Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

(एमसिसी) पास हुनेमा आशावादी भइन् सुमार

२७ भदौ, काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालले एमसीसी सम्झौता अनुमोदन गरेसँगै थलिएको नेपालको अर्थतन्त्र उकासिने बताएकी छिन् । चार दिने भ्रमणका लागि नेपाल आएकी उपाध्यक्ष सुमारले आइतबार आयोजित पत्रकार सम्मेलनमा एमसीसी सम्झौता जतिसक्दो छिटो अनुमोदन गरिन्छ त्यति चाँडो थलिएको नेपालको अर्थतन्त्रलाई फाइदा पुग्ने उनले बताइन् । […]

‘संसद्‍मा देखिएमा समस्या वार्ताबाट समाधान गरौँ’ : गृहमन्त्री खाण

२७ भदौ, काठमाडौँ –  सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०लाई वार्तामा आउन आह्वान गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसद्मा देखिएको समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सञ्चारकर्मीमार्फत् आग्रह गर्नुभएको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक आइतबार […]

‘कहिलेकाहीँ सोच्छु, एक्लै पो हुने हो कि !’ भन्ने पिर : प्रचण्ड

२७ भदौ, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कहिलेकाहीँ आफू एक्लै परिने भनेर चिन्ता व्यक्त गर्नुभएकोछ । आइतबार पर्शुराम तामाङद्वारा लिखित नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै आफू कहिलेकाहीँ एक्लै परिएला भन्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा चिनियाँ जनक्रान्तिका महानायक माओत्सेतुङको जीवनी सुनाउँदै आफू पनि त्यस्तै गरि […]

(एकीकृत समाजवादी) बागमती संसदीय दलको नेतामा पाण्डे चयन

२७ भदौ, काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ। पार्टीले औपचारिकता पाएपछि आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले धादिङबाट प्रतिधित्व गर्ने पाण्डेलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो। दलको पहिलो बैठकमा एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना सांसदको उपस्थिति रहेको प्रदेशसभाका सदस्य एवं एकीकृत समाजवादीका केन्द्रीय […]

सोमबार २ बजे सर्बदलीय बैठक बस्ने : सभामुख सापकोटा

२७ भदौ, काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सोमबार (भोलि)  साढे २ बजे संसदको ल्होत्से हलमा बैठक बोलाउनुभएको हो। आजको बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन आग्रह गर्नुभएको थियो । सभामुख सापकोटाले बैठक सहजरुपमा […]

सूचना टाँसेर ठीक ठाउँमा आए संसदमा विरोध रोकिन्छ नत्र यस्तै हो : नेम्वाङ

२७ भदौ, काठमाडौँ – सभामुख अग्नि सापकोटाले पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको सूचना टाँस गरेर निकाले प्रतिपक्षी दल नेकपा एमालेले संसदमा जारी अवरोध हटाउने भएको छ । आइतबार अवरुद्ध भएर सकिएको संसद बैठक हलबाट निस्किनुका एमालेका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुखले कारवाही गरेको सूचना टाँस गरे संसदमा नाराबाजीसहित विरोध […]

पत्रकार : संसद अवरोध कहिलेसम्म ? देउवा : ओलीलाई सोध्नू

२७ भदौ, काठमाडौँ – आइतबार पनि प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेपछि सभामुख अग्नि सापकोटा बैठक आगामी भदौ २९ गतेसम्मका लागि स्थगित गरेर हलबाट बाहिरिनुभयो । त्यसपछि पालैपालो हलबाट बाहिरिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई सञ्चारकर्मीको कहिलेसम्म संसद अवरोध रु यसरी कसरी चल्छ रु भनेर प्रश्न गर्दा उहाँ  रिसाउनुभयो । प्रधानमन्त्री देउवाले पत्रकारसँग धेरै […]

लोकबहादुरको त्यो चलाखीपूर्ण अन्तरवार्ता : लाश देखेपछि आतेश लागेर चिच्याएँ (भिडियो सहित)

२७ भदौ, काठमाडौँ – यदि तपाईंले सस्पेन्स थ्रिलर फिल्महरू हेर्ने गर्नुभएको भए थाहा होला, तिनीहरूमा प्रायः सबैभन्दा कम शंका गरिएको व्यक्ति नै अन्त्यमा अपराधि ठहर्छ । जो मुख्य अपराधी हो, उसलाई नै कथामा सबैभन्दा निर्दोषका रूपमा पेस गरिन्छ ताकि दर्शकले अनुमानै नगरुन् । संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा मुख्य अभियुक्तले ठीक यस्तै शैलीमा आफूलाई पेस गरेका […]

भदौ २९ गते दिउँसो १ बजे बस्नेगरि प्रतिनिधिसभा बैठक स्थगित्

२७ भदौ, काठमाडौँ – भदौ १९ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि प्रतिनिधिसभा बैठक स्थगित् भएको छ । आजको बैठक सुरु हुनासाथ नेकपा ९एमाले० का सांसदहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो । सुरुमै एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख अग्निप्रसाद सापकोटाले पहिलो बैठक १५ मिनेटको लागि स्थगित् गर्नुभएको थियो। दोस्रो बैठक पनि सुरु हुनासाथ एमालेले […]

१५ मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधिसभाको दोस्रो बैठकमा एमाले सांसदहरुको नाराबाजी सुरु

२७ भदौ, काठमाडौँ – प्रतनिधिसभाको दोस्रो बैठकमा पनि एमालेले अवरोध कायम रहेको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले राष्ट्रमनजिक पुगेर नाराबाजी गरेको भिडियोमा देख्न सकिन्छ । संसदीय मर्यादा कायम गर्नुपर्ने, गैरसांसदलाई संसद्मा प्रवेश निषेध गर, पार्टी फुटाउने सरकार मुर्दावाद लगायतका नारा लगाइको छ । यसअघि पहिलो बैठकमा पनि एमाले सांसदहरुको नाराबाजी थियो । एमालेले […]