पत्रपत्रिका
ओली नेतृत्वको सरकारलाई साथ दिने ठाकुरको निष्कर्ष
९ बैशाख, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि ठाकुर यस्तो निष्कर्षमा पुगेको उनी निकट नेताहरुको दाबी छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलगायतको समूह भने कुनै पनि अवस्थामा […]
नयाँ सरकारको चाबी प्रचण्डको हातमा
९ बैशाख, काठमाडौँ – प्रतिनिधिसभा विघटनपछि सरकारविरुद्ध सडक आन्दोलन गरेको माओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत समर्थन फिर्ता लिन सकेको छैन । माओवादीको पटक–पटक बसेको स्थायी कमिटीको बैठकले निर्णय लिन नसकेपछि समर्थन फिर्ता लिने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ । बुधबार बसेको माओवादीको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको […]
सरकार चलाउन कांग्रेसको अरुचि
८ बैशाख, काठमाडौँ – २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने अरुचि देखाउँदै आएको छ । कांग्रेसले सो बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको भए पनि संख्या […]
लुम्बिनी प्रदेशमा जसपा विभाजित
८ बैशाख, काठमाडौँ – मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका ३ सहित ४ प्रदेश सांसदले मन्त्री पद सम्हालेपछि लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा विभाजित बनेको छ । यो विभाजनले लुम्बिनी प्रदेशको आगामी सत्ता समीकरण के हुने भन्ने थप अन्यौलता बढाइदिएको छ । संसदीय दलको निर्णय उल्लंघन गरेर मुख्यमन्त्री शंकर पोखरेलको कित्तामा उभिएको […]
नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह
८ बैशाख, काठमाडौँ – विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी ९एमाले० फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ । पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने […]
आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह
८ बैशाख, काठमाडौँ – आफन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका लागि जाँदै हुनुहुन्छ भने तत्कालका लागि उक्त काम नगर्न विमानस्थल कार्यालयले आग्रह गरेको छ । कोरोना सङ्क्रमण फैलिएको अहिलेको परिस्थितिमा विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएको कार्यालयले जनाएको हो । अत्यावश्यक अवस्थाबाहेक विमानस्थल प्रवेश नगर्न पनि कार्यालयले अनुरोध गरेको छ । कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित राख्न […]
नेपाल पक्षविरुद्ध ओली आक्रामक
८ बैशाख, काठमाडौँ – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्। एमालेमा बसेर नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकामध्ये २७ प्रतिनिधिसभा सदस्य र पाँच कर्णालीका प्रदेशसभा सदस्य छन्। नेपाल पक्षका नेताले हालै कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेका थिए। प्रतिनिधिसभा सदस्यतर्फ माधवकुमार नेपाल, झलनाथ खनाल, भीम […]
वित्तीय सुशासनका आधारमा स्थानीय तहमा जाने अनुदान थपघट गरिने
८ बैशाख, काठमाडौँ – सरकारले वित्तीय सुशासनका आधारमा स्थानीय तहमा जाने अनुदान थपघट गर्ने भएको छ । गाउँपालिका तथा नगरपालिकाहरूमा वित्तीय सुशासनका आधारमा अनुदान दिनेगरी सरकारले ‘वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि, २०७७’ ल्याएको छ । संघीय मामिला मन्त्रालयबाट स्वीकृत कार्यविधिमा वित्तीय सुशासन पालना गर्ने पालिकालाई उत्कृष्ट स्थानीय तह घोषणा गर्ने समेत उल्लेख छ । वित्तीय […]
बजेट सिलिङप्रति मन्त्रालयहरू असन्तुष्ट
८ बैशाख, काठमाडौँ – राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७८ र ७९ को बजेटका लागि तोकेको सिलिङप्रति मन्त्रालयहरूले असन्तुष्टि पोखेका छन् । दोस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि सरकारले चाल्न सक्ने कठोर कदमले सरकारी स्रोतमा चाप पर्ने आकलनका साथ आयोगले गत विगतका आवको तुलनामा थोरै मात्र वृद्धि गरी बजेटको सीमा तोकिदिएपछि मन्त्रालयहरू असन्तुष्ट देखिएका […]
१७ सोलार प्लान्टलाई निर्माणको अनुमति
७ बैशाख, काठमाडौँ – विद्युत् विकास विभागले हालसम्म १७ ओटा सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको छ । विभागले कुल ११० दशमलव ४७ मेगावाट बराबरको १७ आयोजना सोलार प्लान्टलाई निर्माण तथा उत्पादनको अनुमति दिएको हो । विभागले २०७६ जेठमा ८ दशमलव ५ मेगावाटको बुटवल सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको थियो । रिडी हाइड्रोपावर कम्पनीले बुटवलमा उक्त […]



