समाचार
(एमसीसी) आवश्यक संशोधन गरेर अगाडि बढाउने : एमाले
२७ भाद्र ,काठमाडौँ-नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ। तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। स्थायी समिति बैठक बसेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले एमसीसी सम्झौता हुँदै हुन्न भन्ने पक्षमा […]
९३ लाख नक्कली नोटसहित गुजराबाट ५ पक्राउ
२७ भाद्र,बारा-जाली नोटको कारोबार गर्ने एउटा गिरोहका ५ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पक्राउ गरेको छ। उनीहरुलाई शनिबार ९३ लाख नक्कली रुपैयाँसहित निजगढ र रौतहटको गुजरा नगरपालिकाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई नक्कली नोटसहित जिल्ला प्रहरी कार्यालय कलैया लगिएको छ। काठमाडौंबाट आएको व्युरोको टोलीले निजगढस्थित होटेल तारा इनबाट नक्कली नोटको कारोबारमा संलग्न […]
माओवादी नेता गोन्जालोको सैन्य जेलमा निधन
२७ भाद्र ,एजेन्सी- सन १९८० र ९० दशकमा चलेको साइनिङ पाथ नामक माओवादी आन्दोलनका नेता गोन्जालोको मृत्यु भएको छ। पेरुको कायालो क्षेत्रको सैन्य जेलमा उनको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। पेरुको विद्रोही समूह साइनिङ पाथका संस्थापक गोन्जालोलाई संसारभरका कम्युनिष्टहरुले आदर्श पात्रका रुपमा चिन्ने गर्दछन् । अभिमल गुज्म्यान उर्फ गोन्जालोलाई पेरु सरकारले आजीवन कारावासको […]
हलेसीधाममा पद्मसम्भवको (विग्रह) शिलान्यास
२६ भदौ,दिक्तेल-खोटाङको हलेसीधाममा पद्मसम्भवको मूर्ति शिलान्यास गरिएको छ। हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसीलाई धार्मिक पर्यटनका रूपमा प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिका र नेपाल बौद्ध महासंको संयुक्त लगानीमा आचार्य गुरु पद्मसम्भवको ६० फिट अग्लो मूर्ति शिलान्यास गरिएको हो। वडा नं–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा पद्मसम्भवको प्रतिमा स्थापना गर्न नगरप्रमुख इवन राई र नेपाल […]
किशोरीलाई बेच्न लैजाँदै गरेका दुई महिला सिरहाबाट पक्राउ
दुई किशोरीलाई बेच्न भारततर्फ लैजाँदै गरेका दुई महिलालाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका १ की ३५ वर्षीया उषादेवी मलाह रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार १६ र १९ वर्षीया दुई किशोरीलाई बेच्ने उद्देश्यले माडर नाकाबाट भारत लग्ने योजना […]
थप ९ सय ९४ जना संक्रमित, २१ जनाको मृत्यु
२६ भदौ,काठमाडौँ-कोरोना संक्रमणबाट आज थप २१ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज नेपालमा कोरोना भाइरसका थप ९ सय ९४ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या ७ लाख ७६ हजार ३ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]
प्रदर्शनकारी र प्रहरीबीच झडप
२६ भदौ,काठमाडौं-अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ। केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो। भाडावाला सरोकार समाजले अगुवाई गरेको प्रदर्शनमा युवाहरुको उल्लेख्य सहभागिता थियो। प्रदर्शनमा ‘एमसीसी […]
प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : मन्त्री भुसाल
२६ भदौ,ललितपुर-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताएकी छिन्। किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले सरकारले हिजो ल्याएको प्रतिस्थापन विधेयक जनताप्रति समर्पित रहेको बताईन्। “आन्दोलनमा त्याग गरेका व्यक्तिका परिवारलाई सम्मान र राहतको व्यवस्था गरिएको छ। कोरोनाबाट सङ्कटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगार दिने […]
(एमसीसी) परिमार्जनबिना पास गर्न नहुने प्रस्ताव, स्थायी कमिटी बैठकमा लैजाँदै भीम रावल
भदौ २६, काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी परिमार्जन नगरी संसदबाट पारित गर्न नहुने अडान लिएका छन्। पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा समेत रावलले यसबारेमा छलफलको लागि प्रस्ताव लैजाने भएका छन्। पत्रकार ऋषि धमलासँगको कुराकानीमा रावलले एमसीसी सम्झौतामा भएका कतिपय प्रावधान देशको हितमा नभएको भन्दै ती प्रावधान परिमार्जन […]
संखुवासभा हत्याकाण्डका आरोपीलाई आइतबार सार्वजनिक गर्ने तयारी
२६ भदौ,संखुवासभा-संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउपश्चात् आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ। तयारी गरेसंगै हत्याको ५ दिनपश्चात् आरोपी २६ वर्षिय लोकबहादुर कार्कीलाई पक्राउ गरिएको छ। उनी नाताले हत्या गरिएका तेजबहादुर कार्कीका भतिज हुन्। भदौ २१ गते सोमबार बिहान हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की खेताला खोज्न निस्किएका थिए। उनलाई लोकबहादुरले बाटोमा ढुकेर बसेका थिए। […]



