राजनीति
राष्ट्रिय स्वाधीनता र स्वाभिमान उँचो राखेका छौं : प्रधानमन्त्री ओली
२७ वैशाख,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र स्वाधीनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरु आफैं बोल्ने बताए । ‘राष्ट्रियताको पक्षमा त्यति सुदृढ र सक्षम ढंगले अगाडि बढेको सरकारलाई विश्वास गर्न नपर्ने कुनै कारण छैन’, प्रधानमन्त्री ओलीले भने । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि बढाउन र […]
१५ मिनेटपछि बस्ने गरि संसद बैठक स्थगित
२७ वैशाख, काठमाडौँ — संसद बैठक १५ मिनेटपछि बस्ने गरि स्थगित भएको छ ।संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई संसदको विश्वास छ भनेर गरेको प्रस्तावमा मतदान हुँदैछ । सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । त्यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा नेताहरुले […]
प्रधानमन्त्री ओली संसद् भवनमा
२७ वैशाख, काठमाडौँ – विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन पुगेका छन् । विश्वासको मतको प्रयोजनका लागि संसद् बैठक सोमवार दिउँसो १ बजे बस्दैछ । २०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेयताका बैठकमा ओली सहभागी भएका थिएनन् । संसद् भवनमा पुगे […]
माधव पक्षले राजीनामा नदिने
२७ वैशाख, काठमाडौं – नेकपा एमालेको माधव पक्षको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा उपस्थित हुने निर्णय गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि माधव नेपाल पक्षधर एमाले सांसदहरु सिंहदरवारमा भेला हुन थालेका थिए । भेलाबाट तत्काल राजीनामा नदिने र आजको प्रतिनिधि सभाको बैठकमा उपस्थित नहुने निर्ण गरिएको माधव समूह स्रोतले जनाएको […]
पछि हट्यो जसपा, प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने
२६ वैशाख,काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षबाट पछि हटेको छ । आइतबार पार्टी नेता बाबुराम भट्टराईको निवासमा बसेको जसपा शीर्ष नेताको बैठकले ओलीलाई विश्वासको मत नदिने सर्वसम्मत निर्णय गरेको जसपा स्रोतले बताएको छ । स्रोतका अनुसार ओलीलाई विश्वासको मत नदिने सर्वसम्मत निर्णय भएको तर प्रधानमन्त्रीको विपक्षमा रहने […]
पार्टी एकताका पक्षमा लाग्न अध्यक्ष ओलीको आह्वान
२६ वैशाख, काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सबैलाई सरिक हुन आग्रह गर्नुभएको छ । उहाँले बाहिर भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगरेको स्पष्ट गर्नुभएको छ । अध्यक्ष ओलीले आज जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “म यो कुरामा सबैलाई […]
छिट्टै बहुमतको नयाँ सरकार बन्छ :प्रवक्ता श्रेष्ठ
२६ वैशाख, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताउनुभएको छ । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उहाँले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसद्बाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । ‘अहिलेको सरकारले भोलि (सोमबार) विश्वासको मत प्राप्त गर्न सक्दैन’, उहाँले […]
हुन सकेन आली-नेपाल भेटवार्ता
२४ बैशाख, काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच हुने भनिएको भेट रोकिएको छ । एमाले स्रोतका अनुसार दुई नेताबीच एमाले पार्टी मुख्यालय बबरमहलमा निर्णायक वार्ता हुने कार्यक्रम रहेको थियो । यसअघि आज ११ बजे पार्टी कार्यालय बबरमहलमा दुई नेताबीच भेट्ने कुरा सञ्चारमाध्यममा आएपछि ठूलो संख्यामा पत्रकारहरू […]
गृहमन्त्री थापाले गराए राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता
२४ काठमाडौँ-नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ । उहाँको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत हुनुहुन्छ । गृहमन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकोप्टरबाट हेटौँडा आइपुग्नुभएको थियो । सो […]
विश्वासको मत लिने भएपछि ओलीको दौडधुप : देउवा निवासबाट फर्कियो ओलीको टोली
२२ वैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ । बुधवार दिउँसो सभापति देउवालाई भेट्न प्रधानमन्त्री ओली देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । प्रधानमन्त्री ओली देउवालाई भेट्न नेकपा एमालेका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादलसहित पुगेको बुढानिलकण्ठ पुगेको थियो । आजको […]



