समाचार
निषेधाज्ञामा पेट्रोलपम्प खुलै रहने
१६ बैशाख, काठमाडौँ – निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् । निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई […]
मौसम एक्कासी परिवर्तन, दिउँसै अध्यारो हेडलाई बालेर गुड्दै सवारी
१६ बैशाख, काठमाडौँ – मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकासहित आसपासका पहाडी भेगमा अहिले मेघगर्जनसहित पानी परिरहेको छ। बिहीबार बिहान खुलेको मौसम मध्यान्हपछि बदली हुँदै गएकोमा दिउँसो २ बजेदेखि पानी पर्न थालेको हो। काठमाडौंसहित देशका पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानहरुमा मेघगर्जन, चट्याङसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]
चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द
१६ बैशाख, काठामाडौँ – यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको जनाएको छ । विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्काल लागि सेवा स्थगन गरेको हो । […]
निषेधाज्ञामा खाद्य कम्पनीका चार बिक्री केन्द्र खुल्ने
१६ बैशाख, काठकमाडौँ – सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञा अवधिभर उपत्यकाका चार वटा बिक्री केन्द्रमार्फत खाद्यान्न बिक्री गर्ने भएको छ । निषेधाज्ञमा बजार मूल्यमा हस्तक्षेप गर्न थापाथली, नख्खु, रामशाहपथ र सूर्यबिनायक बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने निर्णय भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन् । रामशाहपथ र सूर्यबिनायक […]
पूर्वरानी शाह आइसियूमा, हाईफ्लो अक्सिजनको सपोर्ट
१६ वैशाख, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो । श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्यमा समस्या नदेखीएको नर्भिक अस्पतालले भनेको छ । […]
पुल बनाउँदै गर्दा त्रिशूली नदीमा खसेकामध्ये थप दुई जनाको ज्यान गयो
१६ बैशाख, काठमाडौँ – ठिमुरा र तनहुँको देवघाट जोड्ने पुलको निर्माणका क्रममा पुलसँगै त्रिशूली नदीमा खसेकामध्ये थप दुई जनाको ज्यान गएको छ । बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ भने अर्का एक जनाको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो । वैशाख १२ गते पुलको ट्रस मिलाउने क्रममा ट्रससँगै नदीमा खसेर एक मजदुरको ज्यान […]
पूर्वप्रधानमन्त्री भट्टराईले वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गर्ने
१६ बैशाख, काठमाडौँ – पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज अस्पताल भर्ना हुनु भएको छ । भट्टराईको न्युरो(इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गर्न लागिएको हो। काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्नेछन्। यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए। त्यहाँ परीक्षण गर्दा […]
आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा : के गर्न पाइन्छ, के पाइँदैन ?
१६ बैशाख काठमाडौँँ – काठमाडौँ उपत्यकामा आज ९१६ गते०देखि २२ गते मध्यरातसम्मका लागि निषेधाज्ञा लागू भएको छ । सोमबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– यो आदेशको पालना गर्नु(गराउनु सबै व्यक्ति, सङ्घसंस्था र पेशाकर्मी, व्यवसायी एवम् आम नागरिकको कर्तव्य हुनेछ र […]
एकैदिन थपिए ४८ सय बढी कोरोना संक्रमित
१५ बैशाख, काठमाडौँ – आज नेपालमा एकैदिन ४८ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जना कोरोना संक्रमित थपिएका हुन। १३ हजार ८ सय ७० जनाको पिसीआर परिक्षणमा ४ हजार ७ सय ७४ र ९ सय ५५ जनाको एन्टिजेन परिक्षण गर्दा १२३ […]
भोलिदेखि कस्ता सवारीलाई पास चाहिन्न, कस्ताले पास लिन के गर्ने ?
१५ बैशाख, काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले भोलि बिहीबारदेखि एकसाथ निषेधाज्ञा गरेका छन् । यो समयमा नीजि तथा सार्वजनिक सवारी आवागमन पूर्ण रुपमा रोक लगाइएको छ । विशेष प्रकृतीका सवारीलाई पास चाहिदैन तर विशेष परिस्थितीका लागि पास लिइर सवारी चलाउन पाइनेछ । जसका लागि प्रशासनले थप आदेश जारी गरेको छ। प्रमुख […]



