Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

समाचार

विद्यालय को शुल्क तिर्न ढिलाई हुँदा पिरिन्सिप्ल द्वारा विद्यार्थीको परिवार माथि कुटपिट

शशी कुमार मण्डल २७ साउन, सिरहा – मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयको प्रिन्सिपलले विद्यालयको  शुल्क भुक्तानमा ढिलाई गरेको भन्दै एक विद्यार्थीको  परिवारमाथि कुटपिट गरेका छन् । मिर्चैया नगरपालिका १० मा मथलेश्वरमा रहेको राजदेवी इग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले विद्यालयको शुल्क तिर्न ढिलाई गरेको भन्दै विद्यार्थीका अभिभावक सहित परिवारका अन्य सदस्यमाथि कुटपिट गरेका हुन् […]

राष्ट्रियसभाबाट दुई विधेयक पारित

२७ साउन, काठमाडौँ – राष्ट्रियसभाबाट दुई विधेयक पारित गरिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव गर्नुभएको ‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मतिले पारित भएका हुन् । सो विधेयकमाथिको छलफलका क्रममा सांसदहरुको जवाफ दिँदै मन्त्री कार्कीले रेल सञ्चालनको कानुन अभावले विधेयक पेस गरेको […]

अनामनगरमा रोकेर राखेको टिपरमा स्कुटर ठोक्कियो, चालकको मृत्यु

२७ साउन, काठमाडौँ – काठमाडौंको अनामनगर स्थित सिंहदरबार पूर्वी गेटसँगै रोकेर राखेको टिपरमा स्कुटर ठोक्किएर दुर्घटना भएको छ । मंगलबार राति प्रदेश –३–०१–००६ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटर चालक सन्देश बुढाथोकीको उपचारको क्रममा सिभिल हस्पिटलमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी संजिव शर्माले  […]

चितुवाको छालासहित २ जना पक्राउ

२७ साउन, काठमाडौँ – पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित कुसुम खोलाबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका घर भएका ४२ वर्षीय विष्णुबहादुर खत्री र ४० वर्षीय रविल मिया रहेका छन् । लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी हार्थोकबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान चितुवाको छाला बरामद गरेको […]

दोरम्बा शैलुङ्ग गाउँपालिकाको आलु प्रचण्डलाई कोसेली

२७ साउन, काठमाडौं – दोरम्बा शैलुङ्ग गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादित हुने आलुको ब्राण्डिङको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोसेलीको रुपमा आलु उपलब्ध गराएको छ । गाउँपालिकाका उपाध्यक्ष कृशला घिसिङले आज प्रचण्ड निवास खुमलटारमा पुगेर कोसेली आलु उपलब्ध गराएकी हुन् । उपाध्यक्ष घिसिङले गाउँपालिकाभित्र पछिल्लो समयमा आलु उत्पादनमा उत्साहजनक रुपमा बृद्धि भएको बताउदै गाउँपालिकाभित्र […]

सिरहामा ट्रयाक्टर पल्टिँदा १ जनाको मृत्यु

२७ साउन, काठमाडौँ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ । नम्बर मेटिसकेका ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव ट्र्याक्टर मजदुरको रुपमा काम गर्ने बताइएको छ । ट्र्याक्टर अनियन्त्रित […]

कुलमानले नियुक्तिपत्र लिएलगत्तै गरे पदभार ग्रहण

२७ साउन, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । आज रत्नपार्कस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । यसअघि, आजै उनले नियुक्तिपत्र बुझेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीबाट उनले नियुक्तिपत्र लिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई […]

सत्ता पक्षको अनुपस्थितिमै बस्यो लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस

२७ साउन, काठमाडौँ – लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ ।  मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो । बैठकमा सत्ता पक्षका सांसद उपस्थित छैनन् ।  बैठकमा अविश्वास प्रस्ताव पेस गर्दै प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्ता पक्ष अनुपस्थित नहुनु अनौठो भएको बताए । आफूहरुले पटक […]

भारतीय एसएसबीले तुइन फुकालिदिएपछि जयसिंह धामी महाकालीमा बेपत्ता भएको ठहर

२७ साउन काठमाडौँ – जनअधिकार अभियान नेपालले दार्चुलाका जयसिंह धामी भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन फुकालिदिएको कारणले महाकाली नदीमा खसी बेपत्ता भएको ठहर गरेको छ । अभियानमा घटनास्थलमा पुगेर गरेको अध्ययन तथा प्राप्त तथ्यहरूको आधारमा यस्तो निष्कर्ष निकालेको हो । अभियानले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला प्रकरण भारतीय सुरक्षाफौजको दादागिरी भएको उल्लेख गर्दै महाकाली […]

मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य शुरु

२७ साउन, काठमाडौँ – मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउनका लागि मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ । कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको  खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बताउनुभयो । गत असार १ र त्यसपछि लगातार रुपमा आएको बाढीले मेलम्चीमा मात्र […]