समाचार
नेपाल भित्रियो मनसुन, एक÷दुई दिनभित्रै देशैभर फैलिने
२८ जेठ, काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनको आगमन भएको जनाएको छ । महाशाखाले बुलेटिन प्रकाशित गर्दै बंगालको खाडी आसपास बिकशित भएको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भूभागहरुः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन भइसकेको जनाएको छ । यस्तै महाशाखाले एक दुई दिन भित्रै देशैभर मनसुन सक्रिय फैलिने बताएको छ । […]
निषेधाज्ञा उल्लंघन गर्ने ३८ सय ४२ सवारी कारवाहीमा
२८ जेठ, काठमाडौं– प्रहरीले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८ सय ४२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ हजार २ वटा गाडी र २ हजार ८ सय ४० वटा मोटरसाइकल रहेका छन् । यस्तै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको […]
अवैध लागूऔषधसहित एक पक्राउ
२८ जेठ, काठमाडौं– कञ्चनपुरको बेलडाडी गाउँपालिका–२ स्थित बेलडाँडी बजारबाट अवैध लागू औषध सहित एक जनालाई पक्राउन गरेको छ । प्रहरीले १ ग्राम ५ सय ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ बस्ने २८ वर्षीय दिपक सिह ठकुराठीलाई रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय […]
तुलसीपुरमा कुलोको विषयमा विवाद हुँदा गोली चल्यो
२८ जेठ, काठमाडौं– तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित गहतेखोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका हुन् । उनले चलाएको गोली कसैलाई पनि लागेन । उनले भारतबाट पेस्तोल ल्याएको बुझिएको प्रहरी नायब उपरीक्षक […]
पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु
२८ जेठ, काठमाडौं– धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, […]
दाङको तुलसीपुरमा गोली चल्यो, दुई जना पक्राउ
२८ जेठ, काठमाडौं– दाङको तुलसीपुरमा एक जनाले पेस्तोलबाट गोली चलाएका छन् । प्रहरीले हवाइ फायर गर्नेलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कर्यालय दाङले जनाएको छ । प्रहरीले गोली चलाएको आरोपमा एक जनालाई पेस्तोलसहित पक्राउ गरेको हो भने अर्का एक जनाले बाइकमा भाग्न सहयोग गरेका कारण प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर ८ टिकरीका २४ […]
७७ जिल्लामा गृहको परिपत्र ः आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन
२८ जेठ, काठमाडौं– गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उहाँकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ […]
उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, केही खुकुलो हुन सक्ने
२८ जेठ, काठमाडौं– काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि जारी रहेको निषेधाज्ञा फेरि थप्ने तयारी गरिएको छ। उपत्यकामा कोरोना सङक्रमण घटेपनि जोखिम अझै बढी रहेकोले निषेधाज्ञा लम्बिन सक्ने बताइएको छ । लकडाउन के गर्ने भन्ने बारेमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल भइरहेको छ। यसअघि बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल […]
दुर्घटना पछि दर्दनाक अवस्थामा रहेकी अभिनेत्री निशाको नर्भिकले निशुल्क उपचार गर्ने
२८ जेठ, काठमाडौं– नर्भिक अस्पतालले अभिनेत्री निशा घिमिरेको निशुल्क उपचार गर्ने भएको छ । दुर्घटनामा परी ओछ्यान परेकी उनको उपचार निशुल्क गरिदिने घोषणासँगै अस्पतालले बिहिबारदेखि नै उनको उपचारको प्रक्रिया सुरु गरेको छ । अभिनेत्री घिमिरे दुर्घटनामा परेर विगत तीन वर्षदेखि उपचार पाउन सकेकी थिइनन् । निशाले उपचार नपाएको जानकारी सञ्चार माध्यममा प्रकाशित भएपछि नर्भिक अस्पतालकी […]
बालुवाटारमा प्रदर्शन गर्ने तयारी गर्दै गर्दा नागरिक अगुवा पक्राउ
२८ जेठ, काठमाडौं– प्रहरीले वालुवाटारमा प्रदर्शनमा उत्रिएका वृहत नागरिक समाजका अगुवालाई नियन्त्रणमा लिएको छ। वालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनरत २० जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले वृहत नागरिक समाजका नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीसहित २० जनालाई नियन्त्रणमा लिएको हो । नागरिक अगुवाहरुले चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा […]



