पत्रपत्रिका
उपेन्द्र यादवको पक्षमा कार्यकारिणी सदस्य थपिँदै
१० साउन, काठमाडौँ – जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै सर्वोच्च अदालतमा महन्थ ठाकुर पक्षले दर्ता गराएको रिट निवेदनमा आइतबार कुनै आदेश भएन भने सोमबार बिहानसम्म उपेन्द्र यादव पक्षमा कार्यकारिणी समितिका सदस्यहरू थपिने भएका छन्। जसपामा उत्पन्न विवादका कारण कार्यकारिणी समितिका सदस्यहरू अध्यक्षद्वय यादव र […]
अमेरिकी प्रतिवेदन भन्छ – सरकारका कारण नेपालमा लगानीको अवरोध कायम
१० साउन, काठमाडौँ – पछिल्ला वर्षहरूमा बनेका सरकारहरूले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको दाबी गर्दै विश्व समुदायलाई लगानीका लागि आवहान गर्दै आइरहे पनि अमेरिकाले भने लगानीका अवरोध कायमै रहेको निष्कर्ष निकालेको छ । अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा नेपालले केही लगानीमैत्री कानून र नियमहरू बनाएको भए पनि लगानीमा अवरोधहरू अझै बाँकी रहेको बताइएको छ […]
खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र
१० साउन, काठमाडौँ – सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूपमा सञ्चालन नहुँदा वैदेशिक रोजगारमा जाने कामदार बढी समस्यामा परेका […]
ब्रोकर नियमावली संशोधनको अन्तिम तयारी
१० साउन, काठमाडौँ – धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम तयारीमा जुटेको छ । हालसम्म बजारमा ५० ओटा ब्रोकर कम्पनी सञ्चालन भइरहेकोमा संशोधित नियमावलीले तोकिएको सीमाभित्र रहेर आवेदन दिने सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी […]
अब ४ अस्पतालबाट खोप प्रमाणीकरण दिइने
९ साउन, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने निर्णय गरेको छ। यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पतालबाट मात्र यो सेवा दिँदा भिड बढेपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा दिने निर्णय […]
एमाले एकता अन्तिम चरणमा
९ साउन, काठमाडौँ – एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष आरोप–प्रत्यारोपमा उत्रिए पनि विघटित कार्यदलका सदस्यहरु बीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको बताएका छन् । ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयार भइरहेको […]
कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित
९ साउन, काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित […]
फेरि निषेधाज्ञा होला त ?
९ साउन, काठमाडौँ – देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रूपमा ओरोलो लाग्न सकेको छैन । संक्रमणदर उल्लेखनीय रूपमा नघट्दा पुनः बन्दाबन्दी हुन सक्ने अनुमान गरिरहँदा जनस्वास्थ्यविद् र चिकित्सकहरूले भने बन्दाबन्दी […]
ओली नरम हुँदा नेपाल कडा
९ साउन, काठमाडौँ – नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए। त्यसको एक सातापछि उनी ‘आममाफी’ दिने तहमा आइपुगेका छन्। यता सर्वोच्च […]
सशस्त्रका डीआईजी प्रविन श्रेष्ठलाई हटाउनुको कारण पेस गर्न सर्वोच्चको आदेश
९ साउन, काठमाडौँ – सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठलाई सेवाबाट हटाउनुको कारण पेस गर्न आदेश दिएको छ । श्रेष्ठले अनिवार्य अवकासमा गएको पत्र पाएपछि सर्वोच्चमा ७ साउनमा रिट दर्ता गरेका थिए । उनले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई अवकास दिने निर्णय तत्काललाई यथास्थितिमा […]



