समाचार
कोभिडको बहानामा बजारमा कृत्रिम अभाव
१५ बैशाख, काठमाडौँ – कोभिडको बहानामा बजारमा कृत्रिम अभाव सृजना गरिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि बिहीवारदेखि २ साता निषेधाज्ञा लगाउने निर्णय गरेपछि बजारमा सामान किन्नेको भीड लागेको छ तर दैनिक उपभोग्य सामग्रीहरू चामल, दाल, चिनी आदिको अभाव देखिएको छ । दुई साता अघिसम्म थोकविक्रेताले अग्रिम सामान पठाएर भुक्तानीपछि लिन पनि मान्ने गरेका थिए […]
अक्सिजन सिलिन्डरको अभाव
१५ बैशाख, काठमाडौँ – गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ । मन्त्रालय सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार सिलिन्डर ल्याउन कूटनीतिक प्रयास जारी रहेको छ । ‘नेपालमा सिलिन्डर बन्दैन, यदि सिलिन्डर किनेर घरमा राखियो भने भर्ने भाडा बजारमा नभेटिन सक्छ,’ उनले भने, ‘मार्केटमा भएका सिलिन्डर […]
सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द
१४ बैशाख काठमाडौँ – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली अनिश्चितकालसम्मका लागि बन्द गरेको छ । कोभिड–१९ महामारीका कारण यही वैशाख १६ गतेदेखि लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द गरिएको विभागले जनाएको छ । अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जनाएका छन् ।
मुलुकभर ४ हजार ५२४ जना नयाँ कोरोना संक्रमित थपिए, १८ को मृत्यु
१४ बैशाख, काठमाडौँ – नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६८१ जनाको आरटी–पीसीआररएन्टिजेन परीक्षण गर्दा ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार […]
अक्सिजन सिलिन्डर आयातमा सहजीकरण गर्न माग
१४ बैशाख,काठमाडौँ – कोरोना सन्त्रास बढ्दै गए आवश्यक पर्ने अक्सिजनको आपूर्ति प्रणालीमा समस्या आउने भन्दै अक्सिजन उत्पादक कम्पनीका सञ्चालकले तत्काल सिलिन्डर आयातमा सरकारी सहजीकरणको माग गरेका छन् । अक्सिजन नेपालमै उत्पादन हुने भए पनि भर्नका लागि आवश्यक पर्ने सिलिन्डर भारत र चीनबाट आयात हुने गरेकाले तत्काल आवश्यक पर्दा समस्या नहुने गरी समयमै सिलिन्डर आयातमा सहजीकरणको […]
घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन
१४ बैशाख, काठमाडौँ – प्रदेश–१ सामाजिक विकासमन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन गरेकी छन् । उनले प्रदेश–१ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेकी हुन् । कार्यदलमा प्रदेश योजना आयोग सदस्य मीना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाइँ, प्रदेश कृषि निर्देशनालयका […]
उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने
१३ वैशाख, काठमाडौं – काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले अब उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ ।
काठमाडौं उपत्यकामा वैशाख १६ गते विहानदेखि एक साताको ‘लकडाउन’ (आदेशसहित)
बैशाख, काठमाडौँ – काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् । साथै, प्रशासनले निषेधाज्ञा अवधीभर […]
आन्तरिक उडान बन्द गर्ने तयारीमा प्रधिकरण
१३ बैशाख,काठमाडौँ – नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरिक उडान सबै बन्द गर्ने जनाएको छ । बैशाख १७ गते देखी आन्तरिक उडान बन्द गर्ने गरि तयारी भईरहेको प्रधिकरणका प्रवक्ता राज कुमार क्षेत्रीले जानकारी दिनुभयो । प्रधिकरणले हाल अन्तर्राष्ट्रिय उडान तत्कालका लागि बन्द नगर्ने भएको छ । काठमाण्डौँ उपत्यकाका ३ जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आगामी […]
टुल्कु लोसाङनाम्गेल रिम्पोछेद्धारा सैलुङ ज्याङछ्युब छ्योर्तेनमा सोक्सिङ राखियो
१३ बैशाख,काठमाडौँ – दोलखा र रामेछापको संगमस्थल सैलुङमा निमार्णधीन अवस्थामा रहेको सैलुङ ज्याङछ्युव छ्योर्तेनमा सोक्सिङ राखिएको छ । । श्रद्धेय धर्मगुरु टुल्कु लोसाङनाम्गेल रिम्पोछे, खेन्पो सर्वजीत गोङ्बा, सिद्ध लामागुरुहरु, स्थानीय लामाहरु, स्थानीयबासीहरु र श्रद्धालु भक्तजनहरुको समुपस्थितिमा सोक्सिङको शुद्धीकरण (ढुप्स्याक) पूजा गरी छ्योर्तेको गर्भगृहको माथिल्लो सतहको बीचमा पारी प्रतिस्थापन गरेको हो । छ्योर्तेन (बोधिचैत्य)को मेरुदण्डको रुपमा […]



