Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

समाचार

मानुषी लघुवित्तको आइपिओ खुला

२७ साउन, काठमाडौँ – मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन ९आइपिओ० आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार वित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन […]

एकैदिन ८१ जना फरार अभियुक्त पक्राउ

२७ साउन, काठमाडौँ – कपिलवस्तु प्रहरीले पछिल्लो २४ घण्टाभित्र  जिल्लाभर विभिन्न अपराधमा संलग्न  ८१ जना फरार अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको छ। कपिलवस्तु जिल्लामा  विभिन्न मितिमा लागुऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई  जिल्ला अदालत कपिलवस्तुले गरेको फैसलामा कसूरदार ठहरिएका ८१ जना मानिसहरुलाई २४ घण्टाभित्र प्रहरीले पक्रन सफल भएको हो। […]

ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

२७ साउन, काठमाडौँ – सिरहामा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका ७ गागनखोला नजिकै स.१त.५९३५ नम्बरको ट्याक्टर आज विहान पल्टिदा गोलबजार नगरपालिका १ निपाने का ३० वर्षीय अरुण यादवको मृत्यु हो । यादवले ट्याक्टरमा लेवरको रुपमा काम गर्दै आएको बताइएको छ । रातिको समयमा बालुबा लिन गएको बेला ट्याक्टर […]

विद्यार्थीद्वारा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड

२७ साउन, सुर्खेत -मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम)मा मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन् । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको बताउनुभयो […]

सात किसान संगठनले भने : भूमि आयोग विघटन स्वाभाविक

२७ साउन, काठमाडौँ – सत्तारुढ गठबन्धन निकट किसान संगठनहरूले किसानहरूलाई उच्च प्राथमिकताका साथ कोभिडको खोप प्रदान गन माग गरेका छन् । बुधबार विहान सात वटा किसान संगठनले संयुक्त विज्ञप्ति जारी गरी कोभिड प्रभावित किसानहरूलाई राहतका कार्यक्रमहरू पनि घोषणा गर्न माग गरेका हुन् । उत्पादनका लागि सहज वातावरण सिर्जना गर्न र देशलाई आसन्न खाद्य संकटबाट जोगाउन […]

करेन्ट लागेर २ जनाको मृत्यु

२७ साउन, काठमाडौँ – धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले […]

भौतिक पूर्वाधार मन्त्री पाण्डेद्वारा राजीनामा

२७ साउन, काठमाडौँ – लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सन्तोषकुमार पाण्डेले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुने अघिल्लो दिन मन्त्री पाण्डेले राजीनामा दिनुभएको हो । नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेको र जनता समाजवादी पार्टी जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको पाण्डेले […]

विद्युत् प्राधिकरणमा कुलमानको ‘कमब्याक’, हितेन्द्र ऊर्जा आयोगमा

२७ साउन, काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ । वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको ती मन्त्रीले  जानकारी […]

मनाङमा बाढीपहिराको क्षतिसम्बन्धी प्रतिवेदन

२६ साउन, काठमाडौँ – मनसुन शुरुवात हुनु अगावैदेखि आएको बाढीपहिराले हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ । मनाङका शाखा तथा मुख्य सडक बाढीपहिराले क्षतविक्षत भएपछि  स्थलमार्ग अवरुद्ध भएको छ । सडकसँगै जिल्लाका पुलसमेत बाढीले बगाएको छ । मनाङ जिल्लाकै ‘लाइफ लाइन’का रुपमा रहेको लमजुङ बेँंसीशहर–चामे जोड्ने मुख्य सडक तथा सदरमुकाम चामेदेखि उपल्लो मनाङ […]

उपत्यकामा मास्क नलगाउने व्यक्ति गाडी चढ्न नपाउने

२६ साउन, काठमाडौं – काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा मास्क नलगाएका व्यक्ति चढ्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने छ ।’ सवारी चालक र सहचालकले अनियवार्य रुपमा मास्क, भाइजर […]