Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

स्वास्थ्य

बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोनाविरुद्धको खोप

१७ साउन, काठमाडौँ – बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका  नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले बताउनुभयो । नगरबासीमध्ये कोभिसिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले […]

थप ३,१०६ जनामा कोरोना संक्रमण, २३ मृत्यु

१६ साउन, काठमाडौँ – पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने […]

होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा

१६ साउन, काठमाडौँ – जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । ​बिर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा बिर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइरल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा कुराकानी गर्दै कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए। “बिर्तामोडमा खोप अभाव भएको हुँदा स्वास्थ्य कार्यालयका […]

होटलबाट २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

१६ साउन, काठमाडौँ – विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई  शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले […]

उपत्यकामा ८ सय बढी सङ्क्रमित, देशभर थप २७ जना मृत्यु

१५ साउन, कामठाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८ सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ७६ र ललितपुरमा १८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको […]

ललितपुर महानगरमा ४५ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

१५ साउन, काठमाडौँ – ललितपुर महानगरपालिकाले  शुक्रबार देखि आइबार सम्म ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने भएको छ । कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । ४५ वर्षभन्दा माथिका व्यक्तिका लागि महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन खोप कार्यक्रम हुनेछ । साथै १८ गते जोनसन एण्ड जोनसन खोप लगाउने कार्यक्रम पनि […]

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्टः डब्लुएचओ

१४ साउन काठमाडौं– विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय […]

बागलुङमा खोप अभियान स्थगित

१४ साउन, काठमाडौँ – बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका लागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदा सम्मका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो […]

मुलुकभर थप ३४२१ जनामा संक्रमण पुष्टि, थप २५ को मृत्यु

११ साउन, काठमाडौं– पछिल्लो समय नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार २७२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका […]

आजदेखि उपत्यकाका चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण

८ साउन, काठमाडौं– काठमाडौं उपत्यकाका चार अस्पतालबाट कोरोनाको खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आजदेखि उपत्यकाका चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरिएको जनाएको हो । स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण […]