Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

विप्लव पूर्वी कमाण्डअन्तर्गतका कम्पनी कमिशनर पक्राउ

१३ कात्तिक काठमाडौँ -नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा गएको टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित बिजुलीप्रसाद तिम्सिनाको घर खानतलासीका क्रममा […]

रौतहटमा कोरोना भाइरस संक्रमितको निधन

१३ कात्तिक रौतहट – कोरोना भाइरस संक्रमणका कारण यहाँ थप एक जनाको ज्यान गएको छ । चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो । नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा आज चन्द्रपुर –५ चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ । […]

सञ्चाकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना पुष्टि

१३ कात्तिक काठमाडौं – चर्चित टेलिभिजनकर्मी रवि लामेछानेलाई कोरोना संक्रमण भएको छ । लामिछानेले मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पिसिआर परीक्षण गर्दा आफू र निकिता दुवैलाई कोरोना पोजेटिभ देखिएको कोरोना संक्रमण देखिएको फेसबुकमार्फत् विहीबार बिहान जानकारी दिएका छन् । ‘हामी दुवैको स्वास्थ्य सामान्य छ,’ उनले भनेका छन्, ‘केही पेशागत क्रियाकलपाले र केही आफ्नै लापरबाहीले संक्रमण […]

विगत जस्तो रहेन दशैँको रौनक

१३ कात्तिक काठमाडौँ – राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने […]

मृत्युदण्डको बहस : आवश्यकता कि बाध्यता ?

१३ कात्तिक काठमाडौँ – बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा बहस जारी छन् । नागरिक स्तरबाट उठिरहेका आवाजलाई अहिले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका महिला सांसदहरूले पनि साथ दिएका छन् । सांसदहरूले अनौपचारिक समूहसमेत गठन गरेर कानुन परिमार्जन, प्रचारप्रसारलगायत कसरी गर्ने अध्ययनसमेत गरिरहेका छन् । आफ्ना कार्यसूूची सङ्घीय संसद्का पदाधिकारी […]

अब हप्ताको दुई दिन मात्रै कोरोना ब्रिफिङ हुने

१३ कात्तिक काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी जानकारी अब हप्ताको दुई दिन मात्रै प्रेस ब्रिफिङमार्फत् सार्वजनिक गर्ने भएको छ । यही हप्तादेखि लागू हुने गरी मन्त्रालयले आइतबार र बुधबार कोभिड–१९ सम्बन्धी प्रेस ब्रिफिङ हुने जनाएको हो । हप्ताको दुई दिन मात्रै प्रेस बिफ्रिङ हुने भए पनि बाँकी दिनमा सामाजिक सञ्जाल र मन्त्रालयको कोभिड–१९ […]

दैनिक २ सय मेगावाटसम्म विद्युत खेर गयो

१२ कात्तिक  काठमाडौं – दसैंमा विद्युतको माग कम हुँदा ठूलो मात्रामा बिजुली खेर गएको छ । दसैको बिदाका कारण विभिन्न कलकारखाना, व्यापारिक मल र संस्थाहरु बन्द रहेका कारण बिजुली खेर गइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको हो । नेपालमा अहिले केहि समयका लागि दैनिक करिब २ सय मेगावाटसम्म खेर गइरहेको प्राधिकरणले जनाएको छ । खेर गइरहेको […]

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा…

१२ कात्तिक काठमाडौँ – काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारी चालक तथा सहचालक आफैँ कारवाहीमा परेका छन् । दशैँको अवधिमा सवारी नियम उल्लङ्घनविरुद्ध चलाइएको कारवाही अभियानका क्रममा नियम उल्लङ्घन गर्ने उनीहरुले प्रहरीलाई नै आर्थिक लोभ देखाएपछि कारवाही गरिएको छ । यसरी कारवाहीमा पर्नेमा आठ सवारी चालक तथा सहचालक रहेको महानगरीय ट्राफिक प्रहरी […]

भैँसीले हान्दा एक महिला मृत्यु

१२ कात्तिक काठमाडौँ – दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो । चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो […]

सन्त महगु केवटको ह त्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

१२ कात्तिक काठमाडौँ – नवलपरासीमा ह त्या गरिएका सन्तको ह त्यारालाई कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीमार्फत सोमबार ज्ञापनपत्र बुझाएको हो । परिषद्ले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालमा साधुसन्त समेत सुरक्षित नरहनु दुर्भाग्यपूर्ण भएको भन्दै सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएको साधु–सन्तहरुको सृंखलाबद्ध […]