पत्रपत्रिका
सरकारविरुद्ध कांग्रेस सडकमा
२० मंसिर काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारको पछिल्लो कदमविरुद्ध सडकमा उत्रने भएको छ। कोरोना भाइरसको नियन्त्रण र त्यसले निम्त्याएको असहजताबाट मुलुकलाई उतार्नुको सट्टा लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाउँदै फरक मत राख्ने राजनीतिक दललाई निषेध गर्न थालेको ठहर गर्दै कांग्रेसले सरकारविरुद्ध सडकमा उत्रने निर्णय गरेको हो। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार दिउँसो बसेको […]
‘भारतीय गुप्तचर संस्थाका प्रमुखको भ्रमण अपारदर्शी छैन’
२० मंसिर काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर संस्था (रअ) प्रमुखको भ्रमणले थुप्रै परिणाम ल्याइसकेको भन्दै पुरानै कुरामा अड्किएर बस्नुको अर्थ नरहेको बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले रअ प्रमुख सामन्त गोयलको भ्रमण अपारदर्शी नभएको पनि बताए। सत्तासीन नेकपा नेता भीम रावलले रअ प्रमुख गोयलको भ्रमण र प्रधानमन्त्री केपी ओलीसँगको भेटवार्ताबारे […]
कक्षा १२ को अन्तिम परीक्षाको फाराम भर्नुअघिसम्म कक्षा ११ को नतिजा पठाउन निर्देशन
१९ मंसिर काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ । त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका अनुसार परीक्षा गर्न सक्नेछन् । पुरानो शैक्षिक सत्रको कक्षा १२ को परीक्षा झण्डै आठ महिनापछि भएकाले नयाँ शैक्षिक सत्रको व्यवस्थापनका […]
अन्तरकलह जहाँको त्यहीँ : टसमस भएनन् ओली–प्रचण्ड
१९ मंसिर काठमाडौँ – सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन्। दुवै पक्षका नेताबीच ओहोरदोहोर सुरु भएको छ। दुई अध्यक्षबीच कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ। तर, विवाद समाधानको सूत्र खोजी गर्न दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल […]
ओलीले दुई मध्ये एक पद छाड्नुपर्ने ‘बटमलाइन’, संयुक्त दस्तावेज लेख्ने ओलीको ‘अफर’ !
१९ मंसिर काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने बटमलाइन अघि सारिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने संकेत गरेका छन् । सरकार सञ्चालन गर्ने कि पार्टी सञ्चालन गर्ने भन्नेबारे दुई अध्यक्षबीच विवाद भइरहेको […]
अब के गर्लान् ओली ? : यस्ता छन् विकल्प
१८ मंसिर काठमाडौँ – तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा जटिल समय हो । आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराबन्दीमा परेका ओलीको पक्षमा यो समय छैन । ओलीले अध्यक्षबाट राजीनामा दिए भने नेपाल अध्यक्ष बन्ने र प्रधानमन्त्री छाडे भने दाहाल प्रधानमन्त्री बन्ने समझदारी यो समूहले पहिले नै […]
नेकपा विवादः प्रचण्ड र ओली दुवै रक्षात्मक
१८ मंसिर काठमाडौँ– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को आन्तरिक विवादमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवै पक्ष अहिले रक्षात्मक बनेका छन्। एक महिनादेखिको रस्साकस्सी गरिरहेका दुवै पक्षले जस–अपजसबाट जोगिन रक्षात्मक रणनीति अख्तियार गरेका हुन्। ओलीले कात्तिक २८ को सचिवालय बैठकमा दाहालको प्रतिवेदनलाई व्यक्तिगत कुण्ठासहितको आरोपपत्र भन्दै त्यसलाई छलफलको विषय […]
स्नातकोत्तर तहमा दुई घण्टाको मात्रै परीक्षा
१८ मंसिर काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने झण्डै चार दशक लामो अभ्यासलाई परिवर्तन गर्दै विश्वविद्यालयले परीक्षालाई अब दुई घण्टामा सीमित […]
प्रचण्डको अडानले दबाबमा परे ओली
१७ मंसिर काठमाडौँ – लिखित रूपमा आरोपप्रत्यारोपमा उत्रेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमध्ये केपी शर्मा ओली मंगलबारको सचिवालय बैठकभरि निकै दबाबमा परे। सचिवलाय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा ओलीमाथि दबाब सिर्जना भएको हो। बैठकको सुरुमै ओलीले कात्तिक २८ गते दाहालले प्रस्तुत […]
महिना दिनभित्रै कक्षा १२ को नतिजा
१७ मंसिर काठमाडौँ – कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिनुभयो । यसबाट विद्यार्थीलाई उच्च […]



