समाचार
संसद भवन अगाडि बेलुन उडाएर (एमसीसीको) विरोध (फोटो फिचर)
भदौ २३,काठमाडौँ-अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)को विरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवन कार्यालयअगाडि बेलुन उडाइएको छ। हेर्नहोस् तस्बिरहरु
थप १६४० कोरोना भाइरसको संक्रमण पुष्टि,२१६१ निको भए
२३ भदौ,काठमाडौँ-पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १३ हजार ४५५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट ९ हजार ७ सय ६७ जना र एन्टिजेनबाट ३६८८ जनाको परीक्षण भएको छ। त्यस्तै दुई हजार १६१ संक्रमित निको भएका […]
संसद्को दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदहरूको नाराबाजी
२३ भदौ,काठमाडौँ-प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ। एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले आफू कानुनअनुसार बैठक चलाउन प्रतिबद्ध रहेको बताए पनि एमाले सांसदहरूको नाराबाजी रोकिएको छैन । यसअघि एमालेकै सांसदहरूको अवरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
एमालेको अवरोध पछि सभामुखले गरे एमालेका प्रमुख सचेतक र सचेतकसँग छलफल
२३ भदौ,काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको बैठक स्थगित गरेर प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । सभामुखको आचरणप्रति असन्तुष्टि जनाउँदै एमालेले सदनमा विरोध जनाएपछि सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ। उनीहरुबीच प्रतिनिधिसभा नियमावलीको नियम २१ को उपनियमको बारेमा […]
बैठक अवरुद्धपछि संसद भवन पुगे ओली
२३ भदौ,काठमाडौँ-प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। संसदको नवौँ अधिवेशन अन्तर्गत बुधबार प्रतिनिधि सभाको पहिलो बैठक एमालेका सांसदहरुको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ। बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली संसद भवन पुगेका छन्।
चालकलाई नै ढुंगाले हानेर १४ लाख लुट्ने पक्राउ
२३ भदौ,उदयपुर–लिफ्ट मागी गाडीमा चढेर चालकलाई कुटेर बेहोस बनाई लुटपाट गर्ने पक्राउ परेका छन्। ओखलढुंगाको चिसम्खुगढी गाउँपालिका–३ का रमेशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडकको बर्मी जंगलमा पिसाब गर्न बाहिर निस्किएका चालक प्रकाश श्रेष्ठलाई रमेशले पछाडिबाट ढुंगाले हानेर गाडीमा रहेको १४ लाख रुपैयाँ लिएर हिँडेका थिए। उनलाई प्रहरीले १३ लाख ७७ हजार […]
एमसीसीविरुद्ध काठमाडौँमा निरन्तर प्रदर्शन (फोटो फिचर)
२३ भदौ,काठमाडौँ-अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सदनबाट अनमोदन गर्न खोजिएको भन्दै काठमाडौंमा केही दिनयता निरन्तर प्रदर्शन भइरहेको छ। बुधबार पनि विभिन्न राजनीतिक दल र समूहहरूले प्रदर्शन गरेका छन्। बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको लागि नेपाली लगायतका पार्टीहरुले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले माइतीघरबाट निकालेको ¥याली नयाँ बानेश्वर पुगेर सभामा परिणत […]
आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने, सतर्क रहन आग्रह
२८ साउन, काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक९दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ । भारी वर्षासँगै […]
अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय काम ठप्प
२८ साउन, काठमाडौँ – असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय […]
खोप लगाए पनि कोरोना संक्रमण !
२८ साउन, काठमाडौँ – कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन सकिने र अरूलाई समेत सुरक्षित राख्न सकिने उनीहरूको सुझाव छ। नेपालमा खोप लगाएका व्यक्तिहरूले ढुक्क भएर जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेकै कारण […]



