Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे तीन लाख राजश्व सङ्कलन

१३ बैशाख, काठमाडौँ – विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान शुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म रु तीन लाख ५२ हजार ४०० राजश्व सङ्कलन गरिसकेको छ । नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम तीन हजार ५२४ जनालाई कारवाही गरी […]

१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा, के के खुल्छन् ?

१३ बेशाख, काठमाडौँ – बैशाख १६ देखि उपत्यकामा लकडाउन (निषेधाज्ञा) गरिने भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ बैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बैशाख १६ गतेदेखि उपत्यकाका तीनवटै जिल्लामा लकडाउन गरिने जानकारी दिएका छन् । कोरोना संक्रमण तीव्र […]

प्रहरीले तपाईंको मास्क खै ? अभियान सञ्चालन

१३ बैशाख, काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी र महानगरीय प्रहरीको  संयुक्त पहलमा तपाईंको मास्क खै अभियान सञ्चालन  गरेको छ । प्रहरीले  यात्रु तथा सर्वसाधरणलाई मास्क चेकिङ सुरू गरिएको हो । सामुदायिक प्रहरीले जनहितमा जारी सन्देशसहित अभियान थालेको छ ।  बाहिरिने र प्रवेश गर्ने सवारीसाधन तथा सबै नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न अभियान […]

काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओको बैठक आज बस्दै

१३ बैशाख, काठमाडौँ – काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूले बैठक गर्न लागेका हुन्। कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर […]

यही दरमा सङ्क्रमित थपिँदै गए केही दिनमै अस्पतालमा ठाउँ पाइँदैन : मन्त्रालय

१२ वैशाख, काठमाडौं – अहिलेकै दरमा कोरोना सङ्क्रमितको संख्या थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयले सूचना प्रकाशित गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने जनाएको हो । जारी सूचनामा भनिएको छ, ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यहीँ गतिमा कोरोना […]

निर्माणाधिन पुलबाट त्रिशुलीमा खस्दा एक मजदुरको मृत्यु

१२ बैशाख, काठमाडौँ -चितवान ठिमुरा र तनहुँको देवघाट जोड्ने क्रममा निर्माणाधिन पुलबाट त्रिशुलीमा खस्दा एक मजदुरको मृत्यु भएको छ । । पुल निर्माणका लागी बनाएको खट भत्किँदा भारत घर भएका ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो । दुर्घटनामा परेर ७ जना मजदुर घाइते भएका छन् । भने घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवनका […]

कोरोनाविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन पार्टी कमिटीलाई एमालेको निर्देशन

१२ वैशाख, काठमाडौं । नेकपा एमालेले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन एमालेले निर्देशन दिएको हो । बैठकपछि एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्वारेन्टिन बनाउने, जिल्ला–जिल्लामा हेल्थ […]

नक्कली नेपाली नोट सहित ललितपुरबाट युवक पक्राउ

१२ बैशाख, ललितपुर – ललितपुरबाट नक्कली नोट सहित एक युवक पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित ग्वार्कोबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ सहित एक किशोरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावत छन् । महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको टोलीले रावतको साथबाट १ हजार […]

पर्यटक विकास परिषद् पहलमा पर्यटन व्यवसायी लगाए चिनियाँ खोप ‘भेरोसेल’

काठमाडौं । ठमेल पर्यटन विकास परिषदको पहलमा पर्यटन व्यवसायीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । परिषद्को पहलमा उपत्यकाका पर्यटन व्यवसायीले सो खोेप लगाएका हुन् । उपत्यकाका आठ हजार भन्दा बढी पर्यटन व्यवसायीले कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । पर्यटन व्यवसाय विपत समन्वय समितिका अनुसार परिषद्का सदस्य तथा त्यहाँ आवद्ध पर्यटन व्यवसायीहरूलाई खोप प्रदान गरिएको […]

परीक्षाका लागि विद्यालयको होस्टेलमा बसेकी बालिकाको अचानक मृत्यु

१२ बैशाख, काठमाडौँ – सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन लत्याउँदै परिक्षा संचालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्ने बालिकाको शनिवार अचानक मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका नयाँमिलमा रहेको प्यारामाउण्ट बोर्डिङ स्कुलमा १० कक्षामा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको विद्यालयले जनाएको छ। विद्यालयका सह […]