समाचार
अमेरिकी उपरक्षामन्त्रीलाई चिनियाँ राजदूतले थर्काएपछि
काठमाडौं – चिनियाँ लगानीबारे अमेरिकाले पारदर्शिताको प्रश्न उर्ठापछि चीनले असन्तुष्टि जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले कोसौँ टाढा रहेको मुलकले छिमेकमा अविश्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् । हिमाल र नदीनालाले जोडिएको नेपाल चीन वर्षौदेखिका दुःख सुखका छिमेकी भएको उनको भनाई छ । अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा […]
सरकारलाई एक साताको अल्टिमेटम दिँदै अधिवक्ता पौडेलले गरे आत्मदाहको घोषणा
काठमाडौं – अधिवक्ता तथा भ्रष्टाचारबिरोधि अभियन्ता सि.पी. पौडेलले तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकाल आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेद्धारा महिनौदेखि पीडित रहेका छन् । उनले सह सचिव लामिछानेले ७७ वर्षीय ढकाललाई कुटपिट गरेको भन्दै न्यायको लागि सरकारसमक्ष अपिल समेत गरेका हुन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित […]
घुस काण्डमा मुछिएका डिन पाठकलाई कारबाही गर्न माग
विराटनगर । भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वाञ्चल विश्वविद्यालयका डिन शुभनारायण पाठकलाई निलम्बन गर्न प्राध्यापकहरूले माग गरेका छन्। ७८ लाख घुस प्रकरणका क्रममा अख्तियारका आयुक्त राजनारायण पाठकलाई घुसको सेटिङ मिलाउने भूमिका निर्वाह गरेको आरोपमा डिन पाठकलाई निलम्बन गर्न पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरूले माग गरेका हुन्। ७८ लाख भ्रष्टाचार काण्डमा जोडिएका व्यक्तीलाई विश्वविद्यालयको डिन पदमा राखिराख्दा विश्वविद्यालयको प्रतिष्ठामाथि नै […]
कांग्रेसमा गुट बलियो बनाउने होड
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४औं अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षाखातिर फेरि विभाजित बन्न पुगेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । पुस पहिलो साता काठमाडौंमा सम्पन्न महासमितिको […]
म्याग्दीमा ८१ वर्षीय वृद्धा बलात्कृत
म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखुपिप्लेकी ८१ वर्षीय वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय र गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई बतात्कार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको […]
सरकारी जग्गामा धमाधम निजीको संरचना
ललितपुर – गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा धमाधम संरचना बनिरहेको छ । गोदावरी नगरपालिका–९ मा निजी लगानीमा व्यवसायिक प्रयोजनका लागि अबैध रुपमा संरचना बनाउने काम तीव्र बनाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । अहिले उक्त स्थानमा भौतिक संरचना निर्माण गर्ने कामले तीव्रता पाएको छ । त्यस स्थानलाई व्यवसायिक प्रयोजनका बिभिन्न किसिमका […]
सीसी क्यामेरा भएपछि घुस लिन बिचौलिय प्रयोग
जनकपुर – ‘तपाई सीसी क्यामेराको निगरानीमा हुनुुहुन्छ’ जनकपुस्थित यातायात व्यवस्था कार्यालयभित्र चारैतिर लेखिएको छ । सानो अक्षरमा लेखिएको ‘दलालदेखि सावधान’ वाक्य भने केरमेट गरिएको छ । सेवाग्राहीले प्रस्ट देख्ने गरी लेखा फाँट, राजस्व तोक्ने काउन्टरको दाहिनेतर्फ अख्तियारको सूचना छ, ‘राष्ट्रसेवक कर्मचारीले घुस रिस्वत मागेमा ९८५४०३१४५६ / ०४४ ५५०६६८ मा फोन गर्नुहोला ।’ अख्तियार दुरुपयोग अनुसन्धान […]
तातोपानी नाका वैशाखदेखि पुन: सञ्चालन हुदैँ
काठमाडौ – सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धतापछि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको स्रोतले जनाएको छ । आवश्यक कार्यालय स्थापना र संरचना निर्माण चैतसम्ममा सक्ने सरकारको तयारी छ । यो नाका २०७२ वैशाख १२ को भूकम्पपछि बन्द छ । प्रधानमन्त्री केपी ओलीको […]
करिब ९१ करोड लुकाउन पाठकलाई ७८ लाख घुस
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’मा विभिन्न व्यक्तिका नाममा नियमविपरित भुक्तानी २३ करोड १० लाख, नियमविपरित थप खर्च ३३ […]
इतिहासमै पहिलोपटक साउदीले नियुक्त गर्यो महिलालाई राजदूत
काठमाडौँ – साउदी अरेबियाले इतिहासमै पहिलोपटक महिलालाई राजदूत नियुक्त गरेको छ । सो मुलुकले राजकुमारी रीमा बिन्त बन्दारलाई अमेरिकाका लागि नयाँ राजदूत नियुक्त गरेको हो । उनी साउदीका तर्फबाट अमेरिकाका पूर्व राजदूतपुत्री हुन् । आफ्नो बाल्यकाल वासिङट्नमा विताएकी शाही खान्दानकी बन्दारले विद्यालय र कलेज तहको अध्ययन पनि अमेरिकाबाट लिएकी थिइन् । अमेरिकी अखवार ‘द वासिङटन पोस्ट’ […]



