समाचार
बेहुला बन्दा यस्तो देखिए मुख्यमन्त्री शेरधन ‘तस्वीर’
११ माघ काठमाडौँ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र पूर्व मिस मंगोल जाङ्मु शेर्पा विवाह बन्धनमा बाँधिएका छन् । आइतवार एक समारोहका बीच शेरधन र जाङ्मुबीच विवाह भएको हो । मुख्यमन्त्री राईका प्रेस संयोजक ध्रुव सुवेदीले फेसबूकमा तस्वीर राखेर मुख्यमन्त्री राईलाई बधाई दिएका छन् । तस्बिर : ध्रुव सुवेदीको फेसबुकबाट
अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल सम्पर्क विहीन
११ माघ सर्लाही – धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । “केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न”, प्रजिअ पौडेलले भन्नुभयो,“उखु उत्पादक किसानको बक्यौता दिनका लागि हामीले रोक्का गरेको खातामा रकम भए पनि अग्रवाल […]
घरबाट भागेका देवर-भाउजु : होटलमा मृत भेटिइन् भाउजु , देवरको अस्पतालमा मृत्यु
११ माघ कैलाली – घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार महेन्द्रनगरको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने […]
मकवानपुरमा अज्ञात समूहद्वारा गाडीमा आगजनी
१० माघ हेटौँडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ मा अज्ञात समूहले गाडीमा आगजनी गरेको छ । हेटौँडाबाट काठमाडौँका लागि छुटेको बा १३ च ७९६९ नम्बरको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएका हुन् । आगजनी गर्ने अज्ञात […]
म आजसम्म मुस्कुराउन सकेको छैन !
म आशुको तलाउमा खेल्दै जिबनको यात्राहरु अगाडि बढाई रहेको मान्छे ! हो आजसम्म म एकचोटि पनि मुस्कुराउनु सकेको छैन, तैपनि मलाई हारेको महसुस भएको छैन ! दुख र पीडाले दारेको महसुस भएको छैन ! किन कि म जन्मिदानै ऋणको भारी बोकेर जन्मिएको मान्छे, आँसु र पसिनाको सुगन्ध टालो भित्र रुदा(रुदै हुर्किएको मान्छे !! म त्यो […]
१३ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ
९ माघ बर्दिया – आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । गुलरिया नगरपालिका–९ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आजबाट ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुल्यो : हट्यो कोटा सिस्टम
९ माघ काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम आज (शुक्रबार) बाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै अब असीमित रुपमा अनलाइन आवेदन दिन सकिने जनाएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार निश्चित कोटा सिस्टम पनि हट्ने भएको छ । यसअघि दिनको […]
सवारी चालकसँग घुस लिने ३ प्रहरी कर्मचारी निलम्बनमा
९ माघ बागमती – सवारी चालकसँग घुस रकम लिने तीन जना प्रहरी कर्मचारीलाई पछिल्लो पटक वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले कारवाही गरेको छ । आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह नगर्ने तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोकबहादुर घर्ती, प्रहरी जवान जमुना […]
दिल्लीद्वारा सन्दीप फुकुवा
८ माघ एजेन्सी – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो । आइपिएलको […]
प्रधानमन्त्रीबाट न्यायपालिकामाथि हस्तक्षेपको प्रयास भएको आरोप
८ माघ काठमाडौँ – सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका क्रममा रिट निवेदक अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा भाषण गर्दा ‘संसद् पुनस्र्थापना हुन नसक्ने’ दाबी गर्नुलाई न्यायपालिकामाथिको हस्तक्षेप प्रयास भएको बताए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर […]



