Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

समाचार

दोरम्बा प्राथमिक अस्पताल परिसरमा गाँउपालिका अध्यक्षद्वारा बृक्षरोपण

सिंहराज योन्जन २५ असार, रामेछाप – दोरम्बा प्राथमिक अस्पतालको परिसरमा दोरम्बा गाँउपालिका अध्यक्षको नेतृत्वमा वृक्षरोपण गरिएको छ । अस्पताल वरिपरि दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह तामाङको नेतृत्वमा विभिन्न प्रकारको बोट बिरुवा रोपिएको हो । उक्त अस्पताल वरिपरि रहेको सल्लाको रुखलाई हटाएर चिया, एबोगार्ड, कटुस जस्ता धेरै प्रकार ८ सय भन्दा बढी बिरुवा रोपिएको छ । उक्त […]

जाजरकोटको सडक डिभिजन रुकुममा

२५ असार काठमाडौँ -चार जिल्लाको काम गर्ने गरि जाजरकोटमा तोकिएको सडक डिभिजन कार्यालय पश्चिम रुकुमको चौरजहारीमा कायम भएको छ । नेताहरुको उदासिनताका कारण संघिय सरकारले जाजरकोट तोकेको कार्यालय समेत चौरजहारी सरेको हो । जाजरकोटका नेताहरुको उदासिनताको फाइदा उठाउँदै पश्चिम रुकुमका नेताहरुको दवावमा चौरजहारीमा नै स्थायी रुपमा सडक डिभिजनको कार्यालय कायम भएको हो । यस अघि […]

चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप

२५ असार, काठमाडौं – चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल फर्किएको छ।​ चालक दलका १२ सदस्यसहित बेइजिङ गएको जहाज बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। […]

लागुऔषध गाँजा र ब्राउनसुगरसहित एकै दिन चार पक्राउ

२५ असार, सिरहा – प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा गए राति खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा साढे छ किलो गाँजा […]

टिमुर खेतीमा किर्षक आर्कशीत

२५ आसर, काठमाडौँ पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । चार वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका कृषक टिमुरको व्यवसायिक खेतीतर्फ आकर्षित बनेका हुन् । परम्परागत मकै र कोदो खेती गर्दा उत्पादनभन्दा लागत बढी हुने र प्राकृतिक प्रकोपका साथै जङ्गली जनावरले समेत नोक्सान गर्ने हुँदा […]

पहिराेमा पुरिएको ११ घण्टापछि शव फेला

२५ असार, तनहुँ – तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी […]

पूर्व राजाको जन्मोत्सवमा वृक्षारोपण र रक्तदान कार्यक्रम

२५ असार, सुनसरी – इनरुवा नागरिक समाजका अगुवाहरुले पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ७५ औं शुभ जन्मोत्सवको उपलक्षमा संदेशमुलक कार्यक्रम गरी सम्पन्न गरेका छन् । आफ्नै रोजगारी र श्रममा व्यस्त नागरिक समाज, सुनसरीले असार–२३ गते विद्यालय, मन्दिर लगायतका सार्वजनिक स्थानमा विभिन्न प्रजातिका २०० विरुवा रोपेका छन् । यसै गरी असार–२४ गते ४१ जनाले रक्तदान […]

अध्यक्ष शर्माद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

२४ असार, काठमाडौं– समाजसेवी संगीता शर्माले जन्मदिनको अवसर पारेर फोक्सो क्यानसर उपचाररत कमल रोकायालाई सहयोग गर्नुभएको छ । समाजसेवी शर्माले काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत कमल रोकायालाई जन्मदिनको अवसरमा १५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । शर्माले यस वर्ष मात्र नभएर हरेक वर्ष आफ्नो जन्मदिन वृद्धाश्रम तथा बालआश्रममा पुगेर मनाउने गरेको बताउनुभयो । पछिल्लो समय जन्मदिनमा […]

सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफः मन्त्रीपरिषद्को गठन र चयनसम्बन्धी विषय स्वविवेकीय

२४ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको गठन र चयनसम्बन्धी विषय संविधानले प्रधानमन्त्रीको स्वविवेकको आधारमा रहने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटनपछि गरिएको मन्त्रिमण्डल हेरफेर र कार्यविभाजनमा सर्वोच्चले रोक लगाउनु संविधानविपरित रहेको बताउँदै यसो बताएका हुन् । मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको मागबमोजिम लिखित जवाफ पठाउँदै उनले कार्यपालिकाको प्रभावकारितामा नै असर पर्ने […]

१८७५ नयाँ संक्रमित थपिदाँ १२८६ संक्रमणमुक्त

२४ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल १० हजार ५०४ जनको पीसीआर तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार […]