समाचार
पेट्रोल बोकेको ट्याङ्कर नदीमा खस्यो
४ असोज काठमाण्डाै – ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको […]
दादुरा खोप लाएका बालबालिकामा दादुरा भेटियो, रुबेलाका बिरामी पनि भेटिए
४ असोज बैतडी – जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ । पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दशरथचन्द–२ का २ वर्षीय बालकमा रुबेला, पाटन–४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया […]
कोरोनाका कारण मृत्यु होनेको संख्या ४ सय नाघ्यो, १ हजार २ सय ४ जना नयाँ संक्रमित थपिए
३ असोज काठमाडौं – आज देशभर १ हजार २ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म कोरोनाका कारण मृत्यु […]
प्रदर्शन नगरिदिनुस्, कार्यकारी निर्देशक नियुक्ति गर्ने अधिकार सरकारमा निहित छ : कुलमान घिसिङ
३ असोज काठमाडौं – आफ्नो पक्षमा प्रदर्शन नगरिदिन नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आग्रह गर्नुभएको छ । चार बर्षै कार्यकाल पूरा गरेर केहिदिन अघि बिदाई हुनुभएपछि मुलुकभर घिसिङलाई सरकारले पुन सोहि स्थानमा नियुक्ति दिनुपर्ने भन्दै प्रदर्शन भइरहेको छ । सो बिषयमा ध्यानाकर्षण भएको भन्दै घिसिङले एक बिज्ञप्ति जारी गर्दै प्रदर्शन नगरिदिन सबैमा […]
विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघ्यो
असोज काठमाडौँ – विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५६ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २३ लाख ४१ […]
आन्तरिक उडानको ५० प्रतिशत बुकिङ
३ असोज काठमाडौँ – कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि […]
मिलिजुली टिकटक परिवारद्वारा वृद्वाआश्रममा सहयोग
३ असोज काठमाडौँ – सामाजिक सञ्जाल टिकटक प्रयोककर्ताको समूह मिलिजुली टिकटक परिवारले वृद्धाआश्रमलाई सहयोग गरेको छ । समूहले गंगबु – ६ जलबिनायक चोक काठमाडौँमा रहेको हिमालय बृद्वाआश्रमलाई एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरेको हो । पछिल्लो समय सामाजिक संजालले नराम्रो बिकृती मात्र फैलाउछ भन्ने भ्रम फैलिएको बेला टिकटक समुहले एक उदाहरणीय काम गरेको हो । […]
भ्रष्टाचारविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ : प्रधानमन्त्री ओली
३ असोज काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध बोल्नुपर्दा आफू मुखमा पानी हालेर नबोल्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले कर्मचारीतन्त्र र सरकारको कुनै अंग पनि भ्रष्टाचार नियन्त्रणमा बाधक नबनेको बताउनुभयो । ‘अब हामी सबै किसिमका संकीर्णता र आग्रह पूर्वाहग्राहहरु छोडर विकास उन्नततिको बाटोमा एकताबद्ध भएर लागौँ । […]
प्रहरीको हिरासतमा दुई बाख्रा
३ असोज काठमाडौँ – भारतको तेलंगानाको हुजुराबाद शहरमा एउटा विचित्र घटना भयो। तेलंगाना सरकारको हरियाली अभियान ‘हरिताहाराम’ अन्तर्गत लगाइएको बोटबिरुवाले बाख्राले खाएको भन्दै दुई बाख्रालाई प्रहरीले नियन्त्रणमा लियो । बाख्राहरुले अस्पताल रिसरको भर्खर रोपिएका बिरुवा खाईदिएको भन्द्र प्रहीले दुई बाख्रालाई हिरासतमा लियो । प्रहरीले बाख्रा मालिकसँग रु १६०० जरिवाना तिराएर बाख्रलाई छाडेको थियो । बाख्रा […]
संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार हो : सभामुख सापकोटा
३ असोज काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताउनुभएको छ । संविधान दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवाद सिर्जना हुन नदिनेतर्फ सचेत बन्नुपर्नेमा जोड दिनुभएको छ । “संविधानअनुरुप निर्माण भएका ऐनका […]



