समाचार
पूर्व प्रमुखसचिव खनालको निधन
१२ कात्तिक काठमाडौँ – तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको हो। मधुमेह र दमको बिरामी रहेका खनाल घरमै उपचाररत रहेको पारीवारिक स्रोतले जनाएको छ । मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही […]
हुम्लाको ताँजाकोट गाउँपालिकाका सबै नाका बन्द
१२ कात्तिक सिमकोट – हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए । पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका […]
कारको ठक्करबाट वृद्धको मृत्यु
१२ कात्तिक राजविराज पुर्व – पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिनुभयो । पुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ […]
वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण
१२ कात्तिक काठमाडौँ – वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैँमा झापाको मेचीनगरस्थित घर आउनुभएको थियो । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उहाँले बताउनुभयो । […]
महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन
१२ कार्तिक कैलाली – टीकापुर( ५, नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी रु। २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गर्नुभएको हो । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने […]
प्रधानमन्त्री ओलीको विरोध गर्ने बाबुराम भट्टराईले नै ‘रअ’ प्रमुख गोयललाई भेटे !
कात्तिक ११ काठमाडौं – भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई अँध्यारो कोठामा भेटेको भन्दै प्रधानमन्त्री केपी ओलीको विरोध गर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि भेट गरेको खुलेको छ । भारतीय सञ्चारमाध्यमले लेखेअनुसार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालमा नेता भट्टराईले पनि रअ प्रमुख गोयलसँग भेटवार्ता गर्नुभएको हो । भारतीय अनलाइन पत्रिका ‘दि प्रिन्ट’मा ज्योति मलहोत्राले […]
पोखरीमा डुबेर दाजुभाइको मृत्यु
११ कात्तिक लहान – पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन् । सोमबार अपराह्न ३ बजेदेखि बेपत्ता दुवैको शव गाउँदेखि करीब ७०० मिटर पश्चिममा रहेको पोखरीमा फेला परेको इलाका प्रहरी […]
बाघको आक्रमणबाट मधुवनमा दुईको मृत्यु
११ कात्तिक काठमाडौँ – मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा बर्दिया मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण […]
काठमाडौं उपत्यकामा थप २ सय ५२ जनामा संक्रमण
११ कात्तिक काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ५२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ संक्रमित थपिएका हुन् । यो संगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७० हजार ६ सय ४५ पुगेको छ । काठमाडौंमा ५७ हजार ३ सय […]
किशोरी जिस्क्याएको निउमा झडप, सात घाइते
११ कात्तिक दाङ – दाङको राजपुरमा किशोरी जिस्क्याएको निउमा झडप हुँदा सात जना घाइते भएका छन् । दुई पक्षबीच भएको झडपमा सात जना घाइते भएका हुन्। दुर्गा मन्दिरमा दर्शनका लागि पुगेकी १७ वर्षीया एक किशोरीलाइ राजपुर–४ दुलैयाका ओमकार यादवले दुर्व्यवहार गरेपछि विवाद सुरु भएको थियो। विवादले उग्ररुप लिएपछि युवती पक्ष र युवक पक्षबीच झडप भएको हो […]



