Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

प्रतिस्थापन विधेयकमार्फत् आजै नयाँ बजेट आउने

२५ भदौ,काठमाडौँ-सरकारले आज नयाँ बजेट ल्याउने भएको छ। प्रतिनिधि सभामा प्रतिस्थापन विधेयकमार्फत् सरकारले आजै नयाँ बजेट पेस गर्न लागेको संसद सचिवालय स्रोतले जानकारी दिएको छ। यसअघि आजै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजी अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेट अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए। अध्यादेश प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेसँगै नयाँ […]

२८ वर्षीय ज्ञवाली बने जिल्लाकै कान्छो वडा सभापति

२५ भदौ,पाल्पा-नेपाली कांग्रेसको १४औं महाधिवेशनले पाल्पाको ८१ वटै वडामा नयाँ नेतृत्व पाएको छ। २१ भदौदेखि सुरु भई सम्पन्न भएको वडा अधिवेशनले जिल्लामा युवा पुस्तादेखि पाका पुस्तासम्मको नेतृत्व पाएको छ। २ नगरपालिका र ८ पालिकामा भएको वडा अधिवेशनमा २८ वर्षीय प्रकाश ज्ञवाली जिल्लाकै कान्छो वडा सभापति बनेका छन् । ज्ञवाली रामपुर नगरपालिका-३ को वडाबाट सर्वसम्मत नेतृत्वमा […]

एमाले सांसदको विरोधककाबीच तीन अध्यादेश पारित

२५ भदौ,काठमाडौँ-प्रतिनिधिसभा बैठकले तीनवटा अध्यादेश पारित गरेको छ। शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित गरेको हो। एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए। एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश पारित  गरेर बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको छ ।

(एमसीसी) सम्झौता खारेजको माग राख्दै सीडीओ कार्यालय घेराउ

२५ भदौ,चितवन-अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग राखेर जिल्ला प्रशासन कार्यालय चितवन घेराउ गरिएको छ। एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी सम्झौता विरोधी नारा र कालो झण्डा प्रदर्शन गर्दै शुक्रबार दिउँसो प्रशासन कार्यालय घेराउ गरेको हो। सिडिओ कार्यालयको उत्तर र दक्षिणतर्फबाट आएको दुई टोलीले कार्यालयअघि केही बेर प्रदर्शनसमेत गरेको […]

एमालेको नाराबाजीकै बीच बैठक जारी

२५ भदौ,काठमाडौँ-नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी जारी राखे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाएका छन्। उनले सांसद प्रेस सुवाललाई आर्थिक अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश गर्न समय दिएका हुन् ।  

एमाले सांसदको अवरोधपछि संसद बैठक स्थगित

२५ भदौ,काठमाडौँ-प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको आरोप लगाउँदै एमालेका सांसदहरूले संसद बैठक अवरोध गर्दै आएका छन् । शुक्रबारको बैठकमा पनि एमालेका सांसदहरूले रोष्टम अगाडि उभिएर नाराबाजी गरेर अवरोध सृजना गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित […]

एमालेको अवरोधका बीच राष्ट्रियसभामा दल विभाजनसम्बन्धी अध्यादेश पेश

२५ भदौ,काठमाडौँ-प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेश गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले अध्यादेश पेश गरेका थिए। अध्यादेश पेश गर्दा एमालेका सांसदहरु उठेर विरोध जनाएका थिए । दल विभाजन अध्यादेश पेशपछि कार्यसूचीमा रहेको अन्य कार्यक्रम राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले हटाएपछि एमाले सांसद बसेका थिए […]

संसद बैठक सुरु हुनासाथ पुनः एमालेद्वारा बैठक अवरुद्ध

२५ भदौ,काठमाडौँ-नेकपा एमालेले प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध गरेको छ। शुक्रबार सभामुख अग्नि सापकोटाले बोलाएको बैठकमा उपस्थित भएका उनीहरुले नाराबाजासहित बैठक अवरुद्ध गरेका छन्। पार्टीबाट माधव नेपालसहित १४ जनालाई गरिएको कारवाही सभामुख सापकोटाले अघि नबढासँगै उनीहरुले संसद अवरुद्ध गर्दै आएका छन् । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ लगायत नारा लगाउँदै संसद अवरुद्ध गरेका […]

डडेल्धुरामा कांग्रेस वडा अधिवेशन भएपछि रिसाए रामचन्द्र पौडेल

२५ भदौ,डडेल्धुरा-प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराएकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । उनले पार्टी इतिहासमै आन्तरिक निर्वाचनमा शक्ति र सत्ताको दुरुपयोग भएको भन्दै लोकतन्त्रकै उपहास भएको टिप्पणी गरेका छन् । ‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र […]

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत

 २५ भदौ,काठमाडौँ- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगको पदाधिकारी मनोनीत गरेकी छन्। बागमतीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेत, सदस्यहरूमा निलम ताम्राकार , रामशरण प्याकुरेल र ज्ञानकुमार श्रेष्ठ मनोनीत भएका छन् । नवनियुक्त पदाधिकारीले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।