Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

दाहाल र नेपालबीच भेटवार्ता, मिलेर जाने सहमति

१३ चैत्र काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । दुई नेताबीच आज विहान एक व्यापारीको घरमा भेटवार्ता भएको बुझिएको छ । हिजोमात्रै पनि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो । पछिल्लो समय दुई नेताबीच कसरी मिले अघि बढ्ने भन्नेबारे छलफल […]

पार्टी एकता कायम राख्न सबैले कोशिस गरौं : भट्टराई

१३ चैत काठमाडौं –  नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सबैले कोशिस गर्नुपर्ने बताउनु भएको छ । बिहीबार साँझ नेता भट्टराईले थोरै लचकता अपनाए पार्टी एकता जोगाउन सकिने धारणा सार्वजनिक गर्नु भएको हो । ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौं। थोरै पनि लचकताबाट यो सम्भव छ।’भट्टराईले ट्वीटरमा लेख्नु भएको […]

रेशम चौधरीको मुद्दा : आन्दोलनकारीसँग गृहमन्त्री पनि सडकम

१२ चैत काठमाडौँ – रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि आयोजित विरोध सभामा गृहमन्त्री रामबहादुर थापा सहभागी भएका छन् । माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका छन् । विरोध कार्यक्रम थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको हो । आन्दोलनकारीलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले आन्दोलनकारीको […]

केपी शर्माओलीले बोलाए एमाले संसदीय दलको बैठक

१२ चैत काठमाडौँ  – प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार  दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । “बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा कुराकानी हुन्छु, भट्टराईले भन्नु […]

मोबाइलले प्रधानमन्त्री ओलीको फोटो खिच्न नपाइने !

१२ चैत काठमाडौं – पछिल्लो समय फोटो खिच्न मोबाइलको अधिक प्रयोग हुने गरेको छ । प्रविधिको यो सुविधा प्रयोग गर्नेहरुको संख्या दिनदिनै बढ्दैछन् । तर, यसैबेला प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर आफ्नो मोबाइलले खिच्दै हुनुहुन्छ भने होसियार गर्नुहोला । अबदेखि प्रधानमन्त्री ओली सहभागी हुने सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नपाइने भएको छ । बिहीबार ललितपुरको […]

पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : अध्यक्ष दाहाल

१२ चैत काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताउनुभएको हो । “पार्टीलाई कुन संरचनामा कसरी […]

नयाँ पार्टी कार्यालय निरीक्षणका लागि प्रधामन्त्री ओली थापाथली जाँदै

११ चैत काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय रहने भवन अवलोकनका लागि थापाथली जाने भएका छन्। बुधबार बिहान ११ बजे प्रधानमन्त्री ओली उक्त भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमंग मार्ग जान लागेको सचिवालय जनाएको छ। प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षाकर्मीहरू र पार्टीका नेताहरुको बाक्लो उपस्थिती छ। एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्न […]

पूर्व मन्त्री बाँस्कोटा पनि पत्रकार महासंघको सदस्य, चुनावमा भोट हाल्न पाउने

११ चैत काठमाडौं – पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटा नेपाल पत्रकार महासंघको हालसम्म सदस्य कायमै रहेको खुलेको छ । महासंघको निर्वाचन नजिकिएसँगै सार्वजनिक पत्रकारहरुको मतदाता नामावलीबाट बास्कोटा हालसम्म नै महासंघको सदस्य रहेको पाइएको हो । बास्कोटा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत हुन् । ७० करोड भ्रष्टाचार काण्डको अडियो सार्वजनिक […]

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

१० चैत काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद […]

माधव नेपाल भन्छन् पार्टी विभाजनको पक्षमा छैनौं, दास बन्न पनि तयार छैनौं

१० चैत काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी विभाजनको पक्षमा नरहेको तर, दास बन्न पनि तयार नरहेको बताउनु भएको छ। प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेता र कार्यकर्तालाई पेल्दै लैजाँदा वर्तमान अवस्था उत्पन्न भएको उहनँले बताउनु भयो। काठमाडौंमा आयोजित नेपाल पक्षीय अनेरास्ववियूको राष्ट्रिय भेलालाई मंगलबार सम्बोधन गर्दै […]