समाचार
बाबुले गराइदिए छोराको चौरासी पूजा
१४ कात्तिक परासी – यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई […]
गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा
१४ कात्तिक काठमाडौँ – सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ । गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले यही […]
काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा संक्रमण
१४ कात्तिक काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८८ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ संक्रमित थपिएका हुन् । जस्मा महिलाको संख्या ७ सय ८१ र पुरुषको संख्या १ हजार १ सय ७ रहेको छ । […]
पूर्व सभामुख महरा पत्नी गम्भीर बिरामी, हेलिकोप्टरबाट काठमाडाैँ ल्याइयो
१४ कात्तिक दाङ – श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। पूर्व सभामुख महराकी श्रीमती सीता महिरा एकाएक गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको हो । एभरेष्ट एयरलाइन्सको हेलिकोप्टर मार्फत घोराहीबाट ५९ बर्षीया सीता महरालाई शुक्रवार विहान ९ बजेतिर उपचारका लागि काठमाडौं पठाइएको हो । सीता महरालाई […]
प्रहरीले भेट्टायो लाख रुपैयाँसहितकाे ‘लेडिज ब्याग’
१४ कार्तिक टीकापुर –इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले करिब एक लाख रूपैयाँ नगद रहेको लेडिज ब्याग फेला पारेको छ । फेला पारेको उक्त रकमसहित मोबाइल र गहना भएको ब्याग सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला […]
आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व आजदेखि समापन हुँदै
१४ कात्तिक काठमाडौँ – नेपालीको महान् चाड दसैं पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य […]
एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ
१३ कात्तिक तनहुँ — तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैंकको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर बताउने १९ वर्षीय किरण बानियाँ छन् । व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैंंक एटिएम मेशिन तोडफोड गरी पैसा लुट्ने योजनाका साथ एटिएमका पिन स्क्रुपको सहायताले खोल्दै गरेका […]
महामारीका कारण जागिर गुमाएका पत्रकारलाई लेखनवृत्ति दिन सरकारसँग पत्रकार महासंघको माग
१३ कात्तिक काठमाडौं – कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुका लागि लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको छ ।महासंघले सो बारे बिहीबार अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाएको छ । अर्थमन्त्री पौडेलले सुझावपत्र बुझ्दै महासंघले दिएको सबै सुझावहरु उचित रहेको बताउनुभएको छ । उहाँले कार्यान्वयनका लागि […]
तातोपानी नाकाबाट सामान आयात पुनः शुरु
१३ कात्तिक काठमाडौँ – चीनसँग जोडिएको तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आएको छ । नाकाबाट आज एक कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयले जनाएको छ । गत असोज ११ देखि बन्द नाकाबाट बिहीबार एक कन्टेनर स्याउ भित्रिएको हो । शुक्रबारबाट कम्तीमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान ल्याएर नेपाली यार्डसम्म उपलब्ध गराउने भन्सार कार्यालयले जनाएको […]
भिटेनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयद्वारा साइबर ब्युरोलाई पत्र
१३ कात्तिक काठमाडौं – र्यापर समिर घिसिङ (भिटेन)लाई पक्राउ गर्न साइबर ब्यूरो लागि परेको छ । पाँच दिन अघि युट्युबमा अपलोड भएको भिटेनको पारा टाइटलको नयाँ गीतमा अपशब्द प्रयोग भएको भन्दै उनलाई पक्राउ गर्न साइबर ब्युरोले आदेश पाएको छ । प्रहरी प्रधान कार्यालयले गायक देखि भिडियो निर्मातासम्मलाई अनुशन्धानका लागि पक्राउ गर्न साइबर ब्युरोलाई पत्र पठाएपछि […]



