समाचार
भीरबाट लडेर आमा र गर्भे शिशुको मृत्यु
२५ भाद्र काठमाडौँ – सिन्धुपाल्चोक जुगल गाउँपालिका –५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा मृत्यु भएको छ । स्थानीयवासीकाअनुसार भीरबाट लडेर तामाङको पेट […]
प्रधानमन्त्री व्यस्त भएपछि मन्त्रिपरिषद् बैठक स्थगित
काठमाडौँ, २५ भदौ । मन्त्रिपरिषद्को आज बोलाइएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको बैठकका लागि व्यस्त हुनुभएकाले आजको मन्त्रिपरिषद बैठक स्थगित गरिएको स्रोतले जानकारी दियो । लामो समयदेखि स्थगित सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक भोलि शुक्रबार बस्ने भएको छ । सोही बैठकका लागि नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली आज व्यस्त हुनुपरेकोले […]
सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन
२५ भाद्र काठमाडौँ – मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको, क्वारेन्टिनदेखि आइसोलेसन, भेन्टिलेटरसहितको […]
बीपी जन्म दिवसमा प्रतिष्ठानको सहयोग : योद्धा शिव कंगाललाई
२५ भाद्र काठमाडौँ – जननायक बीपी कोइरालाको १०७ औं जन्म दिवसको सन्दर्भमा रामेछाप बीपी कोइराला प्रतिष्ठानले प्रजातान्त्रिक योद्धा शिव कंगाललाई आर्थिक सहयोग गरेको छ । बुधबार भक्तपुरको कौशलटार स्थित कंगालको डेरा पुगि उनलाई १५१०० रुपैँया आर्थिक सहयोग हस्तान्तरण गरेको नेविसंघ पुर्व केन्द्रिय सदस्य एवं प्रतिष्ठानका महासचिव रत्नहरी ढुंगेलले जानकारी दिनुभयो । “प्रजातान्त्रिक आन्दोलनमा लामो समय […]
सार्वजनिक यातायातको ऋणबारे सरकारी निकाय मौन
२५ भाद्र काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको बन्दाबन्दीलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका छन् । उनीहरूले सार्वजनिक यातायात क्षेत्रलाई अति प्रभावितमा नै राख्न माग गरेका छन् तर नेपाल राष्ट्र बैङ्कले […]
सामाजिक सञ्जाल दुरुपयोग गर्ने पक्राउ
२५ भदौ बाग्लुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले अभद्र व्यवहार गरेको कसुरमा बाग्लुङ नगरपालिका–४ कुँडुलेका चन्द्रकान्त पौडेललाई आज पक्राउ गरेको छ । एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, माउण्टेन टेलिभिजनका संवाददाता सुवास आचार्य र इ–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेले दिएको उजुरीका आधारमा पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पौडेलमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिने जिल्ला […]
पेट्रोलियम पाइपलाइनको एक वर्ष, ८० करोड ढुवानी खर्च बच्यो
२५ भाद्र काठमाडौँ नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल आयात भएको छ । पाइपलाइन सञ्चालनको एक […]
उपत्यकामा फुटपाथ तथा ठेलाको व्यापार पनि खुला
२४ भाद्र काठमाडौं – काठमाडौं उपत्यकामा अब फुटपाथ र ठेलाको व्यापार खुला भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञाासम्बन्धी नयाँ आदेशअनुसार फुटपाथ पसल र ठेलाको व्यापार विहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ । यही समयमा इलेक्ट्रक र डिपार्टमेन्ट स्टोरहरु समेत खोल्न सकिनेछ । यसअघि […]
कोभिड-१९ रोकथामका लागि थप क्रियाकलाप बढाउँदैछौँ : मन्त्री ढकाल
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको ९दक्षिणपूर्वी एशिया० ७३ औँ बैठकलाई आज भर्चुअल सम्बोधनका क्रममा उहाँले बढी जनघनत्व भएका प्रमुख शहरमा कोभिड–१९ को बढी प्रभाव परेको जनाउँदै त्यस्ता क्षेत्रमा पिसीआर परीक्षण, आइसोलेसन, कन्ट्याक्ट […]
सहकारीबाट पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ
काठमाडौं, २४ भदौ । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मङ्गलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको […]



