Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

समाचार

काठमाडौंबाट हुण्डीको ९१ लाख नगद सहित ४ जना पक्राउ

२६ साउन, काठमाडौँ – काठमाडौंको गणबहालबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र अर्जुन चौलागाईं छन् । हुण्डी कारोबारका मुख्य आरोपी तनुज अग्रवाल रहेको महानगरीय […]

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमित बढे

२६ साउन, काठमाडौँ – जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनले आज पत्रकारसँग भर्चुअल माध्यमबाट आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सो सम्बन्धी तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यालयका अनुसार गत फागुनमा ९६ जना सङ्क्रमित रहेकोमा क्रमशः बढेर वैशाखमा सो सङ्ख्या चार हजार १७७ पुगेको थियो । वैशाखमा निषेधाज्ञा […]

काठमाडौँ उपत्यकामा बेलुकी आठ बजेपछि रातिको समयमा गाडी चलाउन नपाइने

२६ साउन, काठमाडौँ – उपत्यकामा बेलुकी आठ बजेपछि रातिको समयमा गाडी चलाउन नपाइने भएको छ । काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आउँदो बिहीवारदेखि लागू हुने गरी थप गरेको निषेधाज्ञामा अत्यावश्यकबाहेकका नीति तथा सार्वजनिक गाडीहरू बेलुका आठ बजेपछि सञ्चालन गर्न रोक लगाएका हुन् । यस्तै स्थानीय ढुवानीका साधनहरू बिहान नौ बजेदेखि ११ बजेसम्म र […]

गौरिकाले खोपिन् ओलम्पिकको रिङको ट्याटू

२६ साउन, काठमाडौँ – गौरिका सिंहले आफ्नो शरीरमा ओलम्पिकको रिङको ट्याटू खोपेकी छिन् । हालै मात्र सम्पन्न टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी गौरिकाले प्रतियोगिता लगत्तै ट्याटू बनाएकी हुन् । सामाजिक सञ्जालमा ट्याटू खोपेको भिडियो सेयर गर्दै गौरिकाले राम्रो ट्याटू बनाइदिएकोमा खुसी व्यक्त गरेकी छन् । जापानको टोकियोमा आयोजना भएको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी […]

दार्चुला तुइन घटना : छानबिन समिति बैतडी प्रस्थान

२६ साउन, काठमाडौँ – महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठदिन पछि यहाँबाट फर्र्किएको छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता हुनुभएको थियो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन् । समितिले बैतडी […]

मैलुङ खोलाको आइपीओ बाँडफाँट

२६ साउन, काठमाडौं – मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ६८ हजार ४७४ जनाले सेयर पाएका छन् । जसमध्ये ६८ हजार ४६८ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले सर्वसाधारणलाई ६ लाख ८४ हजार ७४६ कित्ता सेयर बाँडफाँट गरेको हो । […]

मेसीले चाहेनन् नेइमारको जर्सी खोस्न, पीएसजीमा मेस्सीलाई ३० नम्बर जर्सि

२६ साउन, एजेन्सी – खेलाडीको स्थानान्तरणको समय चर्चामा आउने एउटा विषय जर्सी नम्बर पनि हो । प्रायः एउटा खेलाडीले आफ्नो पुरानो क्लबमा लगाइरहेको जर्सी नयाँ क्लबमा अर्कैले लगाइरहेको हुन्छ । र, पिएसजीमा पनि लियोनलस मेसीका हकमा यस्तै भइरहेको छ । हुन त मेसी र पिएसजीबीच अन्तिम सम्झौता हुन बाँकी नै छ । तर, अहिल्यै जर्सी […]

लोक सेवा आयोगको विज्ञापन तत्काल अघि नबढाउन सर्वोच्चको आदेश

२६ साउन, काठमाडौँ – सर्वोच्च अदाललते लोक सेवा आयोगले सङ्घको शाखा अधिृकतमा पदका लागि गरेको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासले २०७६ माघमा ५६० र २०७७ माघमा ११४ गरी ६७४ रिक्त पद पूर्तिका लागि आयोग गरेको विज्ञापन अघि नबढाउन […]

एमालेमा अब प्यानल बनाउन नपाइने

२६ साउन, काठमाडौँ – नेकपा (एमाले)को महाविधेशनमा अब प्यानल बनाउन नपाइने भएको छ। केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई पारित गर्दै अबदेखि हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने व्यवस्था गरेको छ। यसअघि पार्टीको आठौँ र नवौँ महाविधेशनमा प्यानलगत रुपमा उम्मेदवारी दर्ता गराएर निर्वाचन भएको थियो। यसले गर्दा महाधिवेशनमा गुटगत […]

प्रेमीको घरमा गएर प्रेमिकाले गरिन् आत्महत्या

२६ साउन, काठमाडौँ – उदयपुरको त्रियुगा नगरपालिका–३ मा ठाँडी घर भएका विष्णु देव पंजियार र वेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरी ‘महावती’ प्रेम सम्बन्धमा थिए । डेढ वर्षदेखि चलेको उनीहरूबीचको प्रेम सम्बन्ध वियोगान्त बनेको छ । साउन २३ मा विष्णुदेवको घरमा गएकी सावित्राले भोलिपल्ट प्रेमीको घरमा आत्महत्या गरिन् । घरको बलोमा सलले पासो लागेर उनले […]