समाचार
भक्तपुरमा एकै घरमा ३ जनाको शव फेला, शंकास्पद मृत्यु
२७ भदौ भक्तपुर – मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेको अवस्थामा आज शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमा रहेको चारतले घरमा कुकुरसहित सुदिप अधिकारीको परिवारका तीन जनाको हत्या गरेको अवस्थामा शव फेला परेको हो । आफ्नै घरको चौथो तलाको भान्छाबाट कौशीमा […]
अमेरिकाले टिकटक माथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प
२७ भाद्र काठमाडौँ – अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराउनुभएको प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति ट्रम्पले सो एप्शमाथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि […]
सिंहद्वारा सन्यास फिर्ता लिने निर्णय
२७ भाद्र एजेन्सी- भारतीय क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिने निर्णय गरेका छन् । पञ्जाब क्रिकेट संघ ९पीसीए०को आग्रहपछि सिंहले सन्यास फिर्ता लिने निर्णय गरेका हुन् । सिंहले गत बर्ष जुनमा क्रिकेटका सबै खाले प्रतियोगिताबाट सन्यासको घोषणा गरेका थिए । पीसीएका सचिव पुनीत बालीले पञ्जाब क्रिकेटको फाईदाका लागि ३८ बर्षका युवराजलाई सन्यास फिर्ता लिन अनुरोध […]
देश र जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह
काठमाडौँ -राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टीद्वारा देशव्यापीरुपमा नेता तथा कार्यकर्तासँग आज आयोजित भर्चुअल बैठकमा उहाँले कोभिड–१९ को महामारीका कारण राजनीतिक गतिविधि हुन नसकेको अहिलेको अवस्थामा सङ्गठनका प्रतिनिधि सर्तकतापूर्वक जनताको सेवामा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । महामारीको प्रभाव […]
प्रहरी थुनामा रहेका युवकको मृत्यु
२७ भाद्र कैलाली -सुदूरपश्चिम जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा आज मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । चोरी मुद्धामा यही भदौ २२ गते पक्राउ परेका धनगढी उपमहानगरपालिकाका १९ वर्षीय रोशन बिकको आज प्रहरीको थुनुवा कक्षमा मृत्यु भएको थियो । युवकले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला […]
संघीय सरकारले माग्यो स्थानीय तहका रिक्त पदाधिकारीको विवरण
२६ भाद्र काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले समितिलाई पत्र लेख्दै यही भदौ ३० गतेभित्र आफू मातहतका स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन निर्देशन दिनुभएको हो। यसअघि सरकारले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण सङ्कलन […]
आत्मबलले कोरोनालाई जित्न सकिन्छ : स्वास्थ्यकर्मी
२६ भाद्र काठमाडौँ – भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थाल्नु भएको एक वर्ष भयो । उहाँ दन्तरोग विशेषज्ञ हुनुहुन्छ । बिरामीको नियमित उपचारमा खटिने क्रममा उहाँलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । “कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ”, उहाँले भन्नुभयो,“त्सपछि आत्मबल बलियो बनाएँ । स्वास्थ्यकर्मी […]
नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुग्यो
२६ भाद्र काठमाडौं पछिल्लो २४ घण्टामा देशभर पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्ण मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना पुरुष र १ जना महिला रहेका छन् । जसमा काठमाडौंका ७० वर्षीय पुरुष, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरि […]
देशभर एकैदिन थपिए १ हजार ४ सय ५४ संक्रमित थपिए
२६ भाद्र काठमाडौं – मुलुकमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ५४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५१ हजार ५ सय १९ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश १ […]
काठमाडौं उपत्यकामा ६ सय ९६ संक्रमित थपिए
२६ भाद्र काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ९६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ९६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ६ सय २० संक्रमित थपिएका छन् भने ललितपुरमा ३८ संक्रमित थपिएका छन् । यस्तै […]



