Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

साउदीको ९१ औं राष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा कार्यक्रम

९ आश्विन, काठमाडौं – काठमाडौंस्थित साउदी अरबको राजदूतावासले आफ्नो ९१ औं राष्ट्रिय दिवसको अवसरमा राजधानीमा एक कार्यक्रमको गरेको छ ।समारोहमा ‘साउदी अरब भिजन २०३०’ को विषयमा जानकारी गराइएको थियो। भिजन २०३० साउदी अरबको अर्थतन्त्रमा तेलमाथि रहेको निर्भरतालाई कम, अर्थतन्त्रलाई विविधिकरण गर्ने, तेल बाहेकको अन्तर्राष्ट्रिय व्यापारलाई विस्तार गर्ने, शिक्षा, स्वास्थ्य, मनोरञ्जनसहितको क्षेत्र विकास गर्नेसहितका योजना रहेको […]

आजको मौसम पुर्वानुमान :

९ आश्विन, काठमाडौं – आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै राति मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।

काभ्रेमा पालिका अधिवेशन स्थगित !

९ आश्विन, काभ्रे  – नेपाली कांग्रेस काभ्रेको अधिवेशनका लागि केन्द्रबाट खटिएका निर्वाचन अधिकृत बिनासूचना बेपत्ता हुनुभएको छ । कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यका अनुसार निर्वाचन अधिकृत राजेन्द्र लामिछाने बिनासूचना बेपत्ता हुनुभएको हो । आचार्यले सामाजिक स‌जालमा लेख्नुभएको छ, ‘मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधिसमेतको सुनिश्चित नभएको कारण भोलि […]

यस वर्षको बडादसैँका शुभसाइत सार्वजनिक

९ आश्विन, काठमाडौं – नेपाल पञ्चांग निर्णायक समितिले यो बडादसैँका विभिन्न साइतहरु निर्धारण गरेको छ । जसमा टीका लगाउने उत्तम साइत असोज २९ गते शुक्रबार १०:०२ बजे परेको छ । उक्त साइतमा टीका लगाउदा पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस्तैरी आफन्त टाढा भएर उक्त साइतमै नभ्याउनेहरुले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सक्नेछन् । त्यस्तै […]

किन स्कटल्याण्ड जाँदैछन् ? प्रधानमन्त्री देउवा

९ आश्विन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्याण्डबाट प्रारम्भ हुने भएको छ । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान लाग्नुभएको हो । बेलायती कूटनीतिज्ञ एवं कोप-२६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले कोपमा सहभागी हुने विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरिएको छ […]

आफूसँग चुनाव लड्न चुनौती दिँदै बादललाई सुदनले भने (फिस्टो मार्न गुलेली नै काफी)

८ आश्विन काठमाडौं –  नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद सुदन किरातीले रामबहादुर थापा ‘बादल’ सँग निर्वाचन लड्न आफू काफी भएको दावी गर्नुभएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले चितवनमा प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएपछि त्यसको जवाफमा प्रतिक्रिया दिनुभएको हो । बादलको भनाइप्रति टिप्पणी गर्दै किरातीले सामाजिक […]

चोरीका दर्जनौ मोबाइलसहित दुईजना पक्राउ

८ आश्विन काठमाडौं – प्रहरीको महानगरी अपराध महाशाखाले भारतबाट अवैध रुपमा चोरी गरी ल्‍याएको आरोपमा मोबाइलसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका-१४ घर भइ काठमाडौं शंखमुल बस्‍दै आएका २१ वर्षीय आकाश कार्की र बर्दिबास नगरपालिका-१४ घर भइ हाल काठमाडौं महानगरपालिका-३१ जडिबुटी बस्‍दै आएका २१ वर्षीय अमित कुमार महतो रहेका छन्। भन्सार छलेर चोरी […]

जितेन्द्र उर्फ गोर्गीको अदालतमा गोली हानी हत्या

८ आश्विन काठमाडौं – छिमेकी राष्ट्र भारतको केन्द्रीय राजधानी दिल्लीको रोहिणी अदालतमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार शुक्रबार दिउँसो मोस्ट वान्टेड ग्याङस्टार जितेन्द्र उर्फ गोर्गीको गोली हानी हत्या गरिएको हो । त्यसलगत्तै उक्त अदालत परिसरमै भएको शूटआउटमा अन्य दुई जना आक्रमणकारीको पनि हत्या गरिएको छ । उक्त शूटआउटमा […]

महाधिवेशनको मिति सर्दैन : कांग्रेस

८ आश्विन काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो । बैठकले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ […]

पछिल्लो २४ घण्टामा एक हजार ५ सय ५० जना कोरोना संक्रमणमुक्त

८ आश्विन काठमाडौं – पछिल्लो २४ घण्टामा एक हजार ५५० संक्रमित निको भएका छन् ।  त्यस्तै २४ घण्टा भित्रमा नेपालमा एक हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । पिसिआर विधिबाट १० हजार ५ […]