राजनीति
आफ्नो अधिकार प्रयोग गर्दा अरु सांसदहरुको अधिकार संकुचन नहोस : सभामुख सापकोटा
२७ भदौ, काठमाडौँ – प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो अधिकार प्रयोग गर्दा अरु सांसदहरुको अधिकार संकुचन गर्न नहुने बताउनु भएकोछ । सांसदहरुले सभामुखविरुद्ध नै नाराबाजी लगाईरहेका थिए । सोही क्रममा सभामुख सापकोटाले यस्तो बताउनुभएको हो । त्यतिमात्रै होईन, सभामुखले प्रतिनिधिसभाको नियामावली २१ पनि सम्झाउनु भएको थियो । […]
संसद अवरोध गरेपनी सीमाभन्दा बाहिर नजानुस् : ओली
२७ भदौ, काठमाडौँ – आइतबार बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै सभामुख र मन्त्रीको व्यवहारबारे खरो आलोचना गर्नुभयो। शुक्रबार बसेको संसद बैठकमा एमाले सांसदहरुले सभामुखलाई माइकले हान्न खोजेको एमालेकै सांसदले बताएका थिए । तर अध्यक्ष ओलीले भने उक्त कुरा झूठो भएको स्पष्टीकरण दिए । उनका अनुसार भित्र भएको […]
प्रतिनिधिसभा बैठक सुरू हुनासाथ एमालेको नाराबाजी, १५ मिनेट बैठक स्थगित
२७ भदौ, काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकको सुरूमै एमाले सांसदले नाराबाजी गरेर अवरोध सृजना गरिरहेका छन् । यसअघि दुई दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले जारी बैठकमा पनि अवरोध सृजना गरेका हुन् । आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट […]
घर न घाटको,रावललाइ सुदूरपश्चिम (इन्चार्ज) दिन सक्दिनँ:ओली
२७ भदौ, काठमाडौँ –पार्टी विभाजनपछि पनि नेकपा एमालेभित्रको विवाद समाधान हुन नसकेपछि खटपट सुरु भएको छ । एमाले विभाजन नहुँदै पार्टी एकता कायम राख्ने भन्दै दोस्रो तहका नेताले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव अघि सारेका थिए । तर, उक्त प्रस्ताव कार्यान्वयन नभएपछि एमालेमा पुनः खटपट सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले […]
दाङमा निर्वाचन समितिका ब्यक्ति आफैंले चिठ्ठा तानेर जिताए क्षेत्रीय प्रतिनिधि
२७ भदौ, काठमाडौँ – दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ५ मा जिल्ला निर्वाचन समितिका पदाधिकारी आफैंले चिठ्ठा तानेर एक जना क्षेत्रीय प्रतिनिधि निर्वाचित गराएका छन्। भदौ २२ गते भएको मतदानमा क्षेत्रीय प्रतिनिधितर्फ शंकर दिवस मज्गैंया, यमकान्त भण्डारी र जितेन्द्रप्रकाश वलीले समान १४२ मत मत प्राप्त गरेपछि निर्वाचन समितिका पदाधिकारी आफैंले चिठ्ठा तानेर मज्गैंयालाई विजयी बनाएका […]
सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल जारी
२७ भदौ, काठमाडौँ-सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।मन्त्रिपरिषद्को विस्तार र सत्तापक्षको आगामी रणनीतिका बारेमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेता बस्नुभएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यस्तै नेकपा (एमाले)ले अवरोध […]
एमसीसी उपाध्यक्ष सुमारको ४ दिने भ्रमण आज टुङ्गिदै : के निस्कियो निष्कर्ष ?
२७ भदौ,काठमाडौँ-अमेरिकी सहायता परियोजना (एमसिसी) उपाध्यक्ष फतिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज (आइतबार) स्वेदश फिर्ता हुँदैछिन्। बिहीबार एमसीसी कार्यान्वयनबारे छलफलका लागि नेपाल आएकी उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबाहेक अन्य नेताहरुबाट उनले एमसीसीबारे स्ष्पट धारणा पाइनन्। प्रधानमन्त्री रहँदा […]
बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी
भदौ २७ काठमाडौँ-सत्तारूढ गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू सहभागी छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई महिना बित्न लाग्दा पनि गठबन्धनले मन्त्रीमण्डल विस्तार गर्न सकेको छैन। यसअघि सरकारले गत शुक्रबार संसदमा अध्यादेशमार्फत् […]
नेपाली कांग्रेस : युवा नेता को कता ?
२७ भदौ,काठमाडौँ- सभापति शेरबहादुर देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता विश्वप्रकाश शर्माले गुट परिवर्तन गरिसकेका छन्। गगन थापाले पनि कृष्णप्रसाद सिटौला गुट छोडेका छन्। देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि दबाब दिइरहेको छ। पूर्णबहादुर खड्का, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाललगायतका खुमबहादुर गुटका नेताहरूले महामन्त्री र सरकारमा मन्त्रीका लागि देउवालाई दबाब बढाएका छन्। देउवा […]
भागबन्डा नमिलेका मन्त्रालय
२७ भाद्र ,काठमाडौँ-सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन। भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन। मन्त्रालय भागबन्डा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार अझै एक दुईदिन लम्बिने भएको छ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मन्त्रालय भागबन्डाबारे कुरा नमिलेको बताए। कुरा मिलेकै छैन। अझै एकदुई […]



