Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

समाचार

घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४६ मिनेटमा

२१ आश्विन,काठमाडौं –पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको बताउनुभएको छ। आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै अध्यक्ष गौतमले भन्नुभयो, “घटस्थापना भनेको लोकको रक्षा, उन्नति, प्रगति र सुस्वास्थ्यका लागि लागि हो । घटस्थापनामा जौ रोप्नुको कारण छ । जगत्जननी दुर्गाको अत्यन्त प्रिय पुष्प […]

दशैंको मुखमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिँदै

२१ आश्विन,काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम सिफारिस गर्न सत्ता गठबन्धनमा सहभागी दलहरू बुधबार छुुट्टाछुुट्टै बैठक बसेका छन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको अध्यक्षतामा बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारीहरूको बैठक बस्यो । यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत […]

काठमाडौंमा दशैं लक्षित खोप अभियान शुरू

२१ आश्विन,काठमाडौं – राजधानीको बजार क्षेत्रमा भीडभाड बढ्न थालेको भन्दै सर्वत्र विरोध हुन थालेपछि कोभिड संक्रमण रोक्न काठमाडौं महानगरपालिकाले दशैंलक्षित तीनदिने खोप अभियान शुरु गर्ने भएको छ । ललितपुर महानगरपालिकाले हिजो बुधबारबाट सबै वडामा तीन दिनसम्म खोप अभियान शुरु गरेको छ भने कामपाले असोज २२ देखि शुरु गर्ने भएको छ । कामपा जनस्वाथ्य विभाग प्रमुख […]

अव नम्बरप्लेट स्पष्ट नदेखिए कारवाही

२१ आश्विन,काठमाडौं –महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्टरूपमा नदेखिने गरी सवारी साधन सञ्चालन गर्ने चालकलाई कारबाही थालेको छ ।दुर्घटना हुँदा यस्ता सवारी साधन भाग्नसक्ने भएकाले स्पष्ट र बुझिने गरी नम्बर प्लेट राख्न महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले नम्बर प्लेटविरुद्धको कारबाही अभियानका क्रममा नम्बर प्लेट नलेखिएका १६५ र खुइलिएका नम्बर प्लेट राखिएका ५४ […]

इटहरीमा सवारी दुर्घटना २ को निधन

२१ आश्विन, सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको […]

उपत्यकाका सार्वजनिक सवारी साधनको भाडा बढ्यो

२१ आश्विन,काठमाडौं – बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो। बाग्मती प्रदेशमा १३ जिल्ला छन्। काठमाडौँ उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो। उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म […]

बौद्धमा कोठी चलाउने घरबेटीलाई यसरी लियो प्रहरीले नियन्त्रणमा

२० आश्विन, काठमाडौँ – काभ्रेकी १६ वर्षीया किशोरी दुई वर्षअघि एक पुरूषसँग काठमाडौं आइन्। काठमाडौंमै उनले छोरा पनि जन्माइन्। अहिले उनका छोरा ११ महिनाको भएका छन्। उनले ओखलढुङ्गाका एक पुरूषसँग विवाह गरेकी थिइन्। एउटी साथीमार्फत् भेट भएपछि काठमाडौंमा विवाह गरेर आरूबारीमा डेरा गरी बस्न थालेका थिए। छोरा जन्मिएपछि श्रीमान पनि एकाएक हराए। कहाँ गए, के गर्दै […]

११ लाख भारतीय नोटसहित एक व्यक्ति पक्राउ

 २० आश्वन,इटहरी – मङ्गलबार भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ) सहित नियन्त्रणमा लिइएको हो । पैतीस वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ । विशेष सूचनाका आधारमा अग्रवाललाई झोलामा बोकेको दुई हजार, ५००, २०० र १०० […]

टिकटक बनाउने बहानामा सुनको सिक्री लिएर फरार दुई युवती पक्राउ

 २० आश्विन, काठमाडौँ –टिकटक बनाउनका लागि भन्दै लिएको सुनको सिक्री लिएर फरार भएका दुई महिला पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौं–३२, जडीबुटीमा बस्दै आएकी १९ वर्षीया उर्मिला भन्ने यूनिसा मगर र काभ्रेकै नमोबुद्ध नगरपालिका–८ […]

आकाशे पुलमूनि एयर इन्डियाको जहाज अड्कियो (भिडियो सहित)

 २० आश्विन, एजेन्सी नयाँदिल्ली –भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको एउटा जहाज अड्किएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सधैँ आकाशमा उडिरहेको वा रनवेमा गुडिरहेको देखिने जहाज आकाशे पुलमूनि अड्किएको देखेपछि धेरै मानिसले चासो देखाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार जहाज अड्किएको भिडिओ पत्रकार अशोक राजले केही दिनअघि आफ्नो ट्वीटरमा राख्नुभएको थियो। उक्त […]