंग्याउने भएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बसेको पदाधिकारी बैठकले १३ जिल्लामा देखिएका विवाद आजै टुंग्याउने सहमति गरेको हो । सहमहामन्त्री प्रकाशशरण महतका अनुसार १३ जिल्लामा देखिएका क्रियाशील सदस्यता विवाद आजै टुंग्याउने सहमति भएको छ। ‘आज १३ जिल्लाको क्रियाशील सदस्यता टुंगो […]

एभोकाडो चोरेको आरोपमा नयाँबानेश्वरबाट १२ जना पक्राउ

८ आश्विन,काठमाडौं – पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ परेका छन् । नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको घरबाट यही असोज १ गते एभोकाडो चोरी भएको थियो । त्यसपछि बानेश्वर प्रहरी र अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा १२ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा रामेछापका सन्जिव खड्का, मकवानपुरका रोज राई, काभ्रेका […]

बालबालिकाका लागि दशैँ अगावै खोप : मन्त्री श्रेष्ठ

८ आश्विन,काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताउनुभयो । बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ । उहाँले भन्नुभयो, […]

ब्राउनसुगरसहित तीन पक्राउ

८ आश्विन, झापा – झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक होटलबाट […]

सुनको मूल्य घट्यो

८ आश्विन, काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य रु ६०० ले घटेकोे छ । छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । […]

माओवादी सँग पार्टी एकता गर्दैनौं : डा.भुषाल

८ आश्विन, काठमाडौं –  नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव डा.वेदुराम भुषालले नेकपा (एमाले) ले नीति र विचारको हिसाबले गलत बाटोमा गएपछि आफूहरुले विद्रोह गरेको स्पष्ट पार्नुभएको छ । तर, एमाले नफुटाएको उहाँको दाबी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले एमाले र आफूहरुको पार्टीमा […]

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

८ आश्विन काठमाडौं – सुनसरी दुहबी नगरपालिका २ स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बुढीगंगा ७ का ५० का आशराम माझी हुहुहन्छ। आज बिहान सँवा ८ बजे बिराटनगर आऊँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो क्रश गर्न लागेको को ३४ प ९०६७ नम्बर को मोटरसाईकललाई […]

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

 ८ आश्विन काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ । अहिले विहान ११ बजे च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमाबैठक बस्न सुरु हुन लागेको हो । एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने छ । […]

परराष्ट्रमन्त्री खड्का महासभामा भाग लिन न्युयोर्कमा

 ८ आश्विन काठमाडौं – पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्नुभएको छ । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गर्नुभएको न्युयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले […]