समाचार
मन्त्री छान्न र महाधिवेशनको छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक
आश्विन ६ काठमाडौं – प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको छ। निजी निवास बूढानिलकण्ठमा आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्नेछ। सत्तारूढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति गरेको थियो। परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको छ। परराष्ट्रमन्त्री कसलाई बनाउने र आसन्न १४ औं महाधिवेशन […]
सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई बोलायो फिर्ता
५ आश्विन, काठमाडौँ – सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
“भ्रष्टाचारीहरुको पैसा कसैले हिफाजत गरिदिँदैन्” : अध्यक्ष ओली
५ आश्विन, काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका गलत कामहरुको भण्डाफोर गर्न अनेरास्ववियुका नेता-कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अनेरास्ववियुको पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘लोकतन्त्र, केही मान्छे शासनमा पुग्ने प्रणालीमात्रै होईन, लोकतन्त्र भनेको त जनताको अधिकार सुरक्षित […]
कार दुर्घटनाहुँदा नायिका ईश्वरीको निधन
५ आश्विन, एजेन्सी – भारतको पुणेमा बस्ने मराठी नायिका ईश्वरी देशपाण्डे र उनका साथी शुभम डेगेको गोवामा गहिरो पानीमा डुबेका कारण निधन भएको छ । प्रहरीले दुबैको शव सोमबार उत्तरी गोवाको अरपोरा इलाकामा गहिरो पानीमा डुबेको कारभित्र भेटेको थियो । ईश्वरीको पहिलो मराठी फिल्म रिलिज हुने तयारीमा थियो । २५ वर्षीय नायिका तथा उहाँका २८ […]
पछिल्लो २४ घण्टामा १ हजार ८३० जना कोरोनामुक्त
५ आश्विन, काठमाडौँ – मुलुकभर पछिल्लो २४ घण्टामा १८३० जना कोरोनामुक्त भएकाछन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८३० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५४ हजार ४००० पुगेको छ । २४ घण्टामा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको […]
मैले यसरी पदक बाँडेको भए वुद्धिजीविहरुले के भन्थे ? ओली
५ आश्विन, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रत्नपार्कमा बसेर बाँडेझैं पदक बाँड्दा पनि बुद्धिजीवि, नागरिक समाज सबै मौन बसेको आरोप लगाउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले यदि पदक बोल्न जान्थ्यो भने नारा लगाउने र आँखा हुन्थ्यो भने धरधरी रुन्थ्यो भन्नुभएको छ । ‘म प्रधानमन्त्री भएको बेला यसो गएको भए अहो […]
फेरि पछाडि धकेलियो मन्त्रिपरिषद् विस्तार
५ आश्विन, काठमाडौँ – माधव नेपालको पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धन दलहरूको योजना सर्वोच्च अदालतका कारण फेरि पछाडि धकेलिएको छ । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकोमा सर्वत्र आलोचना भइरहेकै बेला अदालतले यसलाई थप लम्ब्याएको हो । सत्ता गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा दायर रिट निवेदनका सम्बन्धमा अदालतको आदेश आएपछि मन्त्रिपरिषद् विस्तार […]
राज कुन्द्रा जेलबाट बाहिरिएको पहिलो तस्वीर सार्वजनिक
५ आश्विन, एजेन्सी – राज कुन्द्रा जेलबाट बाहिर आएको पहिलो तस्वीर सार्वजनिक भएको छ । अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा जेलबाट बाहिर आएका छन् । ६४ दिनपछि उनी आफ्नो परिवारका सदस्यहरुलाई भेटेका छन् । उनलाई मुम्बई क्राइम ब्रान्चले १९ जुलाईमा पोर्नोग्राफीको मुद्दामा पक्राउ गरेको थियो। राज कुन्द्रा जेलबाट बाहिर आएसंगै भारतीय मिडियाले उनीहरुलाई घेरे […]
कुलमानलाई काम गर्ने बाटो खुल्यो
५ आश्विन, काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै कुलमानलाई काम गर्ने बाटो खुलेको छ । सरकारले २७ साउनमा हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । शाक्यलाई भने उर्जा आयोगको सचिव सरहको पूर्ण सदस्य नियुक्त […]
भुवन केसी नभएको भए फिल्म क्षेत्र जमानामा बन्द भैसक्थ्योः शिव श्रेष्ठ
५ आश्विन, काठमाडौँ – नेपाली चलचित्रका सफल नायक शिव श्रेष्ठले अर्का नायक भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्ने बताउनुभएको छ । नायिका गौरी मल्ललाई ‘महानायिका’ भन्दै शिव श्रेष्ठले घुमाउरो शैलीमा भुवनलाई ‘महानायक’ बताउनुभयो । उहाँले भन्नुभयो –‘नेपाली चलचित्रको सुपरस्टार भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्थ्यो ।’



