Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

विवादबीच प्रधानमन्त्री देउवाको गृहजिल्लामा सुरु भयो कांग्रेस वडा अधिवेशन

भदौ २५,डडेल्धुरा- कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ। जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले निवार्चन निर्देशिकाविपरीत वडा अधिवेशन स्थगनको एकलौटी सूचना गरेको थियो । तर, केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिलाई निर्वाचन स्थगित गर्ने अधिकार नरहेको भन्दै सार्वजनिक तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । तालिकाअनुसार आज बिहान ८ः ३० बजेबाट […]

शुक्रबार दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दै

भदौ २५,काठमाडौँ-राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ। शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश २०७८ पेस हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । बैठकको सम्भावित कार्यसूचीमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले लोक सेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन र अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ । […]

एमसिसीमा राष्ट्रिय सहमति बनाउनु पर्छ-प्रचण्ड

भदौ २५,काठमाडौँ-नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले शुक्रबार बिहान सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छन्। प्रचण्डलाई भेट्न सुमार शुक्रबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। भेटमा एमसिसीबारे छलफल भएको थियो। सुमारसँग प्रचण्डले एमसिसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित […]

विदेशीले नेताको घर-घर पुगेर अनुदान लिनैपर्छ भनेर दबाब दिनु बिडम्वना’ भिम रावल

२४ भदौ,काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का प्रतिनिधिले एमालेकै अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेको प्रति आपत्ति जनाएका छन्। एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलगायतको टोली आज नै काठमाडौँ आइपुगेको थियो । उक्त टोलीले आज नै ओलीसँग भेट गरेको हो। रावलले ट्वीटरमा लेखेर नचाहेको अनुदान लिनैपर्छ भनेर विदेशीले नेताहरुको घरघर पुगेर दबाब दिएको […]

नेकपा (माओवादी केन्द्र)ले तोक्यो पालिका इन्चार्ज तथा अध्यक्ष

 २४ भदौ,काठमाडौँ-नेकपा (माओवादी केन्द्र)ले खोटाङका १० वटै स्थानीय तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ।  २२ र २३ भदौमा सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटीको विस्तारित बैठकले जिल्लाका सबै तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको हो । माओवादी केन्द्रले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा सुरेश राई, सहइन्चार्जमा विनोद आचार्य, जयप्रकाश राई, सन्तोष राई, […]

कांग्रेस महाधिवेशन नगर्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज

२४ भदौ,काठमाडौँ-सर्वोच्च अदालतले कोरोना महामारीका बेला नेपाली कांग्रेसको महाधिवेशन नगर्न माग गर्दै दायर भएको रिट खारेज गरिदिएको छ। कांग्रेस बागमती प्रदेश सभा सदस्य रहेका नरोत्तम वैद्यले गत हप्ता दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खारेज गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ। वैद्यले कोरोना महामारी भएकाले महाधिवेशन केही समय पर सार्न माग गरेका थिए।‘महाधिवेशन रोक्ने […]

एमसीसी उपाध्यक्ष फतिमा र ओली बिच के छलफल भयो ?

 २४ भदौ,काठमाडौँ-अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन(एमसीसी) को प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार भेटवार्ता भएको छ। भेटको क्रममा (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गरेकी थिइन्। त्यसको जवाफमा ओलीले एमसीसीबारे तत्काल धारणा नबनाउने जवाफ दिएका छन् । फतिमासँग ओलीले […]

एमसीसी सदनबाट पारित गर्ने या नगर्ने विषयमा चार दलको बैठक जारी

२४ भदौ,काठमाडौँ-अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ  । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको बैठक बसिरहेको छ। एमसीसी सदनबाट पारित गर्ने या नगर्ने विषयमा सत्तारुढ दलरूबीच फरक फरक विचार भएपछि समान धारणा बनाउन उनीहरुको बैठक बसेको हो। चार दिने नेपाल […]

शुक्रबारको संसद बैठकमा कुन ढंगले प्रस्तुत हुन्छ एमाले ?

भदौ २४,काठमाडौँ-(शुक्रबार) बस्ने प्रतिनिधि सभाको बैठक पनि सहजै संचालन हुने संभावना देखिदैन। शुक्रबार दिउसो १ बजे बस्ने गरी बोलाइएको संसद बैठक पनि अवरोध गर्ने तयारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छ।एमालेको विरोधका कारण बुधबार तीनपटक सम्म संचालन हुन नसकेर सभामुखले बैठक भोलिका लागि बोलाएका छन्। एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदका हिजो उठाएको विषय निरन्तर […]

विधि,प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न नेताहरूलाई प्रधानमन्त्रीको :आग्रह

 भदौ २३,काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्नेमा जोड दिनुभएको छ। बैठकमा उहाँले अन्तरवस्तुमा असहमति हुनसक्छ तर विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्नका लागि सत्तागठबन्धनका नेताहरूलाई आग्रह गर्नुभएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले बैठकमा सदनमाअतिआवश्यक विधेयक विचारधिन भएकाले सत्तापक्ष र विपक्षी सबै […]