Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

विश्वभर कोरोनाका कारण हालसम्म ९ लाखको मृत्यु, ७० लाख आइसोलेशनमा

२४ भाद्र काठमाडौँ- विश्वभर हालसम्म कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ९ लाख १ हजार ८ सय ६६ पुगेको छ । हाल सम्म सबै भन्दा धेरै अमेरिकामा १ लाख ९४ हाजार ३२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै मृत्यु हुने देश ब्रजिलमा १ लाख २७ हाजार ५ सय १७ जना रहेका छन् । त्यस्तै […]

कोभिड अस्पताल संचालनका लागि उपचारमा खटिने नर्समा नेकपाको सिफारिस, १९ जनाको नाम सहित सार्वजनिक

२४ भाद्र काठमाडाैँ-बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लिएको स्टाफ नर्सको परीक्षामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुनसरीले १९ जनाको नाम सिफारिस गरेको खुलासा भएको छ । प्रतिष्ठानले कोभिड अस्पताल संचालनका लागि बिरामीको उपचारमा खट्ने ५० जना नर्सलाई भर्ती गर्न विज्ञापन गरेको थियो । त्यसमध्ये १९ जनाको नाम नेकपाले सिफारिस गरेको हो । सरकारी संस्थाले पदपूर्तिका […]

२४ भाद्र २०७७, आजको राशिफल

२४ भाद्र काठमाडाैँ-वि. सं. २०७७ साल भाद्र २४ गते, बुधबार । तदनुसार सन् २०२० सेप्टेम्बर ०९ तारिख । नेपाल संवत् ११४० । हर्षन भाद्र कृत्तिका, महालक्ष्मी व्रत समाप्ति सप्तमी श्राद्ध । आज काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेटमा हुने छ । मेष : अध्ययन अध्यापनमा प्रगति […]

फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै

२३ भाद्र काठमाडौँ – लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग ९सीपीएल०को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७ः४५ बजे सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । नाइट राइडर्स समूह चरणको सबै खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने जमैका चौथो […]

‘प्रधानमन्त्रीज्यू, हाँसोको पात्र होइन, गर्वको पात्र बन्नुहोस’ गौरी मल्ल

२३ भदौ २३ नायिका गौरी मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाँसोको होइन, गर्वको पात्र बन्न सुझाव दिनुभएको छ । ‘यहाँलाई आफूले बेला कुबेला बोलेका कुरा ट्रोल भैराख्दा,रमाइलो गर्ने माध्यम भैरहेको होला अथाव बानी परिसकेको होला तर, हामी सर्वसाधारणलाई साह्रै लज्जावोध हुन्छ । किनकी, जसलाई हामीले अत्यन्त विश्वास गरेर देशकै शिर्षस्थानमा राखेका छौं, त्यो व्यक्ति हाँसोको […]

जनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा स्वास्थ्य उपकरण

२३ भाद्र काठमाडौँ – भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा थन्किएका छन् । भौतिक पूर्वाधार तथा उपकरण चलाउने दक्ष जनशक्ति अभावका कारण अस्पतालका आइसियु कक्षमा प्रयोग हुने ती महँगो उपकरण (भेन्टिलेटर) प्रयोगविहीन अवस्थामा थन्किएका हुन् । महँगो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा यसले स्वास्थ्य सेवा […]

कक्षा-१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने परीक्षा बोर्डको तयारी

२३ भाद्र काठमाडौँ – कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ। सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी सुझाबसहितको प्रतिवेदन सचिवालयले बोर्डमा बुझाएको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्। बोर्डका एक अधिकारीका अनुसार प्रतिवेदनमा चरणबद्ध रूपमा […]

मलको कालोबजारी गरे कारवाही

२३ भाद्र  काठमाडौँ – कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्ने गरेको गुनासो सुनिएको भन्दै यस्तो गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको […]

कोभिड-१९ : करिब ८ करोड ५० लाख डोज भ्याक्सीन निकाल्ने प्रयासमा अष्ट्रेलिया

२२ भाद्र  काठमाडाैँ – अष्ट्रेलियाले यदि दुईवटा आशाजनक परीक्षण सफल भएमा करिब ८ कारोड ५० लाख डोज कोरोना भाईरसको भ्याक्सिन निकाल्न सक्ने जनाएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने छन्, ‘यदि हामीलाई प्रयोग गर्न स्वीकृति दिएमा सन् २०२१ मा भ्याक्सिन निःशुल्क वितरण गर्ने गरि सम्झौता भएको छ ।’ मोरिसनले यसका लागि करिब १ दशमलब […]

बाँकेमा कोरोनाबाट एकको मृत्यु

२२ भाद्र बाँके – बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ  । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको […]