समाचार
थप १ हजार ८०१ जना कोरोना संक्रमण, २३ मृत्यु
३ साउन, काठमाडौँ – नेपालमा आइतबार थप १ हजार ८ सय १ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय २८ पीसीआर परीक्षणका क्रममा १ हजार २ सय २३ र ३ हजार एन्टीजेन परीक्षणका क्रममा ५७८ जनामा कोभिड पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ […]
चार वर्षीया बालिकाको जलेर मृत्यु
३ साउन, काठमाडौँ – ओखलढुंगामा चार वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । सिन्धुली फिक्कल गाउँपालिका वडा नम्बर ५ बस्ने समिता राई खड्काकी ४ वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ। धनकुमारी खड्का ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ स्थित मामा घरमा आएकी थिइन्। त्यहाँको गाइ गोठमा आइतबार […]
दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै
३ साउन, काठमडौँ – दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ । “एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ ।” कार्यालायका […]
४९ दशमलव २० प्रतिशत मुद्दा फछ्र्यौट
३ साउन, काठमाडौँ – जिल्ला अदालत महोत्तरीले गत आर्थिक वर्षमा ४९ दशमलव २० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०७७/०७८ मा कूल तीन हजार ५ सय ४२ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा गत असार २५ गते सम्ममा एक हजार ७ सय ४३ मुद्दा मात्र फछ्र्यौट गर्न सफल भएको जिल्ला न्यायाधीश दीपककुमार खरेलले […]
रुवी भ्यालीमा वन फडानी, विकास आयोजनाको नाममा करोडौँको चलखेल
३ साउन, काठमाडौँ – धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्यालीमा करोडौं रुपैयाँको वन फडानी भएको छ । सुपर आँखुखोला जलविद्युत आयोजनाले बाटो बनाउनका लागि वन फडानी गरेको हो । आयोजनाले प्रदेश सांसद जगत सिंखडा र गाउँपालिका अध्यक्ष चेरूङ तामाङलाई आर्थिक प्रलोभनमा पारी वन फडानी गरेको हो । निर्माणाधीन आयोजना २५ दशमल ४ मेगावाटको रहेको […]
ललितपुर महानगरपालिकाकोे बजेट पारित : पूर्वाधार र सम्पदा संरक्षण प्राथमिकतामा
२ साउन, काठमाडौँ – ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाखकोे बजेट पारित गरेको छ । महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार विनियोजित बजेटमध्ये चालू खर्चतर्फ रु ९१ करोड ६१ लाख ५७ हजार र पूँजीगत खर्चतर्फ रु तीन अर्ब […]
मृतावस्थामा फेला परे साधु
२ साउन, काठमाडौँ – बेदकोट नगरपालिका–४,कन्चनपुर स्थित पर्यटकीय क्षेत्र लिङ्गामा बस्दै आएका अन्दाजी ७५ वर्षीय साधु किसन नाथ आज मृतावस्थामा फेला परेका छन् । साधु मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका हुन् । मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो । “मृतकको शरीरको बाह्य क्षेत्रमा कुनै […]
भारतमा थप ३८ हजार ७९ नयाँ सङ्क्रमित
२ साउन, एजेन्सी – भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १० लाख ६४ हजार ९०८ पुगेको छ । भारतमा अहिले पनि […]
सर्तसहित लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सीसीएमसीको सिफारिस
२ असार, काठमाडौं – कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति ९सीसीएमसी०ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ । संक्रमणको परिस्थिती हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले नेपाल प्रेसलाई बताए । ‘संक्रमणको परिस्थिती हेरेर तत्कालका लागि सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस […]
काठे पुलबाट खसेर एकजना बेपत्ता
२ साउन, काठमाडौ – गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर बेपत्ता भएका हुन् । साउन १ गते राति करीब १ बजेको समयमा पुलबाट खसेका गुरुङको […]



