समाचार
कञ्चनपुरमा दुई समूहबीच झडप ७ जना घाइते, ४ को अवस्था गम्भीर
२७ भदौ, धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा झडप हुँदा ७ जना घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार राति ८ बजेको समयमा दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका हुन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर घाइते भएकाहरु कृष्णपुर नगरपालिका–१ का अन्दाजी २८ वर्षीय चन्द्रबहादुर […]
थप ९११ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु
२७ भदौ, काठमाडौँ – आज पनि मुलुकभर नयाँ कोरोना संक्रमितहरुको संख्या १ हजार भन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ११ […]
संसदमा भएको अवरोध हटाउन आन्तरिक छलफलमा सभामुख सापकोटा
२७ भदौ, काठमाडौँ – नेकपा एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थाल्नुभएको छ । १५ मिनेट बैठक स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरिरहनुभएको छ । साथमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत सहभागी […]
भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे
२७ भदौ, बैतडी – यहाँका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो […]
संखुवासभा हत्या प्रकरण : ६ जनाको हत्या आरोपित सार्वजनिक
२७ भदौ,काठमाडौँ-संखुवासभामा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ। मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो। घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख […]
मौसम पूर्वानुमान :
२७ भाद्र ,काठमाडौँ-हाल देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भागमा आँशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिणतर्फ रहेको छ। दिउँसो अधिकांश […]
डगौरा थारु समुदाय आज (अटवारी) पर्व मनाउँदै
२७ भाद्र ,दाङ-दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ। तुलसीपुर उपमहानगर, घोराही उपमहानगर, गढवा गाउँपालिका लगायतका दाङका स्थानीय तहले आज सार्वजनिक बिदा पनि दिएका छन्। लुम्बिनी प्रदेश सरकारले पनि दाङ, बाँके, बर्दिया जिल्लामा बिदा दिएको छ। थारु समुदायले अष्टमीपछि चन्द्रमादेखिने बित्तिकै अटवारी पर्व मनाउने गर्छन्। यो पर्व कृष्णा जन्माष्टमीको आठ दिनपछि […]
सङ्खुवासभा हत्या प्रकरण : हत्याका आरोपी आज सार्वजनिक गरिँदै
२७ भाद्र,सङ्खुवासभा- सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको आरोपीलाई आज(आइतबार) सार्वजनिक गरिँदै छ। प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई शनिबार पक्राउ गरेको थियो। उनलाई आइतबार चैनपुरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो। इलाका […]
८० प्रतिशत काम सम्पन्न नौतले दरबारको पुनर्निर्माण डेढ वर्षदेखि ठप्प
२७ भाद्र ,काठमाडौँ-कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक टोली नेपाल नफर्कंदा काठमाडौँको वसन्तपुर क्षेत्रको नौतले दरबारको पुनर्निर्माण ठप्प भएको छ । अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम करिब डेढ वर्षदेखि स्थगित छ। हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले दरबार पुनर्निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका प्राविधिक र कामदार नेपाल नफर्कंदा बाँकी काम […]
संसद बैठक बस्दै
७ भाद्र,काठमाडौँ-सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधि सभाको बैठक बस्दैछ। शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको छ। पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संदन निरन्तर अवरोध गरिरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरेको […]



