समाचार
कोरोना संक्रमणबाट संविधानसभाका पूर्वसदस्य चौधरीको मृत्यु
११ कात्तिक राजविराज – संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको जिल्ला […]
कोराना संक्रमित दुईको मृत्यु
११ कात्तिक बुटवल – बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः१७ बजे र बुटवल उपमहानगरपालिका– १३ का ५२ वर्षीय पुरुषको आज बिहान करीब ६ बजे निधन भएको हो । महिलामा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु […]
आज आश्विन शुक्ल एकादशी, नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी
११ कात्तिक काठमाडौँ आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल […]
जाजरकोटमा आगलागी हुँदा तीन घर जले
११ कात्तिक काठमाडौँ – जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा गाईबस्तुलाई कुँडो पकाउन खोज्दा भएको आगलागीबाट तीन घर जलेका छन् । स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले अन्य दुई घरसमेत जलेको जाजरकोटका डिएसपी किशोर कुमार श्रेष्ठले बताउनुभयो । आगलागीबाट घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडा समेत जलेका छन् । तर गाईबस्तु तथा अन्य मानवीय क्षति भने […]
हुम्लीको दशैँ महँगो
११ कात्तिक काठमाडौँ – सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैँ महँगो भएको हो । विगतका वर्षहरुमा प्रत्येक वर्षको दशैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे भने यो वर्षको दशैँ हुम्लीको […]
सेतो घोडासहितको खड्ग जात्रा खड्ग जात्रा सम्पन्न
११ कात्तिक काठमाडौँ – हरेक वर्ष विजयादशमीको मध्यरातिबाट तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा सोमबार दिउँसै सम्पन्न भएको छ । कोरोना भाइरसका कारण मध्यराति गरिने यो जात्रा यो वर्ष भने अपरान्ह चार बजे सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परम्पराअनुसार हरेक वर्ष विजयादशमीको दिन मध्यराति […]
शारदीय नवरात्रका अवसरमा स्थापित देवी दुर्गाका प्रतिमा विसर्जन गरिँदै
१० कात्तिक काठमाडाैँ – महोत्तरीलगायतका मिथिला क्षेत्रमा आज सोमबार देवी प्रतिमा विसर्जन गरिँदैछ । शारदीय नवरात्रका अवसरमा निर्माण गरी स्थापित गरिएका देवी दुर्गाका प्रतिमा देवी पूजन सम्पन्न भएसँगै आज विजया दशमीका दिन पवित्र जलाशयमा विसर्जन गरिन्छ । महोत्तरीको जलेश्वरस्थित अति प्राचीन भार्गव, पुरन्दर सर (तलाउ) मा आज बिहानैदेखि ठाउँठाउँमा निर्मित देवी प्रतिमा गहिरो जलाशयमा विसर्जन […]
राष्ट्रपतिले गर्नुभयो टीका ग्रहण
१० कात्तिक काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति […]
कर्णली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा दशैँको शुभकामना
१० कात्तिक काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी आ–आफ्नो परिवारमा सीमित रहेर दशैँं मनाउन अपिल गर्नुभएको छ । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यसपटक कोभिड–१९ को महामारीलाई जितेपछि आगामी वर्ष चाडपर्वहरु उल्लासमय रूपमा मनाउन सकिने हुँदा स्वास्थ्य सजगता अपनाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री शाहीले कोभिड–१९ ले […]
चिर्पट प्रहार गरेर श्रीमतीको ह’त्या
१० कात्तिक काठमाडौँ – म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बयालीस वर्षीय ओमबहादुरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी सहायक निरीक्षक […]



